फुटसल प्रतियोगिता शुक्रवारदेखि शुरू हुने

जेठ ३०, २०७६

काठमाडौं- कखरा इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने दोस्रो संस्करणको अन्तरविद्यालय फुटसल प्रतियोगिता भोलिदेखि शुरू हुने भएको छ । 

दुईदिने उक्त प्रतियोगितामा विभिन्न ३२ भन्दा बढी विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । प्रतियोगितामा १६ वर्षभन्दा मुनीका विद्यार्थीले मात्र खेल्न पाउने प्रावधान छ ।


ADVERTISEMENT

च्यासलस्थित नेशनल स्पोर्ट्स सेन्टरमा आयोजना हुने उक्त प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँसहित ट्रफी र पदक तथा  उपविजेताले २० हजारसहित पदक र ट्रफी पाउने छ ।

यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस