कम्युनिस्ट सरकार धर्मसंस्कृतिमाथि प्रहार गर्न उद्दत छ - पौडेल

फाइल फोटो
जेठ ३०, २०७६

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारलाई गुठी विधेयक तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा नेता पौडेलले संस्कृतिमाथि प्रहार गर्न उद्दत कम्युनिस्ट सरकारका विरुद्ध संगठित भएर लड्न अपिल पनि गरे ।


ADVERTISEMENT

'गुठीसम्बन्धी विधेयक सरकारले तत्काल फिर्ता लिनुपर्दछ,' पौडेलले भने, 'कम्युनिस्ट सरकारले संस्कृतिमाथि प्रहार गर्ने कुचेण्टा गर्दैछ, यसका विरूद्ध संगठित भएर लड्न अपिल गर्दछु ।'

संविधानले धर्म, संस्कृति, परम्परा र मौलिक स्वतन्त्रताको प्रत्याभूत गरेको भन्दै पौडेलले गुठीको परम्परा विभिन्न समुदायको मौलिकतामा आधारित रहेको बताए ।

सरकारले ऐतिहासिक परम्परालाई छिन्नभिन्न पार्दै गुठी संस्थानको सम्पत्तिमा आँखा गाढेको उनको भनाइ थियो । नेता पौडेलले लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मर्मविपरीत शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेर आफ्नो असहिष्णु चरित्र उदाङ्गो पारेको बताए ।

 

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस