×

NMB BANK
NIC ASIA

नेपाललाई विश्व बैंकले दियो उच्च आर्थिक वृद्धिको सूत्र

जेठ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मुलुकमा सामाजिक न्यायसहितको दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्न लगानी तथा उत्पादकत्व बढाउनु जरुरी देखिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को दीर्घकालीन लक्ष्य हासिल गर्न आर्थिक समृद्धिको योजना अघि सारेको मुलुकका लागि बिहीबार सार्वजनिक विश्व बैंकको ‘नेपाल डेभलभमेन्ट अपडेट’मासमेत सोही विषयलाई प्रमुख प्राथमिकताका साथ उल्लेख गरिएको छ । 

Muktinath Bank

विश्व बैंकको प्रक्षेपणमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने अनुमान छ । जुन सरकारको अनुमानभन्दा बढी हो । गत वर्ष ६.७ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने प्रक्षेपण गरिएको थियो । औद्योगिक वृद्धिदर भने ८.१ प्रतिशत हुने अनुमान छ । निजी क्षेत्रको लगानी र उपभोग बढ्नु तथा सेवा क्षेत्र, कृषिलगायतको प्रगतिले आर्थिक वृद्धिमा सहयोग पुगेको विश्व बैंकको निष्कर्ष छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानव पूँजीमा लगानी गर्दा जनशक्तिको विकाससँगै आर्थिक लक्ष्य प्राप्त गर्न सकिने भन्दै विश्व बैंक यसतर्फ केन्द्रित हुनुपर्नेमा पनि जोड दिइएको छ । उच्च आर्थिक वृद्धिको दिगोपनका लागि मानव पूँजीमा लगानी जरुरी रहेको र जोखिम न्यूनीकरण र सेवाको गुणस्तरमा ध्यान दिनुपर्ने विश्व वैंकका वरिष्ठ अर्थशास्त्री केने एजेमेनारीको सुझाव छ ।


Advertisment
Nabil box
Kumari

सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने नेपालको लक्ष्य छ । मानव पूँजी निर्माणसँगै निर्यातजन्य वस्तु उत्पादनमा जोड दिइ गुणस्तर सुधारमा ध्यान केन्द्रित हुनसके तीव्र आर्थिक वृद्धिदरको लक्ष्यप्राप्त गर्न सकिने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । 

Vianet communication
Laxmi Bank

व्यापार, होटलको विकास, पर्यटक आगमनमा वृद्धि तथा विप्रेषणका कारण देखिएको उपभोग वृद्धि र मौसमको अनुकूलतासँगै कृषिको व्यवसायीकरण र मलखादको सहज आपूर्तिले आर्थिक वृद्धिमा सघाउ पुगेको छ । नेपालमा ‘डेभलपमेन्ट अपडेट’ले आर्थिक वृद्धिदर कायम राख्न निर्यात वृद्धि गर्नुपर्नेमा जोड दिएको छ । 

नेपाल सरकारले चालू आर्थिक वर्षमा सात र आगामी अर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिसकेको छ । सरकारी, निजी, सहकारी र सामुदायिक क्षेत्रको सहकार्यबाट यो लक्ष्य हासिल गर्न सरकार उद्दत छ । 

अर्थमन्त्री डा युवराज खतिवडा सरकार लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको बताउनुहुन्छ । मुलुकले आर्थिक वर्षका लागि मानव पूँजी निर्माण गरी उत्पादकत्व बढाउने लक्ष्यसहित शिक्षा, स्वास्थ्य र खानेपानीमा २१ प्रतिशत बजेट वृद्धि गरेको उहाँको भनाइ छ ।  मन्त्री खतिवडा सरकारले वैदेशिक लगानी आकर्षणको नीति लिएकोसमेत प्रष्ट्याउनुहुन्छ । 

चालू आर्थिक वर्षमा मुलुकको समष्टिगत आर्थिक परिसूचक उत्साहप्रद रहेको तथा उत्पादनका सबै क्षेत्रका आर्थिक गतिविधि उच्च रहेको सरकारको भनाइ छ ।

बजेट वक्तव्यमा उल्लेख भएअनुसार चालू आवमा आन्तरिक बचत ऐतिहासिकरुपमा उच्च हुँदै कूल गार्हस्थ्य उत्पादनको २०.५ प्रतिशत पुगेको तथा खर्चयोग्य प्रतिव्यक्ति आम्दानी ५.७ प्रतिशतले बढेर अमेरिकी डलर एक हजार ३६४ पुगेको छ ।

कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्ने नीतिले कृषि उत्पादनमा सकारात्मक प्रभाव देखिन थालेको अर्थमन्त्रीले उल्लेख गर्नुभएको छ । गत आर्थिक वर्ष कृषि क्षेत्रको वृद्धिदर २.८ प्रतिशत रहेकामा चालू आवमा पाँच प्रतिशत कायम हुने अनुमान सरकारको छ । उद्योगको क्षमता विस्तार हुँदै गएको, विदेशी पर्यटकको आगमन उच्च भएको, भौतिक पूर्वाधारतर्फको प्रगति, विद्युत् उत्पादन क्षमतामा बृद्धि, अन्तर्राष्ट्रिय विमानस्थल, ठूला सिँचाइ आयोजना, राष्ट्रिय राजमार्गको निर्माण तथा भूकम्पपछिको पुनःनिर्माण कार्यले तीव्रता पाएकाले पनि मुलुकको आर्थिक स्थिति प्रगतिउन्मुख हुँदै गएको हो । विश्व बैंकलेसमेत यी विषयलाई आर्थिक वृद्धिको आधारका रुपमा राखेको छ ।
 
उत्पादन संरचनाको आयात निर्भरता घटाउँदै र निर्यात बढाउँदै व्यापार घाटा कम गर्दै जानुपर्ने आजको आवश्यकता हो । विश्व बैंकलेसमेत यसलाई प्राथमिकतामा राखेर नेपालको आर्थिक अवस्था प्रक्षेपण गरेको हो । 

सरकारको बजेट खर्चलाई प्रतिफलमुखी बनाउँदै पूँजीगत खर्च गर्नसक्ने क्षमता र पूँजीगत खर्चको गुणस्तर बढाउन पनि थप मेहनत गर्नुपर्ने र आगामी आवको बजेटले यी विषयलाई सम्बोधन गर्नेतर्फ परिलक्षित हुनुपर्ने आवश्यकता विज्ञहरुले औँल्याएका छन् । 

अर्थविद् डा स्वर्णिम वाग्ले दीर्घकालीन योजनाका साथ विश्व बजारअनुरुपको मानव पूँजी विकास जरुरी छ भन्नुहुन्छ । नागरिकले  लगानी गर्नसके दिगो विकास लक्ष्य भेट्टाउन सहज हुने निष्कर्ष विश्व बैंककोसमेत छ । त्यसैले अहिले विश्व बैंकले मानव पूँजी विकासको अवधारणा ल्याएको हो । बुधबार र बिहीबार काठमाडौँमा भएको भूटान–नेपाल ह्युमन क्यापिटल फोरममासमेत गर्भदेखि नै मानव पूँजीको निर्माणमा जोड दिइएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x