×

NMB BANK
NIC ASIA

'भारत' फिल्म समीक्षा : एक्सन भन्दा पनि इमोसन, हेर्दा पैसा खेर जाँदैन

जेठ २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अब्बास अली जफरले निर्देशन गरेको फिल्म भारत दक्षिण कोरियाली ओड टु माई फादरको रिमेक हो ।

Muktinath Bank

फिल्ममा सलमान खानको पात्रको नाम भारत हो र यसमा भारतको ६२ वर्षे जीवनयात्रा दर्शाइएको छ । कथा शुरू हुन्छ सन् १९४२ बाट र सकिन्छ सन् २००९ मा । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक सामान्य व्यक्तिको कथा फिल्ममा पस्किइएको छ । आफ्नो पितालाई दिएको वचन पूरा गर्न जिन्दगीभरि संघर्ष गर्छन् भारत । भारतको व्यक्तिगत जीवनयात्रासँगै ६० वर्षमा देशमा भएको आर्थिक र सामाजिक परिवर्तन पनि फिल्ममा हेर्न पाइन्छ । 


Advertisment
Nabil box
Kumari

भारत र पाकिस्तान विभाजित हुनुअघिको वातावरणबाट फिल्म शुरू हुन्छ । भारतका पिता (ज्याकी श्रोफ) आफ्नी पत्नी (सोनाली कुलकर्णी) चार सन्तानका साथ पाकिस्तानबाट भारत जान चाहन्छन् । परिवार ट्रेन चढ्न लाग्दा भारतकी बहिनी गुडिया परिवारबाट छुट्टिन्छिन् । त्यसपछि भारतका पिता उतै बसेर गुडियालाई खोज्ने निर्णय लिन्छन् । उनी भारतसँग परिवारको हेरचाह गर्ने वचन लिन्छन् ।

Vianet communication
Laxmi Bank

भारत आफ्नी आमा र भाइबहिनीसँग भारतमा फुपूको घरमा आउँछन् । फुपू राशनको पसल चलाउँछिन् र भारत जिन्दगीभरि पसल बचाएर राख्न चाहन्छन् किनकि त्यो पसल नै उनको पितासँगको अन्तिम कडी हुन्छ । कुनै दिन पिता परिवारलाई खोज्दै आउलान् भन्ने अपेक्षा भारतको हुन्छ । 

वरुण भी शर्मासँग मिलेर निर्देशक जफरले लेखेको कथा रमाइलो र चुनौतीपूर्ण छ । भारत र उनका साथी विलायती (सुनील ग्रोभर) किशोरावस्थामा द ग्रेट रसियन सर्कसमा काम गर्दागर्दै ठूला हुन्छन् । भारत स्कूटर स्टन्ट गर्न माहिर हुन्छन् । सर्कसमा काम गदाए नै उनी राधा (दिशा पाटनी) सँग प्रेममा पर्छन् । 

सन् १९८० को दशकमा भारत सर्कस छोडेर अरबी मुलुकमा काम गर्न जान्छन् । पश्चिम एसियामा तेलखानी पत्ता लागेपछि त्यतिखेर धेरै भारतीयहरू त्यहाँ काम खोज्न गएका थिए । अरबमा भारतले कुमुद (कट्रिना कैफ) लाई भेट्छन् र प्रेम गर्न थाल्छन् । 

भारतका फुपाजु (कुमुद मिश्रा) पसल बेच्न खोज्छन् र त्यसलाई बचाउन भारत विलायतीसँग मर्तेन्ट नेभीमा काम गर्न थाल्छन् । त्यसैबीचमा सन् १९९० को दशकमा मनमोहन सिंहले देशमा आर्थिक उदारीकरण ल्याएको विषय पनि उठ्छ । अनि सन् १९८३ को विश्वकप क्रिकेट भारतले जितेको र दुई सुपरस्टारहरू शाहरुख खान र सचिन तेन्दुलकरको प्रसंग पनि आउँछ । 

फिल्मको कथाले ६० वर्षको यात्रा दर्शाउने कोशिश गरेको छ । तर कतिपय स्थानमा जफरको निर्देशक निराशाजनक छ । सर्कस र अरबमा माइनिङका केही दृश्य चाहिँ गजबका छन् । तर केही दृश्यमा निर्देशकले अलि बढी नै सिनेम्याटिक लिबर्टी लिएका छन् । सिनेमाका नायक कति बहादुर छन् भनी देखाउन मात्र निर्देशकले जोड दिएका छन् । 

सलमान खानले फिल्मको पात्रमा डुब्न भरपूर कोशिश गरेका छन् । उनको यो प्रयास स्तुत्य छ । उनले बहादुरीका साथै संवेदनशीलता र दर्शकसँग भावनात्मक सम्बन्ध बनाउन सकेका छन् । 

कट्रिना कैफले राम्रो अभिनय गरेकी छन् । सुनील ग्रोभरको अभिनय जीवन्त छ । सुन्दर देखिएकी दिशा पाटनीको काम पनि राम्रो छ । तब्बुको सानो तर प्रभावशाली भूमिका छ । ज्याकी श्रोफ र कुमुद मिश्रा पनि राम्रै छन् । 

फिल्मको छायांकन मार्किन लासाकवीकले गरेका हुन् र त्यो एकदमै राम्रो छ । विशाल शेखरको संगीत सुरिलो छ । स्लो मोसन नामक गीत त हिट भइसकेको छ । 

तर फिल्म अलि लामो भयो । दुई घन्टा ४० मिनेटसम्म फिल्म तन्काइनु हुँदैनथियो । 

तपाईं सलमान खानको प्रशंसकहरू हुनुहुन्छ भने यो फिल्म नछुटाउनुस् । फिल्मको हरेक फ्रेममा सलमान छन् । तर सलमानको फ्यान हुनुहुन्न भने पनि टाइमपास गर्नका लागि फिल्म राम्रै छ ।

दैनिक भास्करमा प्रकाशित समीक्षा
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x