×

NMB BANK
NIC ASIA

प्रदेशसभा र सांसद नै मान्दैनन् नियम–कानून, तलब बुझ्दा छाडातन्त्र !

जेठ २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – रोजगारदाताले श्रमिकको तलब भुक्तानी गर्दा बैंकिङ प्रणाली अपनाउनुपर्ने नियम देशभर लागू गरिएको छ तर २ नम्बर प्रदेशसभा र सांसदहरू नै नियम मान्दैनन् ।

Muktinath Bank

प्रदेशसभा सचिवालय, मन्त्री र सांसदको मिलिभगतका कारण राजनीतिक नेतृत्वसँग काम गर्ने श्रमिक अर्थात् स्वकीय सचिवले बैंकिङ प्रणालीबाट तलब पाइरहेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रम ऐन र नियमावली २०७५ को प्रावधान अनुसार सरकारले बैंकिङ प्रणालीबाट पारिश्रमिक भुक्तानी गर्ने निर्णय गरेको थियो । जुन निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू भएको हो तर प्रदेशसभा र सांसदले हालसम्म नियम–कानून मिच्दै छाडातन्त्र चलाइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

श्रम नियमावलीले पारिश्रमिक बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने गरी मन्त्रालयले तोक्न सक्ने व्यवस्था गरेको छ । मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले नै सरकारीदेखि निजी क्षेत्रका श्रमिकको पारिश्रमिक बैंकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ तर २ नम्बर प्रदेशका अधिकांश सांसदले स्वकीय सचिवको पारिश्रमिक पनि आफ्नै खातामा बुझ्ने गरेका छन् ।

Vianet communication
Laxmi Bank

हेर्नुस् यस्तो छ नियमावलीको व्यवस्था :-

सभामुखदेखि प्रदेश सभाका अन्य पदाधिकारी तथा प्रदेशसभा सदस्यले समेत आ–आफ्ना स्वकीय सचिवदेखि सचिवालयका पारिश्रमिक आफ्नै खातामा बुझ्ने गरेका छन् । समाजवादी पार्टी नेपाल धनुषाका सांसद रामअशिष यादव, चमेलीदेवी दास र पर्साकी सांसद करिमा बेगम गरी ३ जना सांसदले मात्र आफ्ना स्वकीय सचिवको पारिश्रमिक छुट्टै खातामा पठाउने गरेका छन् । राम आशिष यादवले आफ्ना स्वकीय सचिव रामबिहारी यादव, चमेलीदेवी दासले स्वकीय सचिव ललितकुमार यादव र करिमा बेगमले स्वकीय सचिव सैयद जाहिद परबेजको छुट्टै बैंक खातामा पारिश्रमिक जाने गरेको प्रदेशसभा सचिवालयका लेखा अधिकृत नविनकुमार मिश्रले बताए ।

‘३ जना सांसदको स्वकीय सचिवको नाममा छुट्टै बैंक खाता छ, त्यसमा नै उहाँहरूको पारिश्रमिक पठाउने गरिएको छ,’ लेखा अधिकृत मिश्रले लोकान्तरसँग भने, ‘बाँकी सबै माननीयज्यूहरूदेखि प्रदेश सभाका पदाधिकारीको बैंक खातामा एकमुष्ठ रकम पठाउने गरिएको छ ।’ बैंकिङ प्रणालीबाट रकम भुक्तानी गर्ने नियम कार्यान्वयनका लागि प्रदेशसभा सचिवालयले कडाइ गर्नुपर्ने भएपनि छाडातन्त्रलाई मलजल गरेको छ । प्रदेशसभा सचिवालयले नियमविपरीत रोजगारादाता सांसदलाई नै तलब भुक्तानी गरेर नियम उल्लंघन गरिरहेको छ ।

