सत्तारुढप्रति कांग्रेस सांसदको कटाक्ष : ज्वाइँ खलकले गुठीको संस्कारबारे ससुरालीबाट सिक !

जेठ २९, २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसदले गुठी संस्कारबारे ससुरालीबाट सिक्न सत्तारुढ नेकपाका नेतालाई सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका दिव्यमणि राजभण्डारीले लिच्छिविकालदेखि शुरू भएको गुठीको प्राचीन सभ्यता मेट्ने गरी ल्याइएको विधेयक फिर्ता गर्न माग गरेका हुन् । 
‘लिच्छिविकालदेखिको सभ्यताबाट गुठीको संस्कार अगाडि बढेको थियो । अहिलेको सुखी नेपाली र समृद्ध नेपालको नारा लिएको सरकारले सुखी नेपालीको आफ्नो परम्परालाई निधेष गर्न खोजेको छ । गुठी सम्बन्धी विधेयक फिर्ता लिइयोस् भनेर जोडदार माग गर्न चाहन्छु,’ भण्डारीले भने, ‘अहिले सत्तामा रहेकाहरू धेरै समय काठमाडौंमा बस्नुभएको र कतिपय काठमाडौं बासीको ज्वाइँ खलक भएकाले गुठीको संस्कारबारे ससुरालीबाट सिकेर बहसमा आउन आग्रह गर्दछु ।’


ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र पूर्वप्रधानमन्त्री झलनाथ खनालको ससुराली काठमाडौं उपत्यकामै रहेको छ ।

जेठ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस