×

NMB BANK
NIC ASIA

अक्सफोर्डमा प्रधानमन्त्री ओलीको सम्बोधनपछि सीके राउतको प्रवचन !

जेठ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम - प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेबाट साताव्यापी युरोप भ्रमण जाने कार्यसूची बाहिरिएको बेला कुनै समय विखण्डनकारीको आरोप लागेका र हाल जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउत (सीके राउत) पनि युरोप भ्रमण जाने चर्चा चुलिएको छ । संयोग कस्तो छ भने बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई दुवैले सम्बोधन गर्नेछन् ।

Muktinath Bank

तर सम्बोधनको मिति भने फरक फरक रहेको जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको छुट्टै विदेश भ्रमण रहेको तथा एक साथ् कार्यक्रम समेत नरहेको भन्दै सिंहले भने, ‘प्रधानमन्त्री ज्यू १० जुनमा अक्सफोर्डमा उपस्थित हुनुहुनेछ भने राउत १९ जुनमा ।’ सिंहले राउत प्रधानमन्त्रीसँग नजाने पुष्टि गरे । राउत एक्लै विदेश भ्रमणमा जाने र जनमत पार्टीका अन्य कुनै पनि नेता उनीसँगको भ्रमणमा सहभागी हुने कार्यक्रम नरहेको समेत उनले प्रष्टयाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीके राउतले भियानाको एक विश्वविद्यालयमा समेत प्रवचन गर्ने कार्यक्रम रहेको छ । १२ जुनमा राउतले भियानाको 'भियाना विश्वविद्यालय'मा मानव अधिकार र भगवान गौतम बुद्धको विचारबारे वक्ता भएर सम्बोधन गर्ने कार्यक्रम रहेको सिंहले बताए । भगवान गौतम बुद्धले दिएको विचार सम्यक क्रान्ति र अष्टांग मार्ग विषयमा प्रवचन दिने कार्यक्रम रहेको छ ।


Advertisment
Nabil box
Kumari

त्यस पछि राउतले त्यस विश्वविद्यालयका विद्यार्थीहरूसँग पनि अन्तरक्रिया कार्यक्रम गर्ने छन् । विगतमा स्वतन्त्र मधेश गठबन्धनको नेतृत्व गर्दा पनि राउतले गौतम बुद्धलाई आदर्शको रुपमा चित्रण गरेका थिए । बुद्धसँगै उनले आफ्नो गठबन्धनमा नेल्सन मन्डेला र महात्मा गान्धीलाई आदर्शको रुपमा चित्रण गर्ने गरेका थिए ।

Vianet communication
Laxmi Bank

भियानापछि राउत १९ जुनमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा समेत लेक्चर दिने कार्यक्रम रहेको छ । त्यस विश्वविद्यालयमा स्थानीय समय १२ बजेदेखि २ बजेसम्म उनले आफ्नो विचार राख्ने कार्यक्रम रहेको छ । नेपालको वर्तमान राजनीतिक अवस्था, नेपालमा मानव अधिकारको अवस्था आदि विषयमा आफ्नो विचार राख्ने कार्यक्रम तय भएको सिंहले बताए ।

मूलधारको राजनीतिमा आएपछि राउत पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् । राउत विगतमा पनि हार्वर्ड विश्वविद्यालयमा प्रवचन दिइसकेका छन् । उनले लण्डनकै क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।

सप्तरी महादेवा ७ घर भएका राउत पछिल्लो केही वर्षदेखि जनकपुरधाममा बसोबास गरिरहेका छन् । उनले  प्राथमिक शिक्षा गाउँकै  विद्यालयबाट हासिल गरेका थिए । सप्तरीबाट एसएलसी पास गरेका उनले उनले काठमाडौंको  पुल्चोक क्याम्पसबाट ब्याचलर इन इलेक्ट्रोनिक  इन्जिनियरिङ गरेका थिए ।

त्यसपछि जापानको टोकियो यूनिभर्सिटीबाट 'मास्टर्स इन इन्फरमेशन साईन्स एण्ड टेक्नोलोजी' र सोपश्चात बेलायतस्थित क्यामब्रीज यूनिभर्सिटीबाट इन्फर्मेसन इन्जिनियरिङमा विद्यावारिधि (पिएचडी) गरेका हुन्  ।

विदेशमा रहँदा उनी गैर आवासीय मधेशी संघका संस्थापक अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । विखण्डनको बाटो छोडेर मूलधारमा आइसकेपछि पहिलोपटक युरोप भ्रमणमा जान लागेका राउत केका लागि जान खोजेका हुन् भन्ने चासो बढेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x