×

NMB BANK
NIC ASIA

भूराजनीतिक टकराव

हङकङमा व्यापक विरोध प्रदर्शन : चीन र पश्चिमी मुलुकबीचको स्वार्थको लडाईं

असार १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हङकङ सरकारले विवादास्पद सुपुर्दगी विधेयक अनिश्चित कालका लागि स्थगित गरिएको घोषणा गरेको भए पनि हजारौं हङकङवासीहरू आइतवार पनि विरोध प्रदर्शनमा ओर्लिएका छन् । उनीहरू यो विधेयक पूर्णतया रद्द गर्नुपर्ने माग राखिरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले केही दिनअघि यो विधेयकलाई जसरी भए पनि पारित गराउने अडान लिएको भए पनि शनिवार भने त्यसबाट पछि हट्दै यसलाई स्थगित गरिएको घोषणा गरेकी थिइन् । यो विधेयक पारित भएमा हङकङको स्वायत्ततामा खलल पुग्ने आलोचकहरूको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विरोधकर्ताहरू यो विवादास्पद विधेयक स्थायी रूपमा रद्द गरिनुपर्ने र प्रमुख कार्यकारी लामले राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् । विधेयकको विरोधमा निस्केको प्रदर्शन दशकौंयताको सबभन्दा ठूलो हो । 


Advertisment
Nabil box
Kumari

विवादास्पद विधेयकले आरोपितहरूलाई चीनसमक्ष सुपुर्दगीको बाटो खोल्ने थियो । यसको दुरुपयोग गरेर सरकारले आफ्ना सबै विरोधीलाई चीनसमक्ष सुपुर्दगी गर्ने जोखिम रहेको विरोधीहरूको जिकिर छ । 

Vianet communication
Laxmi Bank

विरोध प्रदर्शनका क्रममा प्रहरी र हजारौं प्रदर्शनकारीहरूबीच झडप भएको थियो । झडपमा घाइते भएका कम्तीमा ८१ जनालाई अस्पतालमा भर्ना गरिएको छ । सन् १९९७ मा हङकङ चीनलाई फर्काइएपछिको यो सबभन्दा खतरनाक हिंसा हो । 

विरोधका कारण अनेकौं कूटनीतिक परिणामहरू देखापरेका छन् । अमेरिकाका दुवै प्रमुख दल रिपब्लिकन र डेमोक्रेट पार्टीका वरिष्ठ नेताहरूले अमेरिकी सरकारले विशेष व्यापार तथा कारोबार सुविधाका लागि वर्षैपिच्छे चीनबाट हङकङको स्वायत्तताको प्रमाणपत्र लिनुपर्ने आवश्यकता निर्धारित गर्ने गरी बिहीवार एउटा कानून प्रस्ताव गरेका छन् । 

चीनले चाहिँ हङकङको कानूनी प्रत्याभूतिप्राप्त स्वायत्ततालाई अवरोध गरेको तथा हङकङ सरकारलाई कानूनी परिवर्तनका लागि बाध्य बनाएको आरोप अस्वीकार गरेको छ । चीनका सरकारी सञ्चारमाध्यमहरूले चीन र हङकङबीच फाटो ल्याउनका लागि बाह्य शक्तिहरूले विधेयकको विरोधको विषय उठाएको दाबी गरेका छन् । 

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले यी विरोध प्रदर्शनहरू सुनियोजित दंगा भएको बताइन् । त्यो एक गम्भीर फौजदारी कसूर हो र त्यसमा अधिकतम १० वर्षको कारावास सजायको व्यवस्था छ । उनले हङकङको स्थानीय टेलिभिजन च्यानल टीभीबीसँग आँसु चुहाउँदै दिएको अन्तर्वार्तामा त्यो कुरा बताइन् र आफ्नो निजी बलिदानको पनि चर्चा गरिन् । 

उनले यी विरोधहरू हङकङप्रतिको प्रेमका कारण नगरिएको दाबी गरिन् । हङकङका स्वायत्तता बेइजिङलाई बेचेको भन्ने आरोपलाई पनि उनले अस्वीकार गरिन् । 

बुधवारको हिंस्रक झडपका बावजूद हङकङको सुपुर्दगी कानूनमा संशोधनका पक्षधरहरूले यसको आवश्यकताको पैरवी गरिरहेका छन् । 

‘हामीहरू चीनमा कानूनी प्रणाली हङकङमा भित्र्याउन खोजिरहेका छैनौं । वास्तवमा हामीहरू सुपुर्दगीका सबै अनुरोधलाई आफ्ना अदालतमा मिहिन समीक्षा गर्नेछौं,’ हङकङकी पूर्वसांसद रेगिना इपले बताइन् । ‘हाम्रा अदालतहरूले सुपुर्दगी, प्रमाण र कसूरको प्रकृतिका विषयमा क्षेत्राधिकार राख्नेछन् ।’

विधेयकलाई प्राज्ञिकहरू, विद्यार्थी अभियन्ताहरू, कानूनी समूहहरू तथा व्यापारीहरूले व्यापक विरोध गरिरहेका छन् । उनीहरू चीनको न्यायिक प्रणालीमाथि विश्वास गर्दैनन् र यो कानून लागू गरिएमा विमति राख्नेहरू, आलोचना गर्ने पत्रकारहरू तथा लोकतन्त्रका अभियन्ताहरूलाई झूटो अभियोग लगाएर चीनसमक्ष सुपुर्दगी गरिने विश्वास राख्छन् । 

