सुजुकीले ल्यायो सुपर क्यारीमा विशेष अफर

जेठ २७, २०७६

काठमाडौं- सीजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सीजी होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर प्रस्तुत गरेको छ ।

कम्पनीले सुजुकी सुपर क्यारी खरीद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा २० हजार रुपैयाँको नगद छुट पनि प्रदान गरेको छ ।


ADVERTISEMENT

कम्पनीले २ वर्ष/३० हजार किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को वारेन्टी समेत प्रदान गरेको छ । कम्पनीद्वारा नयाँ सुजुकी सुपर क्यारीको खरीदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराएको छ जस अन्तर्गत इन्जिनआयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रीन वास सेड्यूलअनुसार पर्छ । बजारमा नयाँ सुपर क्यारीको मूल्य ११ लाख ९९ हजार रहेको छ । कम्पनीअनुसार यस गाडीको मुख्य उद्देश्य भनेको बढी आम्दानी तथा फाइदाका लागि हो । यो अफरले न्यूनतम लगानीमा गाडीको स्वामित्व प्रदान गर्नुका साथै आम्दानीमा वृद्धि र लाभ लिन सकिन्छ ।

७९३ सीसीको ट्विन सिलिन्डरयुक्त डिजेल इन्जिन भएको यस गाडीमा ५ स्पिड म्यानुयल ट्रान्समिसन रहेको छ । यसको ३२.६३ बीएचपीको ३५ सय आरपीएम तथा २ हजार आरपीएमको अधिकताम ७५ एनएमको टर्क विद्यमान छ । एआरएआई अनुसार यस गाडीले २२.०७ प्रतिलिटर माइलेज प्रदान गर्छ । ८० किलोमिटर प्रतिघण्टाको दुरी तय गर्ने कुरामा कम्पनीको दाबी समेत रहेको छ । 

सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ क्षेत्र रहेको छ भने ७४० किलोसम्मको भारवहन क्षमता रहेको छ । १६० एमएमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्वीलवेस तथा ४.३ मिटर, टर्निङ रेडिएस रहेको छ । लाइट स्ट्रिमिङ ह्वील, मोबाइल चार्जिङ सकेट, ड्यूल असिस्ट ग्रिप, मल्टिपर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदिजस्ता सुविधाहरू यसमा रहेका छन् ।

१२ इन्चको ह्वील्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङको लागि अगाडिको फ्रन्ड डिस्क तथा रियर ड्रम ब्रेक आदि सुपर क्यारीका विशेषता हुन् ।

जेठ २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस