×

NMB BANK
NIC ASIA

प्रदेश २ : हिन्दी सम्पर्क भाषा बनाउने प्रयास आपत्तिजनक

जेठ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश २ को सरकारद्वारा हिन्दी भाषालाई सम्पर्क भाषाका रूपमा विकास गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएकामा प्रतिपक्षी नेकपाका प्रदेशसभा सदस्यले आपत्ति जनाएका छन् ।

Muktinath Bank

    आर्थिक वर्ष ०७६÷०७७ का लागि प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा आज उहाँहरूले सरकारले मैथिली, भोजपुरीलगायतका भाषाको संरक्षण नगरी हिन्दी भाषाको विकास गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्नु मैथिली, भोजपुरीलगायतका भाषालाई कमजोर तुल्याउने मनसाय भएको बताउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    नीति तथा कार्यक्रममा एकातिर मातृभाषामा पढाउने अर्कोतिर हिन्दी भाषालाई सम्पर्क भाषाका रूपमा विकास गरिने उल्लेख गर्नु विरोधाभास र संविधान विपरित भएको धारणा उहाँहरूले राख्नुभयो । नेकपाका प्रदेशसभा सदस्य किशोरी साह, मञ्जु यादव, सुन्दर विश्वकर्मा र दिलीपकुमार साहले सरकारको मैथिली र भोजपुरीलगायतका भाषालाई विस्थापित गर्ने नीति धरातलीय यथार्थभन्दा पृथक रहेकाले आफ्नो दल हिन्दी भाषालाई सम्पर्क भाषाका रूपमा विकास गरिने नीतिविरूद्ध रहेको स्पष्ट गर्नुभयो ।


Advertisment
Nabil box
Kumari

    उहाँहरूले सरकारको नीति तथा कार्यक्रम परम्परागत, मन्त्रीमुखी, नारामुखी, खर्च बढाउने संरचना कायम गरिएको, दलितलाई भेदभाव गरिएको, मन्त्रीको क्षेत्रमा मात्र कार्यक्रम केन्द्रित रहेको तर्फ ध्यानाकर्षण गराउनुभयो । नीतिभन्दा नीयतमा सुधारको खाँचो रहेको उल्लेख गर्दै उहाँहरुले जनकपुरधामलाई केन्द्रविन्दुमा राखी रिङ्ग कैनल, रिङरोड, ठोरीदेखि सप्तरीसम्मका बौद्ध सम्पदाको संरक्षणको विकासमा सरकार गम्भीर हुनु जरूरी भएको धारणा राख्नुभएको थियो । नेपाली काङ्गे्रसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले नीति तथा कार्यक्रम मन्त्री र नातेदारलाई कुवेर बनाउनेतर्फ केन्द्रित रहेको धारणा राख्नुभयो । 

Vianet communication
Laxmi Bank

    राष्ट्रिय जनता दलका विन्दैश्वर यादवले सरकार गत आर्थिक वर्षमा विनियोजन गरेको बजेटमध्ये मुख्यमन्त्री योजनामा ५५।८३ प्रतिशत, पर्यटन, वन मन्त्रालयले १।७७ र भौतिक पूर्वाधार मन्त्रालयले २।८७ प्रतिशत मात्र खर्च गर्न सक्नुले सरकार पूर्णरूपले असफल भएको बताउँदै सरकार मधेशीलाई अपनत्व बोध गराउन नसकेको बताउनुभयो । उहाँले विगतमा ‘बेटी बचाउ, बेटी पढाउ’ मात्र नारा र प्रचारमा सीमित रहेको, नीति तथा कार्यक्रममा साना सिँचाइ र साना उद्योगलाई प्राथकिता दिने कार्यक्रम नरहेको टिप्पणी गर्नुभयो । सोही दलका परमेश्वर साहले सरकारले गणतान्त्रिक शहीद दुर्गानन्द झाको शालिक निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

    सरकारद्वारा जेठ १९ गते प्रस्तुत नीति तथा कार्यक्रममाथि १३ जना प्रदेशसभा सदस्यले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७६ पेश गर्नुभएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x