कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जेठ ३१, २०७६
काठमाडौँ - स्वीजरल्याण्डको जेनेभामा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ ।
शुक्रवार जेनेभामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका समकक्षी नासिर विन थानीबीच श्रम सम्झौतामा हस्ताक्षर भएको हो ।
मन्त्री बिष्ट र युएईका समकक्षी थानी दुवै अन्तर्राष्ट्रिय श्रम संगठनको शतवार्षिकी कार्यक्रमलाई सम्बोधन गर्न जेनेभामा पुगेका थिए । यसअघि सन् २००७ मा भएको द्वीपक्षीय श्रम सम्झौतालाई शुक्रवार भएको सम्झौताले विस्थापन गरेको छ ।
सम्झौतामा युएई जाने कामदारले कुनै शूल्क तिर्नु नपर्ने उल्लेख गरिएको छ । नेपाली कामदारलाई युएई लैजाने खर्च सबै रोजगारदाता कम्पनीकै भएको बताइएको छ ।
तर म्यानपावर कम्पनीको सेवा शूल्क आपसी समझदारीमा तय गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौतामा कामदारलाई निशुल्क कानूनी सेवा, रोजगारदाता परिवर्तन गर्न पाइने, कार्यस्थल र स्वास्थ्य बीमाको व्यवस्था लगायतका सुविधाहरू दिने उल्लेख गरिएको छ ।
करारपत्र सकिएपछि रोजगारदाता परिवर्तन गर्न पाइने र नेपाली कामदारले अन्य विदेशीसरह नै सेवा सुविधा पाइने कुराको ग्यारेन्टी गरिएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताएका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...