जेठ २७, २०७६

काठमाडौं- शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक सोमवार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर एक हजार २७५.८२ अङ्कमा पुगेको छ ।

त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४३ बिन्दुले घटेर २७२.४६ अङ्कमा झरेको छ । स्टकका अनुसार कूल १७३ कम्पनीको २० लाख ७२ हजार १८२ कित्ता शेयर ६१ करोड तीन लाख १२ हजार १३ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोबार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर मात्र बढेको छ ।


ADVERTISEMENT

विकास बैंक ४.४७, उत्पादन १५.५५ र म्युचुअल फण्ड ०.०७ बिन्दुले बढेको छ । त्यसैगरी बैङ्किङ ५.६१, होटल ३४.०६, जलविद्युत् १६.२९, वित्त ७.४९, निर्जीवन बीमा १२४.३८, अन्य ६.६१, लघुवित्त ११.४९ र जीवन बीमा ६२.४३ बिन्दुले घटेको छ । 

स्टकका अनुसार आज एनआईसी एसिया बैंकको चार करोड १८ लाख ५९ हजार ७८ रुपैयाँमा कारोबार भइ शीर्ष स्थानमा रहे । यस्तै शिवम् सिमेन्ट तीन करोड ९० लाख ५० हजार ४३५ रुपैयाँ, सिद्धार्थ बैंक लिमिटेड तीन करोड तीन लाख ९२ हजार ९२७ रुपैयाँ, नेपाल बैंक लिमिटेड दुई करोड ५५ लाख ४० हजार ९७१ रुपैयाँ र नविल बैंक लिमिटेड संस्थापक शेयर एक करोड ९५ लाख ५६ हजार ३०४ रुपैयाँमा कारोबार भइ शीर्ष स्थानमा रहे । 

जेठ २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस