×

NMB BANK
NIC ASIA

प्रमुख प्रशासकीय अधिकृतको एक्लो ज्यानले २ गाउँपालिकामा काम

जेठ २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – सरकारले हालसालै कर्मचारी समायोजन गरेको छ । धेरै स्थानीय तह, प्रदेश र संघमा कर्मचारीको व्यवस्थापन मिल्दैछ ।

Muktinath Bank

तर ५ नम्बर प्रदेशको राजधानी भएको जिल्लामा कर्मचारी अभावले १ जना कर्मचारी २ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रूपन्देहीको सियारी गाउँपालिका र रोहणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्ने कर्मचारी हुन् मीनप्रसाद भट्टराई ।


Advertisment
Nabil box
Kumari

रूपन्देही सुगम जिल्ला भएकाले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रूपमा आउन कर्मचारीबीच आन्तरिक प्रतिस्पर्धा नै हुन्छ । रूपन्देहीमा जान पाए वा बस्न पाए हुन्थ्यो भन्दै कहाँ ठाउँ खाली छ, भनी कर्मचारी आफैं धाउँछन्, खोज्छन् ।

Vianet communication
Laxmi Bank

रूपन्देहीको दक्षिणपूर्वी क्षेत्रको रोहिणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई अर्को व्यवस्था नभएसम्मका लागि दुवै गाउँपालिकाको जिम्मेवारी दिएको छ ।

भट्टराई भन्छन्, ‘बिहान ६ बजे घरबाट निस्किन्छु । कहिले शुरूमा रोहणी जान्छु त कहिले सियारी जान्छ । एउटा ज्यान २ तिर जाँदा बडो समस्या हुने रहेछ ।’

‘स्थानीय तह पुनर्संरचना नुहँदा एउटा गाविस सचिवले २ वटा हेरेको थाहा थियो तर एउटा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतले २ वटा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेको मैले सुनेको पनि थिइनँ तर आज आफैंले हेनुपर्ने बाध्यता आइलागेको छ,’ उनले भने । भट्टराईले यहीँ जेठको १९ गतेदेखि २ ठाउँको भूमिका निर्वाह गरेका हुन् ।

उनले सामान्य प्रशासन मन्त्रालयले नै पत्र काटेपछि २ गाउँपालिका हेर्न थालेका हुन् । उनी भन्छन्, ‘हतार–हतार २ तिर मोटरसाइकलमा पुग्छु । १ सयदेखि १ सय ५० वटा फाइल हेर्नुपर्ने हुन्छ । सबै पढ्न पाइँदैन । यसो हेर्‍यो ‘सिक्नेचर’ गर्‍यो । सबै पढ्दा त २–३ दिन लाग्छ ।’

दोहोर काम गराइले अप्ठ्यारो परेको उनले बताए । ‘आर्थिक वर्ष २०७५/०७६ को अन्तिम नजिकिँदै छ । कामको चाप छ । मलाई २ तिर काम गर्नुपर्ने बाध्यता आइलाग्यो तर गर्छु । सेवा नै धर्म हो,’ उनले भने ।

कर्मचारी समायोजनमा पुराना प्रमुख प्रशासकीय अधिकृत ऋषिराज अर्याल पाल्पाको रिब्दिकोट गाउँपालिकामा सरुवा भएपश्चात् मालपोत कार्यालयबाट सरुवा भई आएका दामोदर भण्डारी १ साता पनि काम नगरी ‘काम गर्न सक्दिनँ’ भनी फर्किएपछि रोहिणीमा प्रमुख प्रशासकीय अधिकृतको समस्या परेको थियो ।

उनी २०५५ सालमा नायव सुब्बाको रूपमा निजामती सेवामा प्रवेश गरेका हुन् । ५ वर्ष लम्जुङको जिल्ला विकास समितिमा रहेर काम गरे । त्यसपछि रूपन्देहीको सूर्यपूरा र गोनाहामा गाविस सचिवको रुपमा काम गरे । रुपन्देहीमा १६ स्थानीय तह छन् । जसमध्ये ५ नगरपालिका, १ उपमहानगरपालिका र १० गाउँपालिका रहेका छन् । 

आर्थिक वर्ष सकिन लाग्दा प्रमुख प्रशासकीय अधिकृतको अभावमा विकास निर्माण, अनुदान र अन्य काम ठप्प भई बजेट नै खर्च नहुने भएपछि स्थानीय तहको निर्वाचनअघिदेखि २ वर्ष बढी आफ्नै गाउँपालिकाको प्रशासकीय अधिकृत रहेका भट्टराईलाई मन्त्रालयबाट चिठ्ठी लेखाइ मगाएको गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले बताए । ‘मन्त्रालयबाट पत्र नै बनाएर गाउँपालिकाका अध्यक्षले ल्याएपछि विगतमा आफैंले काम गरेको ठाउँमा काम गर्दिनँ भन्न सकिनँ त्यसैले रोहिणी पनि जान लागेको छु,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x