×

NMB BANK
NIC ASIA

कहिले टुंगो लाग्ला प्रदेश नम्बर ५ को नामकरण र स्थायी केन्द्र ?

जेठ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल–प्रदेश नं ५ को नामकरण र स्थायी केन्द्र तोक्ने विषय अझै लम्बिने भएको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेशको नामकरण र स्थायी केन्द्रका लागि सिफारिस गर्न गठित विशेष समितिको म्याद थप गर्ने निर्णय गरेको छ । 

Muktinath Bank

    यसले गर्दा प्रदेशको नामकरण र स्थायी केन्द्रको टुङ्गो लगाउने समय लम्बिने भएको हो । प्रदेशसभाको आज बसेको बैठकले विशेष समितिको म्याद छ महीना थप गर्ने निर्णय गरेको हो । समितिको म्याद यसअघि दुई पटक तीन तीन महीना थप गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    प्रदेश नं ५ को नामकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि प्रदेशसभा नियमावली २०७४ को नियम १५२ बमोजिम प्रदेशसभाले विशेष समिति बनाएको थियो । प्रदेशको स्थायी राजधानी र नाम सिफारिस गर्न गठन भएको उक्त समितिले प्रदेशका १२ वटै जिल्लामा पुगी सुझाव सङ्कलन गरेको छ । 
    
    सुझाव सङ्कलनपश्चात् भूगोल, मौसम, वातावरण तथा सांस्कृतिक एवं सुरक्षाविद्सँग राय लिएर प्रतिवेदन पेश गर्न विशेष समितिले छ महीना समय माग गरेकाले म्याद थप गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो ।
    
    प्रदेशसभा बैठकको विशेष समयमा प्रदेशसभा सदस्यले सरकारले असार १ गते ल्याउने बजेट जनमुखी हुनुपर्नेमा जोड दिनुभयो । यस्तै विपक्षी दलका सदस्यले जनताको प्रतिनिधित्व गर्ने मुख्य थलो संसद् भएकाले प्रदेशको बजेटमा सदस्यको भनाइको सम्बोधन हुनुपर्ने माग गर्नुभयो । 
    
    प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले जनताका आकांक्षा पूरा गर्न जनताको प्रतिनिधिले बुझ्ने भएकाले बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले बजेट निर्माण गर्दा विपक्षीको समेत सुझाव लिएर सबैले अपनत्व अनुभूत गर्न पाउने धारणा राख्नुभयो । 
    
    प्रदेशसभा सदस्य दिनेश पन्थीले सङ्घीय सरकारको बजेट नयाँ आर्थिक वर्षबाट मात्र लागू हुने भए पनि बजारमा मूल्यवृद्धि अनियन्त्रित ढङ्गले बढेको भन्दै प्रदेश सरकारले यसमा ध्यान दिनुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य चेतनारायण आचार्य, विजयबहादुर यादव, दिपेश थारू, अष्ठभुजा पाठक, तुल्सी चौधरीलगायतले समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।
    
    बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गर्नुभएको थियो भने सभामुख घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएर आएका विधेयकको बारेमा जानकारी गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x