कात्तिक २८, २०८०
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
जेठ २९, २०७६
धनगढी – धार्मिक र ऐतिहासिक महत्व बोकेको बेहडाबाबा मन्दिरमा बुधवारदेखि गंगा दशहरा पूला तथा मेला शुरू भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मेला शुरू भएको हो । मेला जेठ ३२ गतेसम्म चल्ने छ ।
बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समितिले दर्शनार्थी, अगन्तुक एंव धार्मिक पर्यटकहरूलाई लक्षित गरी सतर्कता बढाएको छ । समितिका अध्यक्ष शेरबहादुर चन्दले मन्दिर तथा मेलाको सुरक्षाको लागि सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिनुको साथै स्वंयसेवक परिचालन गरिएको बताए ।
मेलामा खानेपानीको व्यवस्था गरिनुको साथै शौचालय, बस व्यवसायीको सहकार्यमा धनगढीदेखि मन्दिरसम्म बस सञ्चालन गरिएको छ । मेलामा ६ सय बढी विभिन्न किसिमका व्यापारिक स्टल, बच्चा झुलालगायत राखिएका छन् । चालू वर्ष करीब ५ लाख दर्शनार्थी तथा अगन्तुकको जमघट हुने अनुमान समितिले गरेको छ ।
बेहडाबाबाको विशेषता
बेहडाबाबा मन्दिर सुुदूरपश्चिमको मात्रै नभई मुलुककै बहुचर्चित धार्मिक आस्थाको केन्द्र मानिन्छ । जहाँ दाम्पत्यलाभ, पुत्रपुत्रीलाभ, धनलाभलगायत धेरै मनोकांक्षा बोकेर तीर्थालुहरू आउने गरेको स्थानीय बताउँछन् ।
स्थानीय बुद्धिजीवीका अनुसार मन्दिर भएको स्थान घनाजंगल रहेको स्थान हो । परापूर्वकालमा शिवलिङ्ग आफैं उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको मन्दिर पूजारी तथा वयोवृद्धको भनाई छ । रामपुर गाउँस्थित जंगलकिनारमा अवस्थित सो मन्दिरमा भएको शिवलिङ्ग परिवर्तनशील देखिएको छ ।
उहिले मन्दिर क्षेत्रमा भारतीयको दबदबा थियो । जंगबहादुर राणाले ब्रिटिश कम्पनीलाई सघाएबापत प्राप्त भएको नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाको भूभागमा उहिले भारतीय नै आवतजावत गर्ने गर्थे । त्यस ठाउँमा बाक्लो जंगल भएका कारण त्यहाँ मानिसको त्यति बसोबास थिएन । जब सो मुलुक नेपाललाई भारतले ‘बक्स’ गरेपछि त्यहाँ फाट्टफुट्ट नेपाली मूलका आदिवासीले बसोबास शुरू गरेको बताइन्छ ।
भारतीय नागरिक त्यहाँ घुम्न आएका बेला सो लिङ्ग फेला पारेका थिए । भारतीयले शिवलिङ्गमा डोरीले बाँधेर कैयौ पटक उखेल्न प्रयास गरेको तर उनीहरूको प्रयास असफल भएको जनाइएको छ । उखेल्न नसकेपछि उनीहरूले फलामको घनले हिर्काएका थिए रे ! घनले हिर्काएको छाप अहिले पनि लिङ्गको माथिल्लो भागमा स्पष्ट देख्न सकिन्छ । उनीहरू लिङ्गलाई जमिनबाट उखेली आफ्नो ठाउँ (भारत) मा लग्ने लाख प्रयास गर्दा पनि लिङ्ग त्यहाँबाट हलचल नभएपछि सोही ठाउँमै मन्दिर स्थापना गरिएको जनविश्वास छ ।
आदिवासी थारूहरूले त्यस ठाउँको जंगल फडानी गरी बस्न योग्य बनाएपछि चलाख भारतीय नागरिक पनि त्यहाँ आई बसोबास गरेको मानिन्छ । मन्दिर स्थापना गर्न तथा त्यसको स्याहारका लागि पनि भारतीय नागरिक त्यहाँ बसाई गर्न आएको जनविश्वास छ । सानो रुपमा देखिएको सो शिवलिङ्ग अहिले बढ्दै–बढ्दै ७/८ फिट अग्लो भएको छ । अहिले त्यहाँ पक्की मन्दिर स्थापना गरिएको छ ।
मन्दिर परिसरमै महादेव नामको एउटा ठूलो तलाउ पनि रहेको छ । त्यस तलाउमा स्नान गरी दर्शनार्थी शिवजीको पूजा गर्ने गर्दछन् । माघे संक्रान्तिका दिन जलासयमा स्नानगरी मन्दिरमा दर्शन गर्नाले वर्षभरिको पाप पखालिने जनविश्वास समेत रहँदै आएको छ । यसका अतिरिक्त त्यहाँ दर्शन गर्नाले पारिवारिक सुख, सन्तानलाभ, धनप्राप्तिका साथै नयाँ जोडी प्राप्ति हुने विश्वास गरिन्छ । यसकारणले पनि त्यहाँ नेपाल र भारतका दूरदराजबाट पर्यटक दर्शनका लागि उल्लेख्य संख्यामा आउने गर्दछन् ।
मन्दिरसम्म कसरी पुग्ने ?
बेहडाबाबा मन्दिर कैलाली सदरमुकाम धनगढी बजारस्थित क्याम्पस चौकबाट करीब १० किलोमिटर पूर्व र पूर्वपश्चिम महेन्द्र राजमार्गको चौमाला बजारबाट करीब ६ किलोमिटर दक्षिणमा अवस्थित छ ।
पूर्वाधार विकासमा सक्रियता
पछिल्लो समय सो धार्मिक क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रसँग जोडिएर हेर्न थालिएको छ । सोही धनगढी उपमहानगरपालिकाले मन्दिरको गुरुयोजना बनाएर संरचना निर्माण थालेको छ । भक्तजनको लागि धर्मशाला, सडक विस्तार, खानेपानी व्यवस्थापन गरिँदै आएको छ ।
मंगलवार मेला उद्घाटन गर्न पुगेका सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्टले धार्मिक पर्यटनको विकासबाट प्रदेशको समृद्धि सम्भव रहेको बताए । उनले बेहडाबाबा धामको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको पनि वाचा गरे ।
सो क्षेत्रको विकासको लागि धनगढी उपमहानगरपालिकाले डीपीआर बनाएको छ । सोही अनुुसार आफूहरू सहयोग गर्न तयार रहेको प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले पनि प्रतिवद्धता जनाए भने धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बेहडाबाबाको विकासका लागि गुरुयोजना तयार भइसकेको बताउँदै मन्दिर जोड्ने सडक कालोपत्रे गर्ने कामको शुरूवात भइसकेको बताए ।
बाटोमा पर्ने खुटीया र शिवगंगा नदीमा पक्की पुल निर्माणको काम शुरू भएको र बेहडाबावा मन्दिर वरिपरि चक्रपथ निर्माणको कार्य भइरहेको उनले बताए ।
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...