×

NMB BANK
NIC ASIA

सरकारले सम्हालेका गुठीमै बेहाल

सरकारी गुठी संस्थानको ‘हुण्डी’ रकममा बेथिति, १६ जनालाई मासिक ६ सय बाँडिदै

असार ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – सरकारी स्वामित्वको गुठी संस्थान शाखा कार्यालय जनकपुरधामले प्रत्येक महिना १६ जनालाई जनही ६ सय रुपैयाँका दरले बाँड्ने हण्डी रकममा बेथिति रहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

असहाय, दलित, वृद्धलाई हण्डीबापत प्रतिमहिना ६ सय रुपैयाँ दिने गरेको बताएपनि त्यो रकम कसलाई दिइन्छ भनेर खुल्ने विस्तृत तथ्यांक कार्यालयमा भेटिँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो २० वर्षदेखि वितरण गर्दै आएको हण्डी रकम प्राप्त गर्ने लाभग्राहीको न त ठेगाना छ, न त उमेरको विस्तृत विवरण । त्यसकारण हण्डी रकम वितरण हुँदा ठोस अभिलेख समेत नराख्ने गरेको गुठी संस्थानबाट हिनामिना गरेको हुन सक्ने आशंका गरिएको छ ।


Advertisment
Nabil box
Kumari

गुठी संस्थानले असहाय भन्दै भन्नु झा, अनन्तदेवी काफ्ले, रामसुन्दरी दासिन, बैजनाथ गिरी, बिष्णु माया देवी तिमिल्सिना, मन्दिरा पन्थी, गोमा दाहाल, आत्माराम माईराम, हिरा गिरी, धनमाया प्याकुरेल र गंगा गिरीलाई मासिक रुपमा रकम दिने गरेको जनाएको छ । दलितको नाममा मंगलादेवी परियार, वृद्धको नाममा लक्ष्मी गिरी र कृष्ण भारती गिरीलाई पनि मासिक ६ सय रुपैयाँ संस्थानले दिने गरेको छ । हण्डीबापत नै अयोध्या दासलाई पनि पूजा खर्चबापत रकम दिने गरिएको गुठी संस्थान शाखा कार्यालय जनकपुरका लेखापाल रोशन ढुंगानाले बताए । 

Vianet communication
Laxmi Bank

संस्थानबाट मासिक रुपमा रकम पाउँदै आएका व्यक्तिको परिचय खुल्ने विवरण, हुण्डी पाउनुपर्ने आधारबारे संस्थानसँग कुनै विस्तृत जानकारी छैन । हुण्डी पाउनेलाई भुक्तानी गरिएको भरपाईमा औंठा छाप लगाइएको भएपनि अन्य विवरण केही पनि उल्लेख गरिएको छैन । 

लाभग्राहीको ठेगाना र उमेर लगायतबारे सोध्दा गुठी संस्थान शाखा कार्यालयका लेखापालदेखि कार्यालय प्रमुख मनोज शर्मासम्म अनुत्तरित छन् । ‘धेरै पहिलेदेखि त्यो हण्डी रकम वितरण हुँदै आएको छ, त्यसबारे विस्तृत जानकारी आफूलाई पनि नरहेको, त्यसबारे लेखापाललाई नै बढी जानकारी होला,’ शाखा प्रमुख शर्माले भने ।

कीर्ते औंठा छाप लगाएर रकम कर्मचारी आफैंले पनि अनियमितता गरेको हुनसक्ने सम्भावनाबारे प्रश्न गर्दा लेखापाल ढुंगानाले भने, ‘२० वर्षभन्दा पहिलेदेखि नै ती मानिसहरूले हण्डीबापत रकम बुझ्दै आएका छन् ।’ ३–३ महिनामा हुण्डी रकम दिएर भरपाई लिने गरिएको भएपनि अन्य थप विवरण नलिइएको उनले बताए ।

एकदमै असहाय, वृद्ध मानिस हुन्छन्, त्यसैले ठेगाना, उमेर, नागरिकताबारे कुनै पनि कागजात वा विवरण नराखिएको उनले बताए । अनियमितता हुन्छ भन्ने आशंका भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्न सकिने भन्दै लेखापाल ढुंगानाले लोकान्तरसँग भने, ‘संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले त हिनामिना वा अनियमितता भनेको छैन ।’ आगामी दिनमा लाभग्राहीबाट विस्तृत विवरण लिने उनले बताए । यसअघि चैतमा रकम बुझिसकेका लाभग्राहीले यसै असार महिना रकम बुझ्ने संस्थानले जनाएको छ ।

लाभग्राही कुनै न कुनै मठ वा मन्दिरमा रहँदै आएको गुठी संस्थान शाखा कार्यालयका प्रमुख शर्माले बताए । गुठी संस्थान प्रधान कार्यालय काठमाडौंले वार्षिक बजेटमा नै प्रत्येक वर्ष हुण्डी रकम विनियोजन गर्दै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x