×

NMB BANK
NIC ASIA

वैज्ञानिकहरूले परिवर्तन गरे बिरुवाको जिन, क्यान्सर गर्ने हावालाई पार्छ शुद्ध

जेठ २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकास्थित वाशिङटन विश्वविद्यालयका वैज्ञानिकहरूले पटहोस आइभी नामक बिरुवाको हावा सफा गर्ने क्षमतालाई बढाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

जिन सम्पादन प्रक्रियाको सहायताले उनीहरूले क्षमता बढाएका हुन् । वैज्ञानिकहरूले खरायोको जिनलाई बिरुवाको जिनमा मिसाएर परिवर्तन गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेनेटिकल्ली मोडिफाइड बिरुवा बेनजिन र क्लोरोफर्म जस्ता क्यान्सर फैलाउने तत्त्व हटाउन सहायता गर्छ । 


Advertisment
Nabil box
Kumari

इन्भायरनमेन्ट साइन्स एन्ड टेक्नालोजी म्यागजिनमा छापिएको रिपोर्टअनुसार, परिवर्तनपछि बिरुवाले हावाबाट क्लोरोफर्म र बेनजिन जस्ता हानिकारक तत्त्व हटायो र ती हानिकारक तत्त्वलाई २ई१ नामक प्रोटीनमा परिणत गरिदियो ।

Vianet communication
Laxmi Bank

त्यो प्रोटीनले बिरुवको विकासमा सहायता गर्छ । अनुसन्धानकर्ताहरूले पटहोस आइभी फरक फरक भित्री वातावरणमा राम्ररी हुर्किन सक्ने भएकाले परीक्षणका लागि छानेको बताए । 

अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरूले मोडिफाइड पटहोस आइभीसँग परिवर्तन नगरिएको बिरुवा लिए । दुवैलाई फरक फरक ग्लास ट्युबमा राखियो । अनि त्यसमा क्यान्सको कारण मानिने बेनजिन र क्लोरोफर्म हाले । 

मोडिफाइड बिरुवाले क्लोरोफर्मको मात्रालाई तीन दिनमा ८२ प्रतिशत र बेनजिनको मात्रालाई आठ दिनमा ७५ प्रतिशतसम्म कम गरेको थियो । सामान्य बिरुवामा चाहिँ दुवै रसायनको स्तरमा परिवर्तन भएन । 

वैज्ञानिक स्टुअर्ट स्ट्य्रान्डका अनुसार, अहिले मानिसलाई यी खतरनाक कम्पाउन्डको हानिकारक असरका बारेमा थाहा छैन । तर हामीले यी प्रदूषकलाई हटाउन सक्ने बिरुवा तयार पारेका छौं । 

अनुसन्धानकर्ताहरूले भविष्यमा भवनमा निर्माण गर्दा प्रयोग गरिने रसायन फर्मलडिहाइड नाश गर्नका लागि बिरुवामा एउटा प्रोटीन मिसाउन चाहन्छन् । त्यसले हावालाई प्रदूषणमुक्त बनाउन सक्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x