×

NMB BANK
NIC ASIA

सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिनुपर्छ – मुख्यमन्त्री गुरुङ

जेठ ३१, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नु अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।

Muktinath Bank

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयमा निर्माण गरिएको भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सामुदायिक विद्यालय गुणस्तरीय शिक्षा प्रदानका लागि सक्षम रहेको प्रमाणित गर्नुपर्नेमा जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री गुरुङले अहिलेको शिक्षा प्रणाली महंगो हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा र पूर्वाधार निर्माण चुनौतीको विषय रहेको बताए । उनले अहिलेको शिक्षा प्रणालीले सीपमूलक जनशक्ति उत्पादन गर्न नसकेको बताउँदै भने, “ शिक्षा प्रणालीले प्रमाणपत्रधारी विद्यार्थी मात्रै उत्पादन गर्‍यो । हातमा सीप भएको जनशक्ति उत्पादन गर्न सकेन ।”


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री गुरुङले प्राविधिक जनशक्ति उत्पादनका लागि गण्डकी प्राविधिक विश्वविद्यालय स्थापनाको प्रक्रिया आगामी वर्षदेखि शुरु हुने बताए । गुरुङले नेपालमा गफ धेरै र काम थोरै गर्ने प्रवृत्ति हाबी रहे पनि प्रदेश सरकार काममा विश्वास गर्ने भएकाले त्यहीअनुसार अघि बढेको बताए ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा गण्डकी प्रदेश सांसद आशा कोइरालाले दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेकामा जोड दिइन् ।

योङ लिभिङ फाउण्डेशनको आर्थिक सहयोगमा रु एक करोड ६० लाखको लागतमा भवन निर्माण गरिएको हो ।

फाउण्डेशनका नेपाल प्रतिनिधि सुवास सिंहले भवन निर्माणका लागि विद्यालयकोतर्फबाट सकारात्मक सहयोग प्राप्त भएको बताए ।

१६ कोठे भवनमा कक्षा १ देखि ५ सम्म अध्ययन गराइने विद्यालयका प्रधानाध्यापक ध्रुबकुमार मल्लले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x