भारत र न्युजील्यान्डबीच आज २०–२० क्रिकेट !

जेठ ३०, २०७६

काठमाडौं – क्रिकेट विश्वकपमा भारतीय टीमले बिहीवार न्युजील्यान्डको सामना गर्दैछ । विगत तीनचार दिनदेखि पानी परिरहेकाले पूरा ओभरको म्याच हुने सम्भावना कम छ । 

मौसम विभागले हल्का वर्षा हुने सम्भावना जनाएको छ । बढीमा २०–२० ओभरको खेल हुन सक्छ ।


ADVERTISEMENT

घाम नलागेकाले ट्रेन्ट ब्रिजको मैदान सुक्ने समय नपाउने देखिन्छ । त्यसो हो भने त्यहाँ खेल्नु पनि सुरक्षित हुने छैन । एक बल पनि नफालिकन म्याच रद्द हुने सम्भावना प्रबल छ । 

मौसमका कारण खेलाडीहरू पेभिलियनमै बस्नुपर्दा अर्कै चुनौती आइलाग्छ । उनीहरूले आफूलाई प्रतिस्पर्धाका लागि तयार पनि राख्नुपर्नेछ अनि ट्रेनिङविना यसो गर्न सम्भव पनि छैन । 

विश्वकपको अहिलेको फर्म्याटमा कुनै पनि म्याचलाई सहज रूपमा लिँदा पछि गएर गाह्रो पर्न सक्छ । खेलाडीहरू खेल्न पाइने कुनै पनि मौका गुमाउन चाहँदैनन् । 

ट्रेन्ट ब्रिजमा मंगलवार भारतीय टीमको अभ्यास सत्र पनि पानी परिरहेकै कारण रद्द भयो । टीम लगभग ९० मिनेट मैदानमा हुँदा पानी परेन तर खेलाडीहरू पिचतर्फ अघि बढ्दा पानी पर्न थाल्यो ।

एजेन्सी
 

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस