×

NMB BANK
NIC ASIA

गुठी बहस

सरकारी गुठीमा ‘भयंकर’ बिजोक : १२ जनालाई एकछाक तरकारी खान २५ रुपैयाँ मात्रै !

असार २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – तपाईको भान्सामा एकछाक तरकारी बनाउन कति पैसा खर्च हुन्छ ? १२ जना आश्रित भान्सामा २५ रुपैयाँको एकछाक तरकारी बनाउनुपर्‍यो भने सकिन्छ ?

Sagarmatha Cement
Muktinath Bank

बजारको महंगी चर्काे रहेका बेला यो प्रश्नको सकारात्मक जवाफ आउँदैन । पक्कै पनि १२ जनाका लागि २५ रुपैयाँको तरकारीले पुग्दैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुरस्थित राम मन्दिरको भान्सामा भने १२ जनाका लागि २५ रुपैयाँको तरकारी पाक्दै आएको छ । सरकारी स्वामित्वको गुठी संस्थानले मन्दिरको भान्साका लागि तरकारी खान २५ रुपैयाँ मात्रै छुट्याएको छ । ‘यति जनाको लागि २५ रुपैयाँमा एकछाक तरकारी बनाउन सम्भव छ त ?’ मन्दिरका महन्थ राम गिरीले प्रश्न गरे । यो प्रश्नले सरकारी स्वामित्वका गुठीको भयंकर बिजोगलाई प्रष्ट पारेको छ ।  


Advertisment
Nabil box
Kumari

गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ वैशाख १७ गते राष्ट्रिय सभामा दर्ता भएपछि विधेयकको पक्ष र विपक्षमा बहस भइरहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले विधेयक दर्ता गराएको हो । विधेयक पक्षधरले निजी र सार्वजनिक गुठीमा बेथिति रहेको भन्दै सरकारी स्वामित्वको प्राधिकरणले गुठीलाई सही व्यवस्थापन गर्ने तर्क गरिरहेका छन् तर सरकारी गुठी संस्थानले सम्हालेको राम मन्दिरमा १२ जनाले २५ रुपैयाँको तरकारी खानुपरिरहेको छ । तथ्यले सरकारी स्वामित्वमा गुठीको व्यवस्थापन भद्रगोल रहेको देखाउँछ । विधेयकका विपक्षीले धर्मसंस्कृति मास्ने गरी विधेयक आएको तर्क गरिरहेका छन् । सरकारी स्वामित्वका विभिन्न संस्थान र राम मन्दिर व्यवस्थाको हालत देख्दा संस्कृति मासिने खतरालाई बल मिल्ने देखिएको छ ।

Vianet communication
Laxmi Bank

भान्साको खानामा मात्रै होइन, तलब समेत ज्यादै न्यून छ । गुठी संस्थानले राम मन्दिरमा महन्थसहित अन्य सहयोगी पूजारी समेत गरेर १२ जनाको दरबन्दी निर्धारण गरेको छ । १२ जनावापत सबैको तलब मासिक ५० हजार रुपैयाँ मात्रै संस्थानले दिने गरेको छ । गुठी संस्थानले मन्दिरमा १ जना महन्थसँगै १ जना पुजारी, १ जना पर्खतिया (भगवानको पूजाका लागि भाँडावर्तन सफा गर्ने व्यक्ति), २ जना भान्से, २ जना टहलु, २ जना मेस्तर, १ जना ठाकुर (हजाम), १ जना माली र १ जना चौकीदार नियुक्त गरेको छ । सबैलाई अत्यन्त न्यून पारिश्रमिक दिने गरिएको मन्दिरका महन्थ राम गिरी बताउँछन् । मन्दिरका कर्मचारीलाई मासिक ४ हजार ५ सय रुपैयाँ पारिश्रमिक दिने गरिएको उनले बताए ।

पूजापाठ गर्न गुठीले मासिक रुपमा एकमुष्ठ १४ हजार रुपैयाँ दिने गरेको छ । भोजनका लागि ५ किलो चामल प्रत्येक दिन गुठीले मन्दिरलाई दिने गरेको छ । महन्थसहित कर्मचारीको भोजनका लागि ४ किलो मन्सुली चामल र भगवानको भोग लगाउन १ किलो बासमती चामल दिने गरिएको उनले बताए । दाल १ किलो, एकछाक तरकारीका लागि २५ रुपैयाँ दिने गरिएको उनले बताए । ‘सरकारी पैसाले नपुगेपछि भान्सामा तलबको पैसा खर्च गर्ने गरेका छौं, खानु त पर्‍यो नि !’ उनले भने ।

मन्दिरमा पूजाका लागि दैनिक रूपमा ३ रुपैयाँ पानको पात किन्न, ३ रुपैयाँ अबिर किन्न, ३ रुपैयाँ केसरी चन्दन किन्न, ५ रुपैयाँ नैवेद्य किन्न, ३ रुपैयाँ जौतिल किन्न खर्च हुने गरेको उनले बताए । गुठीले दिने बजेटमा सबै साधुसन्तको सत्कार सम्भव नभएको तथा गाह्रो भइरहेको उनले सुनाए । दानपत्रमा आउने रकमले पूजापाठदेखि अन्य साधुसन्तको स्वागत सत्कार गर्ने गरेको उनले बताए ।

‘राम मन्दिरमा जानकी मन्दिरजस्तो भक्तजन बढी आउँदैनन्, दानपात्रमा पनि धेरै कम रकम छाड्ने गर्छन्,’ महन्थ गिरीले भने, ‘१ दिनमा ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म चढ्ने गर्छ, कुनै–कुनै दिन त १ पैसा पनि चढ्दैन ।’

मन्दिरमा रहेर दिनरात पूजापाठ, भगवानको सेवा गर्दै आएका ती महन्थदेखि अन्य पूजारी समेतको त्यति मात्र न्यून पारिश्रमिक भएका कारण धेरै समस्या हुने गरेको महन्थहरू बताउँछन् । लक्ष्मण मन्दिरमा गुठी संस्थानले पूजारी (महन्थ) देखि अन्य कर्मचारी समेत गरी ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ । ३ जना कर्मचारीको समेत गरेर एकमुष्ठ तलब मासिक २ हजार रुपैयाँ उपलब्ध गराइरहेको छ । मन्दिरका पूजारी (महन्थ) सीताशरणले भने, ‘गुठी संस्थानले दिने गरेको त्यही रकमबाट भगवानको पूजा, भोजन, भोगराग, प्रसाद आदि सबै व्यवस्थापन गर्नुपर्छ ।’

मन्दिरले बनाएको १४ वटा सटर भाडामा लगाएका कारण मासिक ४० हजार रुपैयाँ आउने गरेकाले त्यसबाट मात्र मन्दिर सञ्चालन भइरहेको उनले बताए । त्यो रकम नआए विवाह पञ्चमी, राम नवमी, जानकी नवमी, झुला लगायत अन्य उत्सवदेखि भजनकीर्तन पूजापाठ सबै गरिरहेको उनले बताए ।

गुठी संस्थान नेपाल सरकार मातहतको सरकारी कार्यालय हो । सरकारी गुठी अर्थात् राजगुठी अन्तर्गतका सम्पूर्ण मठ मन्दिरमा पूजा गर्न लगाउने, धर्म संस्कृतिको संरक्षण गर्न लगाउने तथा अन्य धार्मिक कार्य पूजापाठ, विशेष उत्सव लगायत कार्य गर्न लगाउने काम पनि गुठी संस्थानकै हो । तर सरकारी संस्थानले थोरै बजेट दिएर धार्मिक र सांस्कृतिक गतिविधिलाई संकुचन गर्ने गरेको छ ।

गुठी संस्थानको शाखा कार्यालय जनकपुरधाममा पनि छ । कार्यालयले जनकपुरधामस्थित १४ वटा राजगुठी अन्तर्गतका मठ मन्दिरमा मठाधीश (महन्थ) देखि पूजारी, अन्य सेवक कर्मचारी सबै नियुक्त गर्नेदेखि पारिश्रमिक मासिक तलब दिने काम पनि त्यही कार्यालयले गर्दछ । त्यसका अतिरिक्त पूजापाठमा लाग्ने सबै खर्च र पूजारी समेत कर्मचारीको भोजन, भगवानलाई लगाइने भोग, प्रसादको व्यवस्थापन गर्ने काम पनि त्यही गुठी संस्थानको काम हो । त्यसका लागि संस्थानले रकम पनि उपलब्ध गराउने गरेको छ तर अहिलेको चर्को महंगीमा मठाधीशको मासिक पारिश्रमिक मात्र ६ सय ६६ रुपैयाँ रहेको छ ।

गुठी संस्थानले उपलब्ध गराएको विवरणअनुसार राम मन्दिरको गुठीमा १२ जनालाई मासिक ५० हजार रुपैयाँ, हनुमान नगर मन्दिरमा ३ जनाको दरबन्दीबापत मासिक २ हजार रुपैयाँ, रत्नसागर मठमा १ जना दरबन्दीबापत मासिक १ हजार रुपैयाँ पारिश्रमिक दिने गरेको छ । कुपेश्वरनाथ मठमा ४ जना दरबन्दीमा मासिक २ हजार ५ सय रुपैयाँ, झोझी कटैया मठमा  ३ जना दरबन्दीमा मासिक २ हजार रुपैयाँ, तरही मठमा ४ जना दरबन्दीमा २ हजार ५ सय रुपैयाँ तलब दिने गरेको छ ।

कपिलेश्वरनाथ मठमा ४ जनाको दरबन्दीमा २ हजार ५ सय रुपैयाँ, बेरही कुटीमा ३ जनाबापत ५ हजार २ सय ५० रुपैयाँ मासिक पारिश्रमिक दिने गरिएको छ । बिरख कुटीमा २ जना दरबन्दीमा १ हजार रुपैयाँ, बराही कुटीमा २ जना दरबन्दीमा १ हजार ३ सय रुपैयाँ, राधाकृष्ण भगवान विरपुर कुटीमा २ जनाबापत १ हजार ७ सय ५० रुपैयाँ मासिक पारिश्रमिक दिने गरिएको छ । संस्थानले गिरनारी कुटीमा १ जनालाई १ हजार ५ सय रुपैयाँ, श्रीराम दुल्हा दुल्हीन भगवान् बेला कुटीमा १ जनालाई ५ हजार रुपैयाँ मासिक पारिश्रमिक दिने गरेको छ ।

राजगुठी अन्तर्गतका १४ वटा मठ मन्दिरमा संस्थानले ४३ जना कर्मचारीलाई ७८ हजार ८ सय रुपैयाँ मासिक पारिश्रमिक दिने गरेको छ ।

पर्व पूजा र खन्गीमा पनि न्यून रकम 

गुठी संस्थानले पर्व पूजा गर्नका लागि विभिन्न मठ मन्दिरमा वार्षिक रुपमा एकमुष्ठ रकम दिने गरेको छ । पूजापाठ गर्न सबैभन्दा कम तरही मठमा १ हजार ३ सय ३८ रुपैयाँ र सबैभन्दा बढी राम मन्दिरमा १ लाख ४० हजार ५ सय ८० रुपैयाँ संस्थानले वार्षिक खर्च दिने गरेको छ ।

सुगा मधुकरही मठमा १ लाख ३१ हजार २ सय २० रुपैयाँ, हनुमान नगर मन्दिरमा ६ हजार ३ सय ४२ रुपैयाँ, रत्नसागर मठमा १२ हजार ६ सय रुपैयाँ, कुपेश्वरनाथ कुवा मठमा १ लाख २० हजार ९ सय ६० रुपैयाँ वार्षिक पर्व पूजा गर्नका लागि दिने गरेको छ । झोझी कटैयामा १६ हजार ५ सय रुपैयाँ, कपिलेश्वरनाथमा ५४ हजार ८ सय ८८ रुपैयाँ, जानकी मन्दिरमा ५ हजार रुपैयाँ वार्षिक पर्व पूजा खर्च दिने गरेको छ ।

भगवतीपुर मन्दिरमा २ हजार १ सय ८८ रुपैयाँ, लक्ष्मण मन्दिरमा २ हजार २ सय ९९ रुपैयाँ, इटहर्वा स्थानमा ६ हजार ७ सय ९५ रुपैयाँ, धनौजी मठमा ७ हजार रुपैयाँ पर्व पूजा गर्न वार्षिक खर्च रकम संस्थानले दिने गरेको छ । गिरनारी कुटीमा ९ हजार रुपैयाँ, बेरही कुटीमा १५ हजार ६ सय रुपैयाँ, तरही मठमा १ हजार १ सय ३८ रुपैयाँ, राम मन्दिरमा १ लाख ४० हजार ५ सय ८० रुपैयाँ वार्षिक पूजापाठ पर्व खर्च संस्थानले दिने गरेको छ । बिरख कुटीमा १४ हजार २ सय ७५ रुपैयाँ, बेला कुटी स्थानलाई ७३ हजार रुपैयाँ वार्षिक रुपमा संस्थानले खर्च रकम दिने गरेको छ ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका कार्यालय प्रमुख मनोज शर्मा पनि मठ मन्दिरमा कर्मचारीलाई दिने गरेको तलब धेरै नै न्यून रहेको स्वीकार गर्छन् । ‘धेरै वर्ष पहिले नै कायम गरिएको कर्मचारी दरबन्दी सच्याउनुका साथै कर्मचारीको पारिश्रमिक बढाउनु धेरै जरुरी छ,’ प्रमुख शर्माले भने, ‘त्यसका साथै पूजापाठ र अन्य रकम पनि समय अनुसार परिमार्जन गरेर जानुपर्ने हुन्छ ।’ यदि त्यसो नगरिए मठ, मन्दिर,धर्म संस्कृतिको संरक्षण गर्न नसकिने उनले शर्माको कथन छ । गुठी संस्थानले आफ्नो आयस्थाको रकम पनि कसरी वृद्धि गर्ने तथा असुल उपर गर्नुपर्ने बाँकी बक्यौता पनि असुल गर्नतर्फ ध्यान दिनु जरुरी रहेको शर्माले बताए ।

केही दिनअघि सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गुठीमा सामन्तवाद रहेको बताएका थिए । त्यो सामन्तवादको सञ्चालन सरकारले नै राजगुठीका कर्मचारीको श्रम शोषण गरेर गरिरहेको देखिएको छ । ‘राजगुठीका कर्मचारीलाई न्यूनतम पारिश्रमिक समेत नदिएर सरकार नै सामन्तवादी बन्दै श्रमशोषण गरिरहेको छ,’ जनकपुरको राजगुठीका एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने, ‘सरकार आफैं श्रमशोषण गर्ने अनि अरुलाई सामन्तवादी भन्ने ? मन्दिरमा थोरै बजेट छुट्याएर सरकारले धार्मिक र सांस्कृतिक गतिविधिलाई कमजोर र संकुचित पार्ने काम गरेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x