×

NMB BANK
NIC ASIA

जर्मन कविता सम्झिँदै गगनको गर्जन- यहाँ अरिंगालबाहेक काेही सुरक्षित रहँदैनन्

असार १, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं –नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद गगन थापाले सरकारले अभिव्यक्ति स्वतन्त्रताविरोधी कानून ल्याउन लागेको भन्दै चर्को विरोध गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधि सभाको आइतवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले सूचना प्रविधि, मिडिया काउन्सिल लगायत विधेयक संविधान र अभिव्यक्ति स्वतन्त्रताको खिलाप रहेको जिकिर गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसको विरोधका बाबजुद विधेयक पारित गर्न खोजिएको भन्दै उनले भने– ‘यो कानून संसद्बाट पारित हुनु भनेको संविधानको खिलाप मात्र होइन, हाम्रो आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको खिलाप हो । त्यसैले आजैबाट यसको विरोधमा बोल्न, लेख्न, जनमत सिर्जना गर्न लागि सबैलाई अपिल गर्न चाहन्छु ।’ 


Advertisment
Nabil box
Kumari

यो विधेयक आए सरकारका ‘अरिंगाल’ (कार्यकर्ता)हरू मात्र सुरक्षित हुने उनको जिकिर छ । ‘जिस्क्याउने, होच्याउने भनेको के हो ? यस्ता शब्द राखेर यो विधेयक आयो भने कोही पनि सुरक्षित छैन । सरकारका अरिंगालहरू मात्र सुरक्षित रहनेछन्,’ उनले भने ।

Vianet communication
Laxmi Bank

आफूलाई मन नपर्दा जोसुकैको पनि मुख थुन्न सक्ने गरी कानून बनाउन लागिएको उनको आरोप छ । 

‘यहाँ त सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान नै ध्वस्त पार्ने गरी गाली बेइज्यती गर्न पाउने, अनि सरकारलाई मन नपर्दा गाली बेइज्यति शिष्टाचार र नैतिकताका नाममा जसको जुनबेला मन लाग्यो गएर मुख थुन्न पाउने गरी कानून सरकारले बनाउन लागेको छ,’ गगनले थपे ।

यो कानूनबाट कोही पनि सुरिक्षत नहुने भन्दै गगनले जर्मन कवि मार्टिन नीम्योलरको एउटा कविता पनि सुनाए ।

‘म यहाँ जर्मन कवि मार्टिन नीम्योलरको एउटा कविता स्मरण गर्न चाहन्छु, उनीहरू पहिले समाजवादीलाई लिन आए, 
म बोलिनँ, किनकी म समाजवादी थिइनँ ।
उनीहरू ट्रेड युनियनकर्मीलाई लिन आए, 
म बोलिनँ, किनकी म ट्रेड युनियनकर्मी थिइनँ ।
उनीहरू जुजलाई लिन आए,
म बोलिनँ, किनकी म जुज थिइनँ ।
जब अन्तिममा उनीहरू मलाई लिन आए,
मेरा लागि बोल्नलाई बाँकी कोही थिएन ।’ 

गगनले भने, ‘यस्तै अवस्था आउँदैछ । बोलौं, उठौं, जागौं । यो कानूनविरुद्ध अहिले हो बोल्ने बेला ।’

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x