×

NMB BANK
NIC ASIA

मन्त्री नै बजेट खर्च गर्न नसकेको स्वीकार्दै भन्छन्- अब कार्यान्वयन गर्ने बजेट ल्याउँछौं

जेठ ३२, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेश सरकारले ल्याउन लागेको बजेटको तयारी पूरा भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । असार १ गते आइतवार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि बजेट ल्याउँदै छ । 

Sagarmatha Cement
Muktinath Bank

झण्डै ३३ अर्बको हाराहारीको बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको छ । चालु आर्थिक वर्षको सञ्चित कोषमा जम्मा हुनसक्ने रकम समेतलाई अनुमान गरी ३३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी भइरहेको कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेशका लागि संघीय सरकारको समानिकरण अनुदान नौ अर्ब ८४ करोड ८३ लाख राजश्व बाँडफाँडको सात अर्ब ४४ करोड ४३ लाखको सिलिङ प्राप्त भएको मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । ‘चालु आर्थिक वर्षमा ९२ करोड विशेष अनुदान र तीन करोड समपुरक अनुदान पाएको कर्णाली सरकारले आगामी वर्षमा एक/एक अर्ब विशेष र समपुरक अनुदान र २० करोड आन्तरिक राजश्व संकलनको लक्ष्यसहित बजेटको तयारी गरेको छ,’ मन्त्री ज्वालाले भने, ‘प्रदेश सरकारले आन्तरिक राजश्व आगामी वर्ष घटाएर २० करोड राख्ने भएको छ । चालु आवमा आन्तरिक राजश्व ५० करोड उठाउने लक्ष्य लिएको थियो । कर्णाली सरकारले पाँच अर्ब एक करोडको सशर्त अनुदान प्राप्त गर्नेछौं ।’ 


Advertisment
Nabil box
Kumari

सरकारले योसँगै आगामी आर्थिक वर्षका लागि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको जानकारी दिएको छ । यो बजेट चालु आर्थिक वर्षमा ल्याएको बजेटभन्दा झण्डै पाँच अर्ब बढी हो । चालु आवमा कर्णाली प्रदेशले २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट ल्याएको थियो । 

Vianet communication
Laxmi Bank

सो बजेटको विकास बजेट पनि खर्च हुने सकेको छैन । सरकारले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १५ प्रतिशतमात्र बजेट खर्च गरेकोमा असार मसान्तसम्म त्यो खर्च ५० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । मन्त्री ज्वालाका अनुसार असार मसान्तसम्म करीब आठ अर्ब रुपैयाँ सञ्चित कोषमा रहने अनुमान छ । 

आगामी वर्षको बजेटलाई परिमाणमुखी बनाउन प्रदेश गौरवका योजनाहरूलाई महत्त्व दिइएको दाबी मन्त्री ज्वालाले गरेका छन् । कर्णाली सरकारले वितरणमुखी भन्दा प्रतिफल देखिने गरी योजना बनाउन लागेको उनले उल्लेख गरे । उनले भने, 'त्यसका लागि एक करोडभन्दा माथिका योजनाहरू मात्र प्रदेश सरकारले बनाउने बजेट  तयार भइरहेको छ । एक करोड तलका योजनाको बजेट अब प्रदेशले बनाउने छैन ।’

तर कर्णाली प्रदेश सभाका सदस्यहरू भने सरकारको यो निर्णपय प्रति सहमत छैनन् । सरकारको नीति तथा कार्यक्रम बारेको छलफलमा सरकारले साना आयोजनाका लागि पनि बजेटको व्यवस्था गर्नुपर्ने भनाइ राखेका थिए ।  

कर्णाली प्रदेश सरकारले असार १ गते प्रस्तुत गर्ने आगामी बजेटमा उद्योग, पर्यटन, पूर्वाधार विकास र रोजगारीलाई प्राथमिकता दिने भएको छ । उद्योग र पर्यटनले धेरैलाई रोजगारी दिने भएकोले त्यसलाई प्रथामिकता दिइने मन्त्रालयले जनाएको छ । पूर्वाधार विकास र त्यसमा पनि सडक निर्माणको योजनाहरूलाई पनि बजेटमा प्राथमिकता दिइएको छ ।

सरकारको नीति तथा कार्यक्रममा समेटिएका कर्णालीको आधारभूत विकास, खाद्यान्नमा आत्मनिर्भरता, कृषिमा आधुनिकीकरण, जल, जमिन, जडिबुटी, जंगल र जनशक्तिको अधिकतम उपयोग, एकीकृत बस्ती निर्माणजस्ता क्षेत्रको विस्तारमा पनि बजेटले प्राथमिकता दिने भएको छ । 

चालु आवमा सोचेजसरी बजेट खर्च गर्न नसकिएको मन्त्री ज्वालाले स्वीकार गरे । ‘चालु आर्थिक वर्षमा सरकारले सोचे अनुसारको विकासे बजेट खर्च गर्न सकेन, ’ उनले भने, ‘नयाँ संरचनाले गर्दा अनुभवको कमी, कर्मचारीको अभाव, परियोजना बैंक निर्माण हुन नसकेको, कानूनी जटिलताले गर्दा बजेट खर्च गर्न सकिएको थिएन ।’ तर उनले यो वर्ष ल्याइने बजेटलाई कार्यान्वयन गर्न सकिने गरी ल्याइने बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x