बोल्न समस्या हुँदा अनुपम खेरले गर्न सकेनन् किशोरीलाई प्रपोज

जेठ ३०, २०७६

काठमाडौं – बलिउडका वरिष्ठ अभिनेता अनुपम खेरले द कपिल शर्मा शोमा आफ्नो जीवनको एक रहस्य उजागर गरेका छन् । 

शनिवार प्रसारित हुने शोमा खेरले आफू सानोमा अड्की अड्की बोल्ने गरेको र पछि त्यो कमजोरीलाई शक्तिमा परिणत गरेको सुनाए । 


ADVERTISEMENT

बाल्यकालमा मुखमा चोट लागेपछि उनले क अक्षर उच्चारण गर्न नसकेको बताए । क को साटो उनी त उच्चारण गर्थे । 

उनले भने, ‘म हिन्दी मिडियम स्कूलमा पढेको हुँ र त्यसबेलामा म अंग्रेजी मिडियमकी एक केटीलाई मन पराउँथें । त्यतिखेर हिन्दी मिडियम स्कूलको केटाले अंग्रेजी मिडिय स्कूलकी केटीलाई प्रपोज गर्न कठिन थियो ।’

‘त्यस्तो स्थितिमा मैले कविता कपूर नामक किशोरीलाई भावना अभिव्यक्त गर्नुपर्ने थियो । उसले मलाई धाराप्रवाह बोल्न चुनौती दिई । कविता कपूर आई लभ यू भन्न लगाई । तर म क उच्चारण गर्न सक्दिनथिएँ । अनि मैले तपिता तपूर, म तिमीलाई प्रेम गर्दिनँ ।’

पछि स्पीच थेरापी गरेपछि उनले तीन वर्ष लगाएर अड्की अड्की बोल्ने समस्या हटाउन सके । खराब अंग्रेजीका कारण आफूले बाल्यकालको क्रशलाई प्रभावित गर्न नसकेको पनि उनले बताए ।

एजेन्सी
 

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस