मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
जेठ २९, २०७६
काठमाडौं – चीनसमक्ष सुपुर्दगी गर्ने अनुमति दिने सरकारको योजनाविरुद्ध मध्य हङकङमा हजारौं प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गर्दै दुई मुख्य राजमार्गमा बाधा गरेका छन् ।
सन् १९९७ मा हङकङ चीनमा गाभिएपछि पहिलोपटक यति ठूलो प्रदर्शन भइरहेको हो । कालो कपडा लगाएका हजारौं प्रदर्शनकारीहरूले तगारो तेर्स्याएर दुईवटा सडक अवरुद्ध पारे जसले गर्दा यातायात ठप्प भयो ।
संशोधन गरिएको कानून अन्तर्गत कसूर ठहर भएका अनि सात वा त्यसभन्दा बढी कारावास सजाय पाएका आरोपितहरूलाई चीनसमक्ष सुपुर्दगी गरिन सक्नेछ । कानूनले क्षेत्रीय स्वायत्ततालाई प्रभावित पार्ने भनी विरोध भइरहेको छ ।
संशोधित विधेयकका समर्थकहरू हङकङ शहर अपराधीहरूको आश्रयस्थल नबनोस् भन्नका लागि यसलाई ल्याइएको जिकिर गर्छन् ।
विधेयकका आलोचकहरू चाहिँ चीनले राजनीतिक विरोधी तथा अन्यलाई सुपुर्दगी गर्नमा यस कानूनको प्रयोग गर्ने चिन्ता व्यक्त गरिरहेका छन् । संशोधित विधेयकमा प्रक्रियागत सुरक्षाको अभावले हङकङको स्वायत्ततालाई कमजोर बनाउन सक्ने उनीहरूको भनाइ छ । मानवअधिकार, मौलिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको सुरक्षामा यसले प्रतिकूल असर पार्न सक्ने उनीहरू आशंका गर्छन् ।
प्रहरीले बुधवार विधेयकमाथिको बहसभन्दा केही घन्टाअघि प्रदर्शनकारीहरूलाई तितरबितर बनायो । हङकङमा १०० भन्दा बढी व्यापारीहरूले प्रदर्शनकारीप्रति ऐक्यबद्धता जनाउन बुधवार आफ्नो संस्था बन्द गरेका छन् । विद्यार्थी संगठनहरूले जुलुसमा सहभागी हुन कक्षा बहिष्कार गरेका छन् ।
एजेन्सी
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...