सभामुख सरोजकुमार यादव, उपसभामुख उपमा देव, विभिन्न दलका संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक, सांसद लगायतले आफ्नै खातामा रकम बुझ्दै आएका छन् । समाजवादी पार्टी नेपालका सांसद रामअशिष यादवले स्वकीय सचिव रामबिहारी यादवलाई उनकै खातामा पारिश्रमिक दिने गरिएको बताए । ‘वास्तवमा उनी स्वकीय सचिव हुन् र उनले गरेको कामको पारिश्रमिक उनले नै पाउनुपर्छ भन्ने सोचेर नै उनको खातामा पैसा पठाउन लगाएको छु,’ सांसद यादवले भने, ‘आफ्नो नातागोताका मान्छेलाई स्वकीय सचिवको नाम पठाएर आफैं पैसा खानेतिर लाग्नु हुँदैन भन्ने सोचेर नै त्यसो गरेको हो ।’

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा प्रदेश सभाका सदस्यले राजपत्रांकित तृतीय तहका शाखा अधिकृत तहका स्वकीय सचिव राख्न पाउने प्रावधान छ । जस अनुसार प्रदेश सभाका सांसदले आफ्नो स्वकीय सचिव राख्दा कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरेको व्यक्ति हुनुपर्छ । प्रदेश सभाका सांसदको स्वकीय सचिवको लागि मासिक ३० हजार ५ सय रुपैयाँ पारिश्रमिक प्रदेशसभा सचिवालयबाट दिने गरिएको छ ।

प्रदेश सभामा रहेका १ सय ७ जना सांसदमध्ये ३ जना सांसदले मात्र आफ्नो स्वकीय सचिवको छुट्टै खातामा पारिश्रमिक भुक्तानी गर्ने गरेका छन् । प्रदेश सभामा १ सय ७ जना सांसद छन् । जसमध्ये १ जना मुख्यमन्त्री, ६ जना मन्त्री र ६ जना राज्यमन्त्रीबाहेक बाँकी सबै सांसद तथा प्रदेश सभाको पदाधिकारीको तलब प्रदेशसभा सचिवालयबाटै भुक्तानी गर्ने गरिएको छ । १३ जना प्रदेशसभा सदस्यबाहेक ९४ जना सदस्यको पारिश्रमिक तथा अन्य पदाधिकारीले पाउने गरेको सेवासुविधा सहितको पारिश्रमिक पनि प्रदेशसभा सचिवालयबाटै भुक्तानी हुने गरेको छ ।

अधिकांश सांसदले स्वकीय सचिवमा नातागोता, आफन्त, पति, पत्नी, छोराछोरी, भतिजाभतिजीसम्मको नाममा आफैंले रकम पनि आफैं बुझ्ने गरेका छन् ।

स्वकीय सचिव सम्बन्धी हालसम्म कुनै कार्यविधि समेत नबनेकाले त्यसमा नियमन गर्न कठिनाइ भएको सचिवालयका उपसचिव रञ्जित यादव बताउँछन् । ‘सेवासुविधा दिने भन्ने ऐन त बन्यो तर स्पष्ट कार्यविधि समेत नबनेकाले समस्या भएको छ,’ उनले भने, ‘स्वकीय सचिवमा नातागोता राख्न पाउने/नपाउनेबारे कार्यविधि नै नबनेकाले त्यसमा केही भन्न सकिँदैन । माननीयज्यूहरूले आफ्नो स्वकीय सचिवको नाम उपलब्ध गराउनुभएको छ तर उहाँहरूको नातागोता हामीले सोध्ने कुरा पनि भएन ।’ स्वकीय सचिवको शैक्षिक प्रमाणपत्रको प्रतिलिपिको अभिलेख समेत राख्ने गरिएको छैन ।

नेपाल सरकार र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय, श्रम ऐन नियमावलीको व्यवस्था अनुसार पारिश्रमिक पाउने सबैको आफ्नो छुट्टै खाता हुनुपर्ने व्यवस्था छ । कानून अनुसार विभिन्न सरकारी, गैरसरकारी, निजी क्षेत्रमा पाउने वित्तीय सुविधा बैंक खातामार्फत मात्र भुक्तानी गर्नुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x