कात्तिक २२, २०८०
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
काठमाडौं – विश्वकप क्रिकेटमा भारतसँग बेइज्जतीपूर्ण हार बेहोरेपछि पाकिस्तान क्रिकेटमा अशान्ति छाएको छ ।
हारपछि कप्तान सरफराज अहमद र खेलाडीहरूले कडा प्रश्नको सामना गर्नुपरेको छ ।
विश्वकपमा पाकिस्तान अहिले अफगानिस्तानभन्दा मात्र माथि छ । उसले सेमिफाइनलमा स्थान बनाउने सम्भावना लगभग सकिएको छ ।
त्यसमाथि चिर प्रतिद्वन्द्वी भारतसँग हारेपछि पाकिस्तानी खेलाडीहरूबीच विवाद सार्वजनिक भएको छ । सरफराजले वरिष्ठ खेलाडीहरूको सल्लाहलाई बेवास्ता गरेको भनी आलोचना भइरहेको छ । उनको फिटनेसका विषयमा पनि प्रश्न उठेको छ । म्याचमा क्रममा उनले हाई काढेको तस्वीर भाइरल बनेको थियो ।
आइतवार म्यानचेस्टरमा भारतसँग हारेपछि सरफराजले कडा प्रश्नको सामना गरे । तीव्र गतिका बलर मोहम्मद आमिर ड्रेसिङ रूममा भएका परिवर्तनबाट खुशी नभएको प्रश्नमा सरफराजले भने, ‘त्यस्तो हैन । सबै ठीक छ ।’
टीम हारेपछि सरफराजले आमिरलाई मिडियाको सामना गर्न भनेको भए पनि उनले नमानेको कुरा सार्वजनिक भएको थियो ।
शोएब मलिक र मोहम्मल हफीज जस्ता वरिष्ठ खेलाडीलाई सरफराजले बेवास्ता गरेको आरोप छ । भारतविरुद्धको खेलमा उनीहरूलाई एक एक ओभर मात्र फ्याँक्न दिइएको थियो । तर सरफराजले टीममा पाँचजना विशेषज्ञ बलर उपलब्ध रहेको पनि निर्णयको प्रतिरक्षा गरे ।
त्यसबाहेक सरफराजले पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सल्लाह पनि बेवास्ता गरेको आरोप छ । खानले टस जितेमा ब्याटिङ गर्न सरफराजलाई सल्लाह दिएका थिए । सरफराजले यसमा सफाइ दिँदै भने, ‘पानी पर्ने सम्भावना थियो तर हाम्रा बलरहरूले परिस्थितिको फाइदा उठाउन सकेनन् ।’
खेलाडीहरूले टीमको आदेश पालन नगरेको रिपोर्ट पनि पाकिस्तानी मिडियामा आएको छ । रिपोर्ट आएपछि पाकिस्तान क्रिकेट बोर्डले यो सत्य नभएको भनी स्पष्टीकरण दिएको छ ।
एजेन्सी
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...