कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
निजामती सेवामा सहसचिव पदमा रहेका केदार पनेरुले ‘सेतो याक’ नामक उपन्यास हालै पाठकसमक्ष ल्याएका छन् । सरकारी कर्मचारीसँगै उनको नयाँ परिचय थपिएको छ – साहित्यकार ।
काठमाडौंको दिक्दार जिन्दगीबाट शुरू भएको सेतो याकको कथा हिमाली जिल्ला रसुवा केन्द्रित छ । रसुवा जिल्लाको खैंदी, टिमुरे र लाङटाङ हिमालका परिवेशलाई उपन्यासमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।
उपन्यासको शुरूवाती शिल्पशैलीले पाठकलाई पनि यात्रामोह जगाउन सक्ने खालको छ । दाजुभाउजुको हेला र अपमानले विरक्तिएर घर छाडेर हिँडेकी निमा हिमाल आरोह गर्ने पर्यटकको भरिया हुन्छे । त्यही क्रममा निमाको भेट स्वीजरल्याण्डका पिटरसँग हुन्छ । पिटर राम्रो नेपाली बोल्न सक्छन् । यात्राकै क्रममा निमा र पिटर नजिकिन्छन्, प्रेममा पर्छन् । उनीहरूको प्रेमलाई पनेरुले रोमाञ्चक ढंगले पस्केका छन् ।
पिटर र निमाको प्रेम झांगिएपछि उनीहरू यस्तो अवस्थामा आइपुग्छन् : २ धड्कनको आवाज एकै भयो । पिटरको बलियो पाखुराभित्र कसिँदै गई निमा । हिमालको चिसो फेदीमा जोडिए एकअर्काका ताता ओठ । उनीहरूले सँगै फेरेको सास उड्दैउड्दै गएर हिमालको हिउँसँगै मिसियो । अलिकति लजायो हिउँ र पोखियो सल्लाका पातहरूमा । पिटरको नाङ्गो छातीमा भर्खरै फक्रँदै गरेका निमाका छातीका दुई फूलहरू सर्लक्क पोखिए । त्यो चिसो वातावरणलाई जित्दै लग्यो निमा र पिटरको तातो शरीरको बाफले । भोटेकोशीको भेलभन्दा तीव्र गतिमा उर्लियो उनीहरूको नशानशाको रगत । चुर्लुम्मै डुबे एकअर्कामा । चरमोत्कर्षमा पुग्यो उनीहरूको बेहोशीपन । निकै बेरको उर्लंदो भेल शान्त भयो दुवैको जब निमाले आफूलाई निर्वस्त्र पाई ।
सँगै बाँच्ने कसम खाएर निमालाई दुई जिउकी बनाएका पिटरले एकाएक किन निमालाई छाड्छन् ? यसका लागि पाठकले उपन्यासलाई अन्तिमसम्म पढ्नैपर्छ ।
पढ्दै गर्दा उपन्यासमा प्रेम, यात्रा र यौन पाइन्छ तर ठाउँ–ठाउँमा कहानी यसरी मोडिन्छ, जसमा पाठकमा अब के हुन्छ भन्ने कौतुहलता सिर्जना गराइदिन्छ ।
पिटर विना उनको नासो पेटमै बोकेर हिँडेकी निमाको दुःख कहालीलाग्दो छ । बाँच्नका लागि उनले गरेको संघर्ष र जिन्दगीबाट हार खाएर आत्महत्या गर्न खोज्दाको परिस्थितिले मन छुन्छ ।
दोर्जे निमाको मित दाजु । निमालाई पुनः समाजमा स्थापित गराउन अनवरत लागिरहने दोर्जे र उनको उनको प्रेमका प्रसंगले रोमाञ्चित बनाउँछ । ७ वर्षको उमेरमै पिटरको नासो फुर्वाले आफ्नी आमा गुमाउँछ र दोर्जेलाई पनि ।
आमा निमा र दोर्जेलाई गुमाएको फुर्वालाई पेमाले स्याहार्छिन्, लालनपालन गर्छिन् । फुर्वा र डोल्माले कथालाई बाँधेर राख्छन् । कथा पढ्न बसेपछि नसकुञ्जेल उठ्नै मन लाग्दैन ।
तर एक्कासी पेमा र उनको गाउँलाई छाडेर छोरा दावासहित फुर्वा र डोल्मा खैंदी छाडेर टिमुरे झर्छन् । उनीहरू टिमुरे झर्नुपर्दाको बाध्यताले पाठकको आँशु खसालिदिन्छ ।
उपन्यासमा समाजका सानासाना विषयवस्तु र त्यसले पार्ने प्रभावलाई गज्जबसँग उल्लेख गरिएको छ । हिमाली भेगका वासिन्दाले भोग्दै आएका समस्या, अशिक्षा र गरीबीलाई पनि उपन्यासमा उनिएको छ ।
पनेरुले उपन्यासमा दुःखका कहानी र रोदनलाई मात्रै महत्त्व दिएका छैनन्, पाठक किताबमै अल्झाइरहन प्रेम र यौनलाई ठाउँ–ठाउँमा ‘स्पेस’ दिएका छन् । नाम्चे र डिकीको प्रेम कहानीले पनि पाठकलाई पढिरहन मन लाग्ने बनाउँछ । अझ डिकी पात्रको चरित्रले समाजमा नदेखिएको भित्रिपाटोलाई उजागर गरेको छ ।
पनेरु रसुवागढी नाकामा भन्सार प्रमुखको रूपमा कार्यरत रहेका कारण उनले हिमाली परिवेशलाई उपन्यासमा दुरुस्तै उतारेका छन् । यो उनको खुबी हो ।
बच्चादेखि नै आफ्नो विदेशी पिता ‘आप्पा’ लाई सम्झिरहने, उनको अनुहार हेर्न लालायित हुने फुर्वाले संयोगवश भेट्छ तर उनी पिटर नभइ ‘सेतो याक’को रूपमा हुन्छन् । छोरा फुर्वाले बुढ्यौली उमेरमा पिताको अनुहार हेर्न पाउँछ ।
उसले छोरा फुर्वालाई निमाबाट टाढिनुको विवशता सुनाउँछन् र अर्को जुनि निमासँगै नेपालमा अझ रसुवामै जीवन व्यतित गर्न पाउँ भन्ने भनाइले पिटरको नेपाल मोहलाई झल्काउँछ ।
पिटरले निमासँगको प्रेम र उनीसँग बिताएका पलहरूलाई संगालेर राखेको उपन्यासमा उल्लेख छ ।
उनीसँग समय बिताउन पाउँदा फुर्वाको परिवारसँगै सिंगो टिमुरे गाउँमा नै खुशीयाली छाउँछ । कारण हो – उनले टिमुरे लगायतका क्षेत्रमा निकै ठूलो योगदान गरेका छन् ।
पिटर एकाएक कसरी सेतो याक हुन गए ? त्यसका लागि पनि उपन्यास पढ्नुपर्छ ।
उपन्यासको बलियो पक्ष भनेको उत्तरी हिमाली जिल्ला रसुवाका वासिन्दाको इमान्दारिता, परम्परा, संस्कृति र जीवनशैलीलाई बडो शिलशिला मिलाएर प्रस्तुत गरिनु हो । उपन्यासका पात्र र कथामा देखिएका ट्विस्टले पाठकलाई अन्तिम पृष्ठसम्म लान उत्प्रेरित गराउँछ । पुस्तकमा नेपाली महिलाको विदेशी मोहलाई पनि देखाइएको छ ।
उपन्यासलाई कुनै नाम चलेका प्रकाशन गृहले बजारमा ल्याएको होइन र पनि उत्कृष्ट छ । नाम चलेका पब्लिकेसनले मात्रै स्तरीय किताब निकाल्छ भन्ने भ्रमलाई चन्दा पनेरु प्रकाशक रहेकी सेतो याकले गतिलो झापड दिएको छ ।
अझ यसको आकार हेर्दा के होला र भन्ने भ्रम पर्न सक्छ पाठकमा तर कथा पढेपछि लाग्यो सेतो याकले १८५ पेजको ३०० रुपैयाँ तोकेको मूल्य जायजै लाग्छ । किताबलाई डीबीओ प्रेस मुद्रण गरेको छ ।
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...