चीन सीमानजिक दुर्घटनाग्रस्त भारतीय विमानका सबै यात्रुको मृत्यु

जेठ ३०, २०७६

काठमाडौं – भारतको अरुणाचल प्रदेशमा गत साता दुर्घटनाग्रस्त भएको एएन–३२ विमानमा कोही पनि जीवित नरहेको भारतीय वायुसेनाले बिहीवार जनाएको छ ।

‘उद्धार टोलीका आठ सदस्य दुर्घटनास्थल बिहीवार बिहान पुगेका थिए । एएन–३२ दुर्घटनामा परेका कोही पनि जीवित नरहेको जानकारी दिनुपर्दा भारतीय वायुसेना दुःखी छ,’ वायुसेनाले ट्वीट गरी जानकारी दियो । 


ADVERTISEMENT

विमानमा रहेका १३ जनाको परिवारलाई खबर पठाइएको अधिकारीहरूले जनाएका छन् । 

विमानको भग्नावशेष लिपोभन्दा १६ किलोमिटर उत्तरतर्फ मंगलवार भेटिएको थियो । भग्नावशेष १२ हजार फीटको उचाइमा भेटिएको थियो । 

जेठ २० गते असमको जोराहाटबाट उडेको विमान उडेको आधा घन्टापछि सम्पर्कविहीन बनेको थियो । 

एजेन्सी

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस