×

NMB BANK
NIC ASIA

नेवा राज्य बनाउँछु भन्थे, गुठी नै भत्काउन थाले – प्रदीप पौडेल

जेठ ३१, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौँ -  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेवा राज्य बनाउँछु भन्नेहरुले नै अहिले गुठी भत्काउन थालेको आरोप लगाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

हेटौंडामा शुक्रवार पत्रकारहरुसँगको भेटमा नेता पौडेलले विगतमा गुलिया सपना देखाउनेहरुको तितो व्यवहारबाट आम जनता आजित भएको धारणा राखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पौडेलले गणतन्त्र ल्याउन ठूलो योगदान दिएका राजधानीका नेवार समुदायको भावनमा गम्भीर कुठाराघात गर्दे सरकारले गुठी विधेयक ल्याएको टिप्पणी गरे । गुठी विधेयकले प्राचिन संस्कृति तथा सम्पदामा गम्भीर हमला गर्ने भएकाले तत्काल फिर्ता लिन उनले ध्यानाकर्षण गराए ।


Advertisment
Nabil box
Kumari

'गुठी विधेयक विरुद्धको आन्दोलनले सरकार ढल्ने भन्दा पनि सरकारको गलत रवैयाका कारण वर्तमान संविधानमै बुहसंख्यकको अनास्था उत्पन्न हुने चिन्ता बढेको छ,' पौडेलले भने ।

Vianet communication
Laxmi Bank

गुठीलाई सामन्तवादको स्वरुप भन्ने सरकारी प्रवक्ताको अभिव्यक्तिको कडा प्रतिवाद गर्दै पौडेलले विगतका घटनाक्रम स्मरण गराउँदै सांस्कृतिक क्षेत्रमा अनावश्यक हस्तक्षेप नगर्न चुनौति दिए । बेग्लै प्रसंगमा पौडेलले दुई तिहाईको वर्तमान सरकार दिनप्रतिदिन निरिह हुँदै गएको टिप्पणी गरे ।

'यातायात भाडा वृद्धिको निर्णयमा पाँच घण्टा पनि टिक्न नसक्ने सरकारबाट जनताले के अपेक्षा गर्ने ?' पौडेलले प्रश्न गरे ।

राजपत्रमा प्रकाशित भइसकेको सार्वजनिक खरिद नियमावलीलाई केही हप्तामै संशोधन गरेर सरकारले आफूलाई अत्यन्त कमजोर प्रमाणित गरेको उनको भनाइ थियो । अन्यत्र कहीँ पनि एकपटक राजपत्रमा प्रकाशित भएको नियमावली यति छिटो संशोधन नभएको उदाहरण दिँदै पौडेलले सरकार चलाउनु भाँडाकुटी खेल्नु नभएको धारणा राखे ।

प्रेस स्वतन्त्रतामाथि यस अघि नै धावा बोलिसकेको सरकारले अभिव्यक्ति स्वतन्त्रता पनि कुण्ठित पार्न खाजेको उनको भनाइ थियो । बजेट भाषण लगत्तै सबै अत्यावश्यक वस्तुमा अचाक्ली मूल्यवृद्धि भएको भन्दै उनले 'समृद्ध नेपाल सुखी नेपाली' को नारा घन्काउने सरकारले जनतालाई पाइला पाइलमा आहत पारेको आरोप लगाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x