×

NMB BANK
NIC ASIA

एक पटक हाँसेको ४० रूपैयाँ !

जेठ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -हाँसेको पनि पैसा ? तपाईं अचम्म पर्नुभयो होला हैन ? पैसा तिर्नबाट जोगिन तपाईंले नहाँसेको अभिनय गर्न पनि सक्नुहुन्न, मेसिनले च्याप्प समातिहाल्छ र हाँसोको पैसा तिराउछ । यस्तो अचम्मको क्लब नेपालमा भने खुलिसकेको छैन ।

Muktinath Bank

स्पेनको बार्सिलोनास्थित एक कमेडी क्लबले आफुकहाँ आएका दर्शकहरुबाट उनीहरुको हाँसो अर्थात् उनीहरुले लिएको आनन्दका आधारमा शुल्क लिन शुरू गरेको छ । दर्शक कति हाँसे भन्ने पत्ता लगाउन उक्त कमेडी क्लबले प्रत्येक टेबलमा 'अनुहारको हाउभाउ चिन्ने प्रविधि(फेसियल रिकग्नीसन टेक्नोलोजी)' जडान गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त प्रविधिले कुर्सीमा बस्ने व्यक्तिले कमेडी शो अवधिभर कति पटक हाँस्यो, उसको हाँसोको मात्रा कस्तो थियो वा कत्तिको मज्जाको हाँसो थियो भन्ने कुराको विश्लेषण गरी त्यसको मूल्य निर्धारण गरिदिन्छ ।


Advertisment
Nabil box
Kumari

उक्त क्लबले एकपटक हाँसेको ३७ सेन्ट अर्थात करीब ४० रुपैयाँ जति तिर्नुपर्छ । यस्तो मूल्य कुर्चीमा बस्ने व्यक्ति मुर्छा परेर हाँसेको रहेछ भने बढ्न पनि सक्छ । तर त्यहाँ बसेर पनि कोही हाँसेन भने पूरै शो अवधिभर पैसा नै नतिर्नुपर्ने पनि हुनसक्छ । २०१४ मा शुरू भएको उक्त क्लबका म्यानेजरले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूसँग कुरा गर्दै ग्राहकको कुनै कमी नरहेको बताए ।

Vianet communication
Laxmi Bank

नहाँसेको खण्डमा टिकटको मूल्य तिर्नु नपर्ने भनेर क्लबले घोषणा गरेपछि केही दर्शक जति हाँसो लागेपनि चुप लाग्ने भन्दै भित्र छिरे । तर उनीहरूको अनुहारको हाउभाउ हेर्दा मुस्कुराएको देखेपछि उनीहरूले आनन्द लिएको भन्दै मेसिनले टिकटको शूल्क लगाइदियो ।

उक्त कमेडी क्लबको सिको गर्दै अहिले स्पेनमा आधा दर्जन भन्दा बढी त्यस्तै क्लब खुलिसकेका छन् ।

-एजेन्सीको सहयोगमा 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x