सुपुर्दगी विधेयकले ‘एक देश, दुई प्रणाली’ अन्तर्गत हङकङको स्वायत्ततालाई क्षयीकरण गरेको विश्वास गरिएको छ । उक्त सिद्धान्तले सन् २०४७ सम्म हङकङको स्वशासनको अधिकार, स्वतन्त्र न्याय प्रणाली तथा लोकतान्त्रिक अधिकारको प्रत्याभूति गर्छ । 

इप भने यसलाई अर्को दृष्टिकोणबाट हेर्छिन् । 

‘यसले एक देश, दुई प्रणालीलाई बलियो बनाउँछ जस्तो लाग्छ,’ उनले दाबी गरिन् । ‘विधेयक सात वर्षको कारावास सजाय हुने कसूरमा मात्र आकर्षित हुन्छ अर्थात् वास्तवमै गम्भीर अपराध मात्र यसले समेट्छ । सानतिनो अपराध वा झगडा गरेकैमा चीनसमक्ष सुपुर्दगी हुनु नपर्ने उनको भनाइ छ ।’

हङकङमा बस्ने धेरैजना चाहिँ यो तर्कसँग सहमत छैनन् किनकि सन् २०१५ मा चिनियाँ नेताहरूको आलोचना गरिएको किताब बेच्ने हङकङका पाँच मानिस बेपत्ता बनाइएर चीन पुर्‍याइएको अनि सरकारी टीभीमा उनीहरूलाई साबिती दिन बाध्य बनाइएको घटनाले चीन आफ्नो अधिकारक्षेत्र बाहिर गएर कारवाही गर्ने गरेको उनीहरूलाई थाहा छ । 

उता प्रमुख कार्यकारी लामले सुपुर्दगी सम्बन्धी विधेयक स्थानीय सरकारको पहल भन्दा पनि बेइजिङको आग्रहमा ल्याइएको आरोप खेपिरहेकी छन् । तर बेलायतका लागि चिनियाँ राजदूत लिउ शियाओमिङले हङकङको सुपुर्दगी विधेयकका पछासड बेइजिङको हात रहेको दाबीलाई खारेज गरेका थिए । 

हङकङमा भएका घटनाका विषयमा पश्चिमको मूलधारे सञ्चारमाध्यमले बनाएको समाचारको चीनको सरकारी सञ्चारमाध्यमले पनि आलोचना गरेको छ । उग्रवादी विपक्षी शक्तिहरूले पश्चिमी शक्तिको बुई चढेको आरोप ग्लोबल टाइम्सले लगाएको छ । उक्त पत्रिकाले अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी र ताइवानका नेता त्साइ इङ–वेनका भनाइप्रति आपत्ति जनाएको छ । 

‘उनीहरू हङकङलाई हातमा लिएर चीनको सामना गर्न चाहन्छन् । उनीहरूलाई हङकङको समृद्धि र कल्याणसँग मतलब छ र ? शत्रुहरूसँग मिलेर उग्रवादी विपक्षी शक्तिहरू आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न उद्यत देखिन्छन्,’ ग्लोबल टाइम्समा प्रकाशित सम्पादकीयमा उल्लेख गरिएको छ । 

ग्लोबल टाइम्समा प्रकाशित एउटा आलेखमा हङकङको सामाजिक र आर्थिक वातावरणप्रति युवाहरूको असन्तुष्टि रहेको स्वीकार गरिएको छ । त्यसमा दाबी गरिएको छ, ‘चीनसँग जोडिए मात्र हङकङको विकास सम्भव छ भनी बुझ्नुपर्छ । चिनियाँ मुख्यभूमिसँग एकीकृत भएपछि मात्र हङकङ शहरमा विकासको मूल फुट्छ ।’

यसअघि पेलोसीले एउटा कठोर वक्तव्य निकालेर सुपुर्दगी विधेयकमा संशोधनहरू खतरनाक रहेको र यसले व्यापारी, पुस्तक विक्रेता तथा चीनसँग विमति राख्ने सबैलाई अपहरण गर्नुलाई वैध ठहर्‍याउने लेखिन् । यसले हङकङमा बस्ने ८५ हजार अमेरिकीहरूको सुरक्षा खतरामा पर्ने उनको भनाइ छ । 

उनका अनुसार, विधेयक पारित गरिएमा अमेरिकी कंग्रेसले हङकङ पर्याप्त रूपमा स्वायत्त छ कि छैन भनी पुनर्मूल्यांकन गर्न बाध्य हुने बताइन् । अमेरिका–हङकङ नीति ऐन १९९२ लाई उनले सन्दर्भ बनाएकी थिइन् जसले अमेरिकालाई बाँकी चीनभन्दा फरक रूपमा हङकङसँग व्यापार गर्न समर्थ बनाउँछ ।

विश्लेषकहरूका अनुसार, यो कानून खारेज गर्दा अमेरिका  र चीनबीच चर्किरहेको व्यापारयुद्धको अग्रपंक्तिमा हङकङ आइपुग्छ । यसले हङकङको व्यापारिक र आर्थिक प्रणालीमा कठोर आघात गर्नेछ अनि हङकङमा मुख्य कार्यालय रहेका अन्तर्राष्ट्रिय व्यापारिक प्रतिष्ठान र अमेरिकी कम्पनीहरूलाई घाटा पुर्‍याउनेछ ।

एसिया टाइम्समा प्रकाशित नाइल बोवीको विश्लेषणको भावानुवाद 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x