×

NMB BANK
NIC ASIA

प्रदेश १ : निर्वाचन क्षेत्रमा २ करोड ५० लाख विनियोजन

असार २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– प्रदेश नम्बर १ को प्रदेशसभामा आइतवार सार्वजनिक गरिएको बजेटमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि २ करोड ५० लाख रुपैयाँका दरले प्रत्येक निर्वाचन क्षेत्रमा समानरूपमा बजेट व्यवस्था गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यसका लागि १ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरी निर्वाचन क्षेत्र विकास कार्यक्रमको रुपमा प्रदेशसभाका सदस्यको सिफारिशमा ५० लाख रुपैयाँका दरले योजना कार्यान्वयन गर्न ४८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानव संशाधनको प्रक्षेपण गरी आवश्यक जनशक्ति उत्पादन गर्न मनमोहन प्राविधिक विश्वविद्यालय स्थापनाका लागि १६ करोड ५० लाख रुपैयाँ, मदन भण्डारी प्रद्योगिक महाविद्यालय सेवा विस्तार गर्न १ करोड रुपैयाँ, मनमोहन प्राविधिक विद्यालयको आङ्गिक क्याम्पस सञ्चालन गर्न ५ करोड रुपैयाँ, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम कार्यक्रमसहित प्राविधिक विद्यालय रत्नकुमार वान्तवा, प्राविधिक शिक्षालय इलाम, शैलजा आचार्य प्राविधिक शिक्षालय मोरङ, उत्तरपानी प्राविधिक शिक्षालय धनकुटा, सुम्निमा प्राविधिक शिक्षालय भोजपुर, मौरेगढी प्राविधिक शिक्षालय खोटाङलाई अनुदान उपलब्ध गराउन ३८ करोड ६९ लाख रुपैयाँ, विद्यालय गुणस्तर सुधार अभियान सञ्चालनका लागि १७ करोड रुपैयाँ, विद्यालयमा नर्सिङ सेवा थप विस्तार गर्न २ करोड रुपैयाँ, प्रदेशमा रहेका सामुदायिक क्याम्पसहरुको स्तरोन्नति र संस्थागत सुदृढीकरणका लागि अनुदान उपलब्ध गराउन ४ करोड ५० लाख रुपैयाँ, धनकुटामा निजामती कर्मचारी आवासीय विद्यालय सञ्चालनका लागि १ करोड रुपैयाँ व्यवस्था गरिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रारम्भिक बालविकास केन्द्रका बालशिक्षिकाहरू र महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरी समग्रमा शिक्षा क्षेत्रका लागि प्रदेश सरकारले २८ अर्ब २८ करोड रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।

Vianet communication
Laxmi Bank

स्वास्थ्य प्रवद्र्धनका लागि प्रदेशका विभिन्न ४ ठाउँमा खुला व्यायामशाला स्थापना गर्न १ करोड, जिल्ला अस्पतालको भौतिक तथा प्राविधिक विकासका लागि ६ करोड, धनकुटामा विभिन्न विशेषज्ञ सेवासहितको शिक्षण अस्पताल सञ्चालन गर्न ४ करोड रुपैयाँ, विपन्नवर्ग तथा असहायलाई जिल्ला अस्पताल एवं विभिन्न स्वास्थ्य संस्थामार्फत निःशुल्क औषधिको व्यवस्था गर्न ५ करोड रुपैयाँ, आयुर्वेदिक औषधि अन्वेषण, उत्पादन र प्रशोधनको व्यवस्था गर्न ४ करोडसहित स्वास्थ्य क्षेत्रको विकासका लागि १ अर्ब ७ करोड रुपैयाँ बजेट व्यवस्था भएको छ ।

खानेपानी तथा सरसफाइ क्षेत्रमा सरकारले ३ अर्ब रुपैयाँ बजेटको प्रस्ताव गर्दै श्रम र रोजगारीमा युवा लक्षित सीप विकास तालीम सञ्चान गरी दक्ष जनशक्ति उत्पादन गर्न ४ करोड रुपैयाँ, मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न २० करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक, असाहय तथा अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसापीडित महिला तथा बालिकाको संरक्षणका लागि दीर्घकालीन पुनःस्थापनागृह सञ्चालन गर्न १ करोड ४० लाख रुपैयाँ, प्रदेशभित्रका ९० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप ५ हजार वार्षिक, ज्येष्ठ नागरिक ग्राम स्थापना गर्न २ करोड, छुवाछूतमुक्त प्रदेश बनाउन कार्यक्रम सञ्चालनका लागि १ करोड ४० लाख बजेट विनियोजन भएको छ । – मोहम्मद सदलरुल, मनोज दाहाल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x