जेठ २७, २०७६

काठमाडौँ - सनातन हिन्दु समाजमा पिपललाई भगवान् विष्णुको स्वरूप मानेर पूजा गरिन्छ । अक्सिजन धेरै फ्याँक्ने रुख भएकोले हाम्रो समाजमा यसको महत्त्व धेरै छ । यति मात्र होइन आयुर्वेदमा पनि यसमो प्रयोग हुन्छ । विभिन्न रोगको औषधिका लागि पिपलको पात, डाँठ र फलको प्रयोग हुन्छ । 

लगातार खोकिरहने (दम)को रोगीका लागि पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस् । त्यसको चूर्ण बनाएर दम रोग भएक बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस् । तीन महिनासम्म नियमित रूपमा यसो गरे दम रोग पूर्णरूपमा निको हुन्छ ।


ADVERTISEMENT

सर्दी, खोकी तथा रुघाबाट राहात पाउन पिपलको पातको प्रयोग गर्न सकिन्छ। पिपलका पाँच पात सफा पानीले पखालेर दुधसँग उमालेर थोरै सख्खर हालेर बिहान र साँझ पिउँदादुई दिनमै रुघा–खोकी ठीक हुने छ । निमोनियाबाट ग्रसित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा धेरै राहत पाइन्छ ।

बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ । पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दतिवनको रूपमा प्रयोग गर्न सकिन्छ । यस्तै १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै समस्याबाट छुटकारा मिल्छ ।

 

जेठ २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस