×

NMB BANK
NIC ASIA

जनकपुरधाम- प्रदेश नम्बर दुईको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय परिसरमा अहिले साइकल कस्दै गरिएको दृश्य देखिन्छ ।

Muktinath Bank

प्रदेश सरकारको 'बेटी पढाउ बेटी बचाउ अभियान' अन्तर्गत प्रदेशका आठ वटै जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई वितरण गर्नका लागि उक्त साइकल कस्दै गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री लालबाबु राउतले छोरीहरूको पढाइलाई प्रोत्साहन मिल्न सकोस् भन्ने ध्येयका साथ प्रदेशका छात्राहरूलाई अभियान अन्तर्गत साइकल वितरण गर्न गर्न लागेका हुन् । कुल १४ हजार छात्राहरूलाई साइकल वितरण गरिने मुख्यमन्त्री राउतको लक्ष्य रहेको 'मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान' कार्यक्रमका सहजकर्ता प्रियंका यादवले बताइन् ।


Advertisment
Nabil box
Kumari

सप्तरी राजविराजकी यादवलाई मुख्यमन्त्री राउतले करारमा नायब सुब्बा सरहको पारिश्रमिक दिने गरी मन्त्रालयमा सहजकर्ताको रूपमा भर्ना गरेका छन् । उनले भनिन्,‘पहिलो चरणमा ४ हजार साइकल वितरण गरिनेछ भने दोश्रो चरणमा १० हजार साइकल वितरण गरिनेछ ।’

Vianet communication
Laxmi Bank

सामुदायिक विद्यालयको कक्षा ८ देखि १० कक्षासम्मका छात्राहरूलाई पहिलो चरणमा साइकल वितरण गरिनेछ भने दोश्रो चरणमा कक्षा १२ सम्मका छात्राहरूलाई उक्त साइकल वितरण गरिनेछ । साइकल कस्सिँदै गरेको भए पनि कहिले र कुन-कुन विद्यालयका छात्रालाई साइकल वितरण गरिने भन्ने विषयको टुंगो नलागेको यादवले बताइन् । अहिले प्रदेशका आठ वटै जिल्लाका सामुदायिक विद्यालयहरूले विद्यालयको लेटर प्याडमा कक्षागत छात्राको संख्या उल्लेख गरेर साइकल उपलब्ध गराइदिन भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा माग गर्ने गरिएको पत्र आइ रहेको उनले जानकारी दिइन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सुचना अधिकारी पदम प्रसाद पोखरेलका अनुसार मन्त्रालयले विराटनगरका हेलिस इन्टरप्राइजेजलाई साइकल आपूर्ति गर्न टेन्डर दिएको छ । ‘प्रति साइकल ४ हजार २ सयका दरले पहिलो चरणमा ४ हजार साइकल उक्त इन्टरप्राइजेजले आपूर्ति गर्नेछ,’ सुचना अधिकारी पोखरेलले भने, ‘निर्देशक समितिको बैठक बसेर निर्णय गरेपछि आउँदो असार १५ गतेभित्र ती साइकल वितरण गरिनेछ ।’

दोस्रो चरणको लागि आपूर्ति गरिने १० हजार थप साइकल कसलाई टेन्डर दिने भन्ने निर्णय अहिले नभएको उनले बताए ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x