नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत प्रक्षेपण : विश्व बैंक

जेठ २३, २०७६

काठमाडौं– सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ मा मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशतको हुने लक्ष्य राखेको बेला विश्व बैंकले ७ दशलवम १ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले बिहीवार एक प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशतको रहने प्रक्षेपण गरेको हो ।


ADVERTISEMENT

विश्व बैंकले आगामी आर्थिक वर्षमा ६ दशमलव ४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि हुने र आगामी आर्थिक वर्षमा ८ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ । 
 

जेठ २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस