गुठीलाई मुठीमा राख्न पाइँदैन ! [फोटोफिचर]

असार १, २०७६

काठमाडौं– नेपाली कांग्रेसले गुठी विधेयकको विरुद्धमा र्‍याली निकालेको छ । 

आइतवार दिउँसो ४ बजेबाट कांग्रेसले काठमाडौंको बसन्तरपुरबाट निकालेको र्‍याली, कालिमाटी, नगरदेवी, असन, ठमेल, इन्द्रचोक हुँदै पुन: बसन्तपुर आएर सम्पन्न भएको हो ।


ADVERTISEMENT

र्‍यालीमा सहभागीहरूले 'गुठी विधेयक खोरेज गर', 'गुठीलाई मुठीमा राख्न पाइँदैन', तथा 'हाम्रो धर्म, संस्कार र संस्कृति प्राणभन्दा प्यारो छ' जस्ता नारा लगाएका थिए ।  

र्‍यालीमा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जीत लगायतका नेता तथा कार्यकर्ताको उपस्थित थिए ।

हेरौं फोटो फिचर


 

असार १, २०७६ मा प्रकाशित

गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार