×

NMB BANK
NIC ASIA

मुख्य समाचार

अब यूएईमा नेपाली कामदारलाई आकर्षक सुविधा, भदौँ १२ देखि जापानको ओसाका उडान

जेठ ३२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

  काठमाडौँ–नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र यूएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरे । 

Sagarmatha Cement
Muktinath Bank

पछिल्ला समय परिवर्तन हुँदै गइरहेका श्रम आप्रवासनका मान्यता अनुकूल हुने गरी यूएईसँग यसअघि भएको समझदारी प्रतिस्थापन गरिएको हो । जेनेभामा रहेका श्रम मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरले भने, “यस अवधिमा अन्तर्राष्ट्रिय श्रम आप्रवासनका क्षेत्रमा निकै फेरबदल आएको छ, श्रम आप्रवासनका मान्यता परिवर्तन भएका छन्, परिवर्तित मान्यताअनुकूल बनाउन यसअघि यूएईसँग भएको समझदारी प्रतिस्थापन गरी नयाँ समझदारी गरिएको हो ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    समझदारीले विश्व श्रम आप्रवासनका क्षेत्रमा मुख्यरूपमा उठ्दै आएका शून्य लागतको विषयलाई प्राथमिकता दिएको छ । 


Advertisment
Nabil box
Kumari

    समझदारीले रोजगारदाताको कमीकमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्न सक्ने व्यवस्था गरेको छ । सहसचिव घिमिरेले भने, “कुनै कारणवश प्रतिष्ठान बन्द भएमा वा रोजगारदाताले दायित्व निर्वाह गर्न नसकेमा वैकल्पिक रोजगारीको खोजी गर्ने स्पष्ट मार्ग समझदारीले पहिल्याएको छ ।”

Vianet communication
Laxmi Bank

    “कुनै पनि कामदारलाई ज्याला, अतिरिक्त कामको अतिरिक्त भत्ता, कार्य वातावरण र न्यायमा पहुँचजस्ता विषयमा विभेद गर्न नपाइने र सबै विदेशी श्रमिकलाई समान व्यवहार हुनुपर्ने मान्यतालाई स्थापित गरिएको छ”, उनले भने, “यूएईमा काम गर्ने नेपाली कामदार र अन्य मुलुकको कामदारको सेवासुविधामा कुनै पनि विभेद हुँदैन ।”

समझदारीले महिला श्रमिकको कल्याण र सुरक्षामा पनि विशेष जोड दिएको छ । कामदार गन्तव्य मुलुक पुगेलगत्तै राहदानीलगायत व्यक्तिगत परियचसँग सम्बन्धित कागजपत्र रोजगारदाताले राख्ने यसअघिको प्रवृत्तिलाई समझदारीले रोक लगाएको छ । 
    नेपालको चौँथो ठूलो श्रम गन्तव्यका रूपमा रहेको यूएईसँग नेपालले पहिलोपटक सन् २००७ मा श्रम समझदारी गरेको थियो । एक दशकअघि गरिएको सो समझारीले बदलिँदो श्रम आप्रवासनको मान्यतालाई सम्बोधन गर्न नसकेको भन्दै दुई मुलुकबीच विकसित समझदारी गर्न दबाब बढेको थियो । 

    गत अप्रिल २४ र २५ तारिखका दिन काठमाडाँैमा बसेको दुई देशका प्राविधिक कमिटीको बैठकले श्रम समझदारीको मस्यौदालाई टुङ्गोमा पु¥याएको थियो । 

सामाजिक सुरक्षा भत्ता दुरूपयोग गरेको अभियोगमा मुद्दा 

    सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको साविक भसेढवा गाविसका तत्कालीन प्राविधिक सहायकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    आयोगका अनुसार तत्कालीन प्राविधिक सहायक खखिलेन्द्रकुमार यादवले रु ३३ लाख २४ हजार ३९१ बराबरको भ्रष्टाचार गरेको अनुसनधानबाट खुलेको छ । यस्तै तत्कालीन गाविस सचिव जवाहरलाल झाले रु पाँच लाख ८१ हजार ३८५ र अर्का साविकका गाविस सचिव जयचन्द्रप्रसाद जसवालले रु दुई लाख ७१ हजार ८७५ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ । 

    सरकारी स्रोतबाट प्राप्त भएको रकम खर्च गर्दा न्यूनतम रूपमा अवलम्बन गर्नुपर्ने विधिसमेत अवलम्बन नगरेको, सामाजिक सुरक्षा भक्ताबापतको रकम आफ्नै वा अरु कसैको औँठाछाप प्रयोग गरी आफँैले बुझेको पाइएको छ । 

    साविक भसेढवा गाविसको चालू तथा पूँजीगत खर्च हिनामिना गरेको पाइएकाले उनीहरूविरुद्ध बिगो असुल गरी कैद सजायको समेत माग गरिएको आयोगले जनाएको छ । 

    यस्तै आयोगले सत्ति भन्सार कार्यालय टीकापुरमा कार्यरत नायब सुब्बा दुर्गादत्त भट्टसमेत दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

बजार अनुगमन 

    भक्तपुर नगरपालिका पसल अनुगमन समितिले गरेको मासु पसल अनुगमनमा अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । 

    समितिको संयोजक राजकृष्ण गोराको संयोजकत्वमा देकोचा, कमलविनायक र च्याम्हासिंहमा सञ्चालित अनुगमनमा अधिकांश मासु पसल नियमविपरित सञ्चालनमा रहेको पाइएको छ । 

    महालक्ष्मी मिट शप, विकेश मिट शप, कमलबहादुर शाहीको रा“गाको मासु पसल, न्यू सुभाना कोल्ड स्टोर, ग्लोबल कोल्ड स्टोर, भक्तपुर कोल्ड स्टोर, च्याम्हासिंह फ्रेस मिट शप, तुल्सीनारायण शाहीको रा“गाको मासु पसल, च्याम्हासिंह मिट शपलगायतमा अनुगमन गर्दा मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको हो ।
     
गुठी जग्गामा मिोहियानी हक
    
    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी जग्गामा किसानले मोहियानी हक पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन् । 
 भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि र ख्वप कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा शुरु भएको ‘नेशनल कन्फरेन्स अन रोल अफ म्यानेजमेन्ट’को राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सरकारले गुठी जग्गामा मोही किसानले नै पाउनुपर्नेमा जोड दिए । 
 
    अध्यक्ष बिजुक्छेले जग्गाबाट उठेको कर जनताकै लागि खर्च गर्नुपर्ने बताए ।  आर्थिक समृद्धिको नाराले मात्र देशको विकास नहुने उनको भनाइ थियो । 

पौडेलको अन्त्येष्टि

    पूर्व शिक्षामन्त्री धनीराम पौडेलको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् । माडीको बघौडा अस्पताल अगाडि शुक्रबार उनको शरीरमा दाहालसहितका नेताले झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । 

    शुक्रबार बिहान निधन भएका पौडेलको साँझ माडी नगरपालिका–५ मा रहेको मगुई खोलामा अन्तिम संस्कार गरियो । उनको पार्थिव शरीरमा पौडेलका धर्मपत्नी गङ्गा बेलवासे, छोरीहरू जागृति र आकृति पौडेलसँगै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दागबत्ती दिएको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिए । 
 
    उनको हृदयघातका कारण निधन भएको हो ।    
विप्लप कार्यकर्ता पक्राउ

    नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जुम्ला जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा पक्राउ परेका छन् । सिञ्जा गाउपालिका–२ घोडेङ्गामा आफ्नै घरमा सुतिरहेका बेला गएराति २ः०० बजेतिर जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले रविकिरणलाई पक्राउ गरेको परिवारिक स्रोतले जनाएको छ ।
    करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जबरर्जस्ती करणी मुद्दामा फारार रहेका प्रतिवादीलाई साढे पाँच वर्षपछि पक्राउ गरेको छ । 

    विसं २०७० मङ्सिर १६ गते काभ्रेपलाञ्चोकको पोखरीचौरी गाविस–४ स्थित रैकर जङ्गलमा १३ वर्षीया बालिकालाई ज्यान मार्ने धम्की दिई जबरर्जस्ती करणी गरेको मुद्दामा अदालतको फैसलापछि फरार रहेका सिन्धुपाल्चोक बतासे गाविस–२ का ‘नीरबहादुर’ भन्ने रमेश थापालाई ब्यूरोको टोलीले पक्राउ गरेको हो । 

    भदौँ १२ देखि जापानको ओसाका उडान

    नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको ओसाका उडानका लागि व्यावसायिक योजनाका साथ तयारी थालेको छ । आगामी भदौँ १२ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले जनशक्ति व्यवस्थापनदेखि व्यापार प्रवद्र्धनका काम अघि बढाएको हो । 

    पर्यटकीय यामसँगै महत्वपूर्ण चाडपर्वको समय पारेर निगमले भदौ १२ देखि ओसाका उडानको तयारी गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । 
उनका अनुसार अगष्टको उडानका लागि टिकट बुकिङ खुलाइएको र अहिलेप्रति उडान ८० भन्दा बढी टिकट बुकिङ भइसकेका छन् । अगष्ट महीनामा उडान गर्दा यात्रु प्रर्याप्त हुने भएकाले निगमलाई राम्रै फाइदा पुग्ने विश्वास लिइएको छ । 

    निगमले यसअघि आगामी असार १९ गतेदेखि ओसाका सिधा उडान गर्ने योजना बनाएको भए पनि यात्रुको सङ्ख्या कमी रहेको भन्दै उडान तालिका परिवर्तन गरी भदौमा सारेको हो । सम्बन्धित ट्राभल एजेन्सीसँग पनि छलफल गरी उनीहरूको सुझावका आधारमा उडान केही पर सारिएको निगमको भनाइ छ । 
    
    गर्मी बढेपछि विद्यालय बन्द

    गर्मी बढेपछि वीरगञ्ज महानगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गरिएका छन् । 

    अत्यधिक गर्मीका कारण विद्यार्थी मूक्र्षित हुन थालेपछि आगामी असार १ देखि ६ गते सम्मका लागि विद्यालय बन्द गरिने महानगरपालिकाले निर्णय गरेको हो । महानगरभित्र रहेका विद्यालयका प्रधानाध्यापक, शिक्षक महासङ्घ र महानगरको शिक्षा समितिको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । 

        
मुग्लिन–आँबुखैरेनी सडक नियमित सञ्चालन
 
    दैनिक नौ घण्टा बन्द हुँदै आएको मुग्लिन–आँबुखैरनी सडक नियमित सञ्चालनमा आएको छ । चितवन र तनहुँ जोड्ने त्रिशूली नदीमा निर्माण सम्पन्न भएको पक्की पुलको दायाँबायाँ दुवैतर्फको सडकको पर्खाल सतह काटेर टेवा पर्खाल लगाउने काम तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले यही जेठ १६ देखि ३० सम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गरिएको थियो । 

    भित्ता काट्ने काम सम्पन्न भएकाले बिहीबार साँझदेखि नियमित सवारी सञ्चालनमा आएको ठेकेदार कम्पनी एलाइट एड्भेन्चर लोहनी जेभीका मोतीलाल शर्माले जानकारी दिए । 

घुससहित पक्राउ

    दाङमा सहायक वन अधिकृत रु २० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सब–वन डिभिजन कार्यालय बेलामा कार्यरत रामज्ञाप्रसाद साहलाई घुससहित पक्राउ गरेको हो ।  

    साहलाई लमहीको एक जुस पसलबाट पक्राउ गरिएको छ । उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

गुठीसम्बन्धी विधेयक पास हुन दिँदैनौँ : सभापति देउवा

     नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताएका छन् ।  हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक पक्षलाई जोड दिएर अलग्गै पहिचानसहितको एकीकरण गर्नुपर्ने बताए । 

    उनले संस्कृति र सभ्यतामा प्रहार नगर्न अनुरोध गरे ।  जनताको अधिकार र स्वतन्त्रता कुनै पनि हालतमा खोस्न नदिने उनको भनाइ थियो ।

 सभापति देउवाले आगामी दिनमा काङ्ग्रेसलाई पूर्णरूपमा बहुमत दिलाउन जुझारु भएर अघि बढ्ने बताए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x