×

NMB BANK
NIC ASIA

मुख्य समाचार

गुठी विधेयक फिर्ता भएपनि माइतीघरमा प्रदर्शन, अन्तर्घातीलाई काँग्रेसले चलायो डन्डा

असार ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौं-सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ । 

Muktinath Bank

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जानकारी दिइन् ।  सो विधेयक राष्ट्रियसभामा पेश भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि राजधानीको माइतीघरमा गर्ने भनिएको पूर्वनिर्धारित विरोध कार्यक्रम नरोकिने भएको छ । 


Advertisment
Nabil box
Kumari

गुठी विधेयक प्रतिरोध कार्यक्रमले एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान ११ बजेको लागि तय गरिएको जनप्रदर्शन कार्यक्रमलाई खबरदारी सभाका रुपमा गर्न लागिएको छ । 

Vianet communication
Laxmi Bank

विज्ञप्तिमा गुठी विधेयक सरकारले फिर्ता लिनु सकारात्मक भएपनि विज्ञप्तिमा उल्लेखित प्रयुक्त भाषामा असन्तुष्टि जनाइएको छ भने प्रधानमन्त्रीको विशेष पत्रकार सम्मेलनमा प्रयोग गरेको भाषाप्रति पनि असहमति जनाइएको छ ।  

कर्णाली जीप दुर्घटना 
    हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खस्दा १० जना वेपत्ता भएका छन् । 

    खार्पुनाथ गाउँपालिका–५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपराह्न गाडी दुर्घटना भएको हो । बेपत्ता हुनेमा १० जना पुगेको घटनास्थल रहेका खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले बताए । 

दुर्घटनामा परी बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेको प्रमाणित भएको छ । 
 
यसैगरी खार्पुनाथ गाउँपालिका–१ काकौर कामी  र  उनको दुई वर्षको बालकसमेत बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्रीसमेत परेका छन् तर उनको परिचय खुल्न सकेको छैन ।
 
लु१ज ७१६६ नंको जीप खार्पुनाथ गाउँपालिका बेडुबिसौना र कैलेवालुको खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ । हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिए । 

प्रधानमन्त्रीको पत्रकार सम्मेलन

 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले असंसदीय र अमर्यादित व्यवहार देखाएको बताएका छन् । 

    मंगलबार आयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भने, “लोकतान्त्रिक अभ्यास र प्रणालीमा प्रधानमन्त्रीलाई आवश्यक लागेको र राष्ट्रिय महत्वका विषयमा संसद्लाई जानकारी गराउने प्रचलन छ । संसद् सरकारको दृष्टिकोण, मूल्य मान्यता सार्वजनिक गर्ने थलो हो । प्रतिपक्षले जुन व्यवहार देखायो, त्यो गलत छ ।” 

    प्रधानमन्त्रीले मेरो कुरा नै ठीक भन्ने ‘बालहठ’ प्रस्तुत गर्ने काम प्रमुख प्रतिपक्षीबाट भएकामा आपत्ति प्रकट गरे । 

    प्रधानमन्त्रीको सम्बोधन रोक्नका लागि सदन अवरुद्ध गर्ने, वेलमा नै गएर विरोध गर्ने विषय र सन्दर्भसमेत नभएको उनको भनाइ थियो । काङ्ग्रेसले हरेक क्षेत्रमा निहुँ खोजेको र विरोधका नाममा विरोध मात्रै गरेको बताउँदै प्रधानमन्त्रीले भने, “लोकतान्त्रिक आन्दोलनका सहयोद्धा, मेरा मित्र शेरबहादुर देउवाकै नेतृत्वमा वेल घेर्ने र संसद् अवरोध गर्ने काम भयो तर विरोध गर्नुपर्ने विषय केही थिएन ।”

    प्रधानमन्त्रीले लोकतन्त्रमा सरकारको प्रमुखले आफ्नो धारणा राख्ने, त्यसपछि प्रमुख प्रतिपक्ष दल र संसद्मा रहेका अन्य दलले क्रमैसँग राख्ने प्रणालीको विरुद्धमा समेत काङ्ग्रेस प्रस्तुत भएको र त्यसले लोकतान्त्रिक मूल्य र मान्यताको समेत हित नगर्ने बताए । 

विप्लवको विज्ञप्ति 

काठमाडौंको सुकेधारमा भएको बम विस्फोटमा ज्यान गमाउने थप एक जनालाई नेकपा महासचिव विप्लवले सहिद घोषणा गरेका छन् । 
१२ जेठमा नेपाल बन्दको पूर्वसन्ध्यामा बम विस्फोट हुँदा घाइते भएका रामकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएपछि विप्लवले सहिद घोषणा गरेका हुन् ।   

 विप्लवले जारी गरेको विज्ञप्तिमा सहिदहरुको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने दाबी गरिएको छ । सुकेधारा र अनामनगरमा भएको बम विस्फोटमा श्रेष्ठसहित ५ जनाको ज्यान गएको छ ।

काँग्रेसको कारबाही
काङ्ग्रेसले विसं २०७४ मा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्धको गतिविधिमा संलग्न विभिन्न जिल्लाका १८३ जनालाई कारवाही गरेको छ । 

पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बनेका र निजका प्रस्तावक एवम समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्तालाई विधानतहः कारवाही गरेको हो । 

साथै बैठकले उक्त निर्णयबमोजिम त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका सबै तहका नेता तथा कार्यकर्तालाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएको समितिका संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिए । 

समितिले त्यस्ता गतिविधिमा संलग्न भएकाको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लालाई निर्देशन दिएको छ ।

आयोगको फाराम भर्ने समय थप

    लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो । 

    आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार असार १० गतेसम्म एकल दस्तुर तथा असार १७ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्ने सयम निर्धारण गरिएको छ । अनलाइन फाराम भर्दा आयोगको सर्भरमा अत्यधिक चाप भएकाले दरखास्त अपलोड गर्न कठिनाई भएका कारण म्याद थप गरेको उनले बताए । 

पक्राउ विद्यार्थी नेता छाड्न माग

अनेरास्