×

NMB BANK
NIC ASIA

प्रतिपक्षीको नजरमा 'हाँस्यास्पद' कर्णाली सरकारको नीति तथा कार्यक्रम

जेठ २३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेश सरकारले सोमवार आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम ल्यायो । सरकारले नीति तथा कार्यक्रम ल्याइसकेपछि कतिपय सत्ता पक्षका संसदहरू नै नीति तथा कार्यक्रममा समेट्नपर्ने कुरा नसमेटेको बताइरहेका छन् । प्रमुख प्रतिपक्षी दल भने नीति तथा कार्यक्रमबाट खुशी हुन नसकिने अवस्था रहेको बताउँछन् ।

Muktinath Bank

‘सरकारले ल्याएको नीति तथा कार्यक्रम धेरै नै महत्वाकांक्षी छ,’ सार्वजनिक लेखा समितिका सभापति दीनबन्धु श्रेष्ठ भन्छन्, ‘यो नीतिबाट न त हाँस्न नै सकिन्छ न त दुखी हुन नै सकिन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले गत वर्षको नीति तथा कार्यक्रम नै कार्यान्वयन गर्न नसकेको सरकारले यो वर्ष नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सक्ला भन्नेमा शंका रहेको बताए । ‘गत वर्ष कति काम भएको छ । बजेटको खर्चको अवस्था के छ तपाईहरूलाई थाहा नै छ,’ उनले भने, ‘यो पाली पनि त्यही प्रवृत्ति नदोहोरिएला भनेर भन्न सकिँदैन ।’


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसको तर्फबाट सदनमा प्रतिनिधित्व गर्ने सांसद श्रेष्ठले सरकारले कार्यान्वयन नै गर्न नसक्ने नीति ल्याएको आरोप लगाए । ‘आफ्नै हवाई सेवा सञ्चालन गर्ने भनेर नीति ल्याएको छ । त्यो कत्तिको सम्भव छ भन्नेतर्फ सरकारले ध्यान दिन सकेन,’ उनले भने, ‘कार्यान्वयन नै गर्न नसकिने कुरा समावेश गर्नु हाँस्यास्पद नै हो ।’

Vianet communication
Laxmi Bank

उनले विभिन्न तरकारीबाली, खाद्यबालीको संरक्षण गर्ने भनेर नामै तोक्ने कार्य पनि गज्जबको भएको बताए । उनले अधिकांश कुरा नीति तथा कार्यक्रममा आएपनि गत वर्षकै कार्यक्रमको निरन्तरताको रूपमा आफूले लिएको बताए । ‘केन्द्रमा प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै यहाँ आफ्ना कार्यकर्ता भर्ना गर्ने गरी मुख्यमन्त्री रोजगार कार्यक्रम लागू गरिने नीति ल्याइएको छ,’ उनले भने, ‘तर पुँजीगत खर्च नबढे पनि चालु खर्च बढाएर सरकारले कार्यकर्ता पोस्ने नीति ल्याएको यसबाट प्रष्ट हुन्छ ।’

उनले अहिले नै सरकारको नीति माथि चर्को आलोचना र विरोध गरिहाल्नुपर्ने अवस्था नरहेको बताए । ‘अहिले नै हामीले चर्को विरोध गर्ने अवस्था सिर्जना भएको छैन,’ उनले भने, ‘सरकारले अब ल्याउने बजेटमाथि त्यो भर पर्छ । एक करोडभन्दा साना आयोजना बनाउँछ कि बनाउँदैन त्यो हेरौं अनि थप प्रतिक्रिया दिउँला ।’

सत्तापक्षका सांसद तथा नेकपा संसदीय दलकी सचेतक सीता नेपाली सरकारको नीति तथा कार्यक्रममा केही कुरा छुटेको बताउँछिन् । ‘करीब २४ प्रतिशत जनसंख्या भएको दलित समुदायका लागि आवश्यक नीति सरकारले ल्याउन सकेन,’ उनले भनिन्, ‘बारम्बार हामीले सरकारलाई आग्रह गर्दापनि नीति तथा कार्यक्रममा दलित समुदायको भावना नसमेटिनु दुःखद् हो ।’

नीति तथा कार्यक्रममा स्पष्ट रूपमा आगामी पाँच वर्षभित्र कर्णालीलाई छुवाछुत मुक्त बनाउने नीति ल्याइनुपर्नेमा उनको जोड छ । ‘नीतिमा नै दलित समुदायमाथि हुने छुवाछुत अन्त्य गरिने उल्लेख गर्नुपर्ने थियो,’ उनले भनिन्, ‘तर त्यो कुरा उल्लेख गर्न सरकारलाई किन असहज भयो थाहा भएन । सरकारले हरेक स्थानीय तहलाई छुवाछुत मुक्त घोषणा गरिनेछ भन्ने कुरा उल्लेख हुनुपर्छ । यसबारेमा म सदनमा आवाज उठाउनेछु ।’

उनले कर्णालीका बालबालिका होचा, पुड्का तथा कुपोषणबाट ग्रसित भएका भएपनि सरकारले ती बालबालिकाका लागि ठोस नीति बनाउन नसकेको बताइन् । यी बाहेक सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो भएको उनको भनाइ छ ।

अर्का सत्तापक्षीय संसद सुशिल थापा सरकारले राम्रो नीति तथा कार्यक्रम ल्याएको बताउँछन् । एकाध कुरा छुटेपनि समग्मा कार्यान्वयन गर्न सकिने नीति तथा कार्यक्रम ल्याएको उनको ठम्याइ छ । ‘त्यति धेरै आलोचना विरोध गरिहाल्नुपर्ने नीति तथा कार्यक्रम आएको छैन,’ उनले भने, ‘केही कुरा छुटेता पनि समग्रमा नीति तथा कार्यक्रम सन्तोष जनक नै छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x