फरार अभियुक्त ७ महिनापछि पक्राउ

फाइल फोटो
जेठ ३०, २०७६

सिराहा– अपहरणपछि बन्धक बनाइ हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

अपहरण तथा शरीर बन्धक गरी कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त औराही गाउँपालिका–२ वस्ने २१ वर्षका गंगाराम मण्डल खत्वेलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

धनगढीमाई नगरपालिका–६ का सुभाष कुमार यादवलाई २०७५ मंसिर ८ गते अपहरण गरी भारतको मधुवनी लगेर गोली हानी सख्त घाइते बताएका थिए ।

गोली हानी फरार रहेका खत्वेलाई सिरहा नगरपालिका–७ मा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

गोली लागेर गम्भीर घाइते भएका सुभाषको उपचारको क्रममा भारतको बिहारस्थित पीएमसीएच मेडिकल कलेजमा २०७५ मंसिर ९ गते मृत्यु भएको थियो ।
 

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस