सुजुकीले ल्यायो 'सुपर क्यारी'मा विशेष अफर : विशेषतै विशेषताले भरिपूर्ण

जेठ २६, २०७६

काठमाडौँ - सीजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा  सुजुकी फोर ह्वीलर्स नेपालले 'सुजुकी सुपर क्यारी'मा विशेष अफर प्रस्तुत गरेको छ । कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा २० हजारको नगद छुट पनि प्रदान गरेको छ ।

कम्पनीले २ वर्ष या ३० हजार किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को वारेन्टी समेत प्रदान गरेको छ । कम्पनीद्वारा नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराएको छ जस अन्तर्गत इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास पर्दछ ।


ADVERTISEMENT

बजारमा नयाँ सुपर क्यारीको मूल्य रु.११ लाख ९९ हजार रहेको छ । कम्पनी अनुसार यस गाडीको मुख्य उद्देश्य भनेको बढी आम्दानी तथा फाइदाका लागि हो । यो अफरले न्युनतम लगानीमा गाडीको स्वामित्व प्रदान गर्नुका साथै आम्दानीमा वृद्धि र लाभ लिन सकिन्छ ।

७ सय ९३ सिसिको दुई सिलिण्डरयुक्त डिजेल इन्जिन भएको यस गाडीमा ५ स्पिड म्यानुयल ट्रान्समिसन गियर रहेको छ । यसको ३२.६३ विएचपि को ३५ सय आरपिएम तथा २ हजार आरपिएमको अधिकतम ७५ एन एम को टर्क विद्यमान छ ।

यस गाडीले २२.०७ प्रतिलिटर माइलेज प्रदान गर्छ भने ८० किलोमिटर प्रतिघण्टाको गतिमा कुँद्ने कम्पनीको दाबी छ ।

सुपर क्यारीमा ३ दशमलव २५ वर्ग मिटरको लोडिङ्ग क्षेत्र रहेको छ भने, ७ सय ४० किलोसम्मको भारवहन क्षमता रहेको छ । १ सय ६० एम एमको ग्राउन्ड क्लियरेन्स, २१ सय १० एमएमको ह्वीलबेस  तथा ४ दशमलव ३ मिटर टर्निङ्ग रेडियस रहेको छ ।

लाइट स्ट्रिमिङ्ग ह्वील, मोबाइल चार्जिङ्ग सकेट, डुयअल असिस्ट ग्रिप, मल्टिपर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदिजस्ता सुविधाहरु यसमा रहेका छन् । १२ इन्चको ह्वील्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङ्गको लागि अगाडिको फ्रन्ट डिस्क तथा रियर ड्रम ब्रेक आदि सुपर क्यारीका विशेषताहरू हुन् ।

जेठ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार