×

NMB BANK
NIC ASIA

नदीभित्र पसेर जादू देखाउन गएका लाहिडी नदीमै भए बेपत्ता, भेटियो लाश

असार ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको हुगली नदीमा सोमवार दिनभरिको खोजपछि जादूगर चञ्चल लाहिडीको लाश फेला परेको छ । 

Sagarmatha Cement
Muktinath Bank

चञ्चल आइतवार हुगलीमा जादू देखाउने क्रममा गायब भएका थिए । उनको शव सोमवार हावडा नजिक फेला परेको थियो । चञ्चललाई म्यान्ड्रेक नामले चिनिन्थ्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार राति लाहिडीका भाइले उनको शव पहिचान गरे । प्रहरीको आरम्भिक जाँचमा पत्ता लागेअनुसार जादूका क्रममा चञ्चल लाहिडीले अनेकौं गल्ती गरेका थिए । आफूलाई सिक्री र डोरीहरूले बाँधेर उनी पानीभित्र पस्ने अनि सकुशल बाहिर आउने जादू आजभन्दा लगभग १०० वर्षपहिले अमेरिकी जादूगर ह्यारी हौडिनीले प्रख्यात बनाएका थिए । 


Advertisment
Nabil box
Kumari

आइतवार लाहिडीलाई पानीभित्र पठाइँदा उनको हात र गोडा बाँधिएको थियो । उनले पानीभित्र सिक्री कसरी खोल्छन् भन्ने प्रश्नको उत्तर लाहिडीको टोलीका सदस्यले बताइनन् । त्यसमाथि उनले लगाएका कपडाका कारण नदीको तीव्र धारामा पौडन समेत निकै गाह्रो हुने देखिन्थ्यो । 

Vianet communication
Laxmi Bank

प्रख्यात जादूगर पीसी सरकार पनि यस्ता जादू देखाउन जान्दछन् । उनले भने, ‘शायद लाहिडीले अझै बढी अभ्यास गर्नुपर्थ्यो ।’ लाहिडीलाई पानीमा पसाएको १५ मिनेटभित्र नै उनको टोलीले उनलाई बचाउन कोशिश जारी राख्न भनेका थिए । 

बन्दरगाह प्रहरीका डीसी सैयद वकार रजाले भने, ‘उनी लामो समयसम्म पानीमाथि नआएपछि मानिसहरू चिन्तित बने । केही प्रत्यक्षदर्शीहरूका अनुसार, नदीको बीचमा एक व्यक्ति बगेर आइरहेको देखिन्थ्यो र ऊ सहायताका लागि चिच्याइरहेको थियो । प्रहरीलाई यसको सूचना दिइएपछि गोताखोर र विपत व्यवस्थापनको टोलीले उद्धारकार्य थाल्यो ।’

लाहिडीका सहायक तथा भतिजा रुद्रप्रसाद लाहिडी भन्छन्, ‘जादूगर म्यान्ड्रेक सिक्री खोलेर माथि आउनुभएको थियो र उहाँले हात पनि हल्लाउनुभएको थियो । तर उहाँ अचानक गायब हुनुभयो । हामीहरूले चिन्तित भएर प्रहरी बोलायौं ।’

चञ्चलकी आमा उमा लाहिडीले आफ्नो छोरालाई याद गर्दै भनिन्, ‘उसलाई बाल्यकालदेखि नै जादू मन पर्थ्यो । एकदमै कम उमेरमा उनी आफ्ना क्रियाकलापका कारण प्रसिद्ध बनेका थिए ।’ 

लाहिडीले यो जादूका लागि अनुमति लिँदा नियमको कमीको फाइदा उठाएको र ज्यान गुमाएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यसमा लापरवाहीको मुद्दा दर्ता गरिनेछ ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x