कात्तिक २५, २०८०
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
काभ्रेपलाञ्चोक-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हरेक दिन नयाँ सोच र काम लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी वनभोजस्थल स्नानगृहको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले हरेक जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेकका काममा एक मिनेट पनि दायाँबायाँ सोच्न नहुने बताउनभुयो ।
मन्त्री बाँस्काटाले भन्नुभयो, “हरेक दिन नयाँ सोच र नयाँ कामको पहिचान आजको आवश्यकता हो, हामीले पाँच वर्षभित्र देशको मुहार फेर्नुछ, त्यसैले जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेक दायाँबायाँ लाग्न मिल्दैन ।” मन्त्री बाँस्कोटाले गत साल विकासको जग बसालियो, यो साल पिल्लर उठ्नेछ र अर्को साल सुन्दर घर बन्नेछ भन्नुभयो । “विकासको काम आजको आजै देखिन्न, धैर्य गर्नुपर्छ”, उहाँले भन्नुभयो “आउँदा केही वर्षमै दुई अङ्कको आर्थिक वृद्धिदर पुग्नेछ ।”
मन्त्री बाँस्कोटाले विकासको काम कुनै दलविशेष मात्र नहुने बताउनुभयो । एक फरक प्रसङ्गमा उहाँले नेपालमा दुईखाले शिक्षाको आवश्यकता नरहेको बताउँदै सार्वजनिक शिक्षा सुधार भइसकेपछि एकै प्रकारको शिक्षा हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “दीर्घकालीन महत्वको सार्वजनिक शिक्षा सुधार भएको दिन, निजी शिक्षा आफैँ निष्क्रिय हुनेछ ।”
उहाँले पत्रकारको काम समाचार सङ्कलन÷संप्रेषण भएकाले भ्रष्टाचारविरुद्ध डटेर लाग्न र सरकारले कानूनविपरीत नकारात्मक काम गरेमा आलोचना गर्न आग्रह गर्नुभयो ।
मन्त्री बाँस्कोटाले बनेपा नगरपालिकालाई प्रत्येक वडामा वृद्धवृद्धा मिलन केन्द्र स्थापना गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा मौलिक संस्कार–संस्कृति लोप हुँदै गए, अब वृद्धवृद्धाबाट सिक्न मिलन केन्द्र स्थापना जरुरी छ ।” उहाँले बनेपामै सेक्यूरिटी प्रिन्टिङ पे्रस निर्माणार्थ बजेट विनियोजन भइसकेको जानकारी दिँदै बनेपामै आन्तरिक विमानस्थल बनाइछाड्ने दृढता पनि व्यक्त गर्नुभयो । “म पहिलाजस्तो कसैले रोकेर रोकिन्न, बनेपामा आन्तरिक विमानस्थल बन्छ बन्छ, तपाईँहरु ढुक्क हुनुहोस्”, उहाँले आश्वासन दिनुभयो ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...