×

NMB BANK
NIC ASIA

भवन बनाउने क्रममा बिम भत्किँदा ३ जनाको मृत्यु , सवारी दुर्घटनामा ५ जनाको मृत्यु

जेठ ३२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दाङ-लमही नगरपालिका-७ कमानपुरस्थित सम्राट सिमेन्ट कम्पनीको नयाँ भनव बनाउने क्रममा बिम भत्किँदा ३ जनाको शनिबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारत झारखण्ड बस्ने ४५ वर्षीय मंगल केस्यप, २२ वर्षीय दयाल हेरेन्द्र खुट्टा र ४६ वर्षीय लाल सायप रहेका छन् ।

Muktinath Bank

उक्त कम्पनीको बिम भत्किँदा ५ जना कामदार घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अमेलियाबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि फोलोरेन्स अस्पताल लमही दाङ पठाएकोमा उपचारको क्रममा घाइतेमध्ये उनीहरु ३ जनाको मृत्यु भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यताकाभ्रे, सप्तरी, बारा र बाग्लुङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।


Advertisment
Nabil box
Kumari

काभ्रेको धुलिखेल नगरपालिका-९ कुसडाँडास्थित सडकमा बिआर ३२ पिए ४३४१ नम्बरको स्कारपिओ गाडीले बा.७० प ८९९८ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक माहाभारत गाउँपालिका-८ बस्ने ३६ वर्षीय तिलक आलेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार महाभारत गाउँपालिका-३ बस्ने २३ वर्षीया लक्ष्मी माया घिसिङको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Vianet communication
Laxmi Bank

काभ्रेकै धुलिखेल नगरपालिका-११ सिमलबोटस्थित सडकमा बा.२ क ४६७५ नम्बरको टिपर शनिबार बिहान आफै अनियन्त्रित भई सडकबाट अन्दाजी एकसय मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका टिपरमा सवार गोरखाका २६ वर्षीय भुपेन्द्र रेग्मीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका-७ मोहनपुरस्थित सडकमा स.१ त १७९२ नम्बरको ट्याक्टरले लु.४९ प ९१७० नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुरुङ्गा-१ हनुमान चौक बस्ने २५ वर्षीय रामदयाल महतोको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

बाराको जितपुर सिमरा उपमहानगरपालिका-२३ स्थित सडकमा ना.२ ख ४५४६ नम्बरको ट्रकले ना.१ त ९५१० नम्बरको ट्रयाक्टरलाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका ट्रयाक्टरमा सवार कलैया उपमहानगरपालिका-२२ बस्ने ६५ वर्षीय बिस्वनाथ साहको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा छन् भने फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाग्लुङको गलकोट नगरपालिका-४ भेडिखोलास्थित सडकमा ध.१ ज ५१३ नम्बरको ट्याक्सी सडकदेखि अन्दाजी १५ मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका सोही नगरपालिका बस्ने ३१ वर्षीय मन बहादुर खत्रीको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत २ जनाको सोही अस्पतलामा उपचार भइरहेको छ । 

घटनाबारे स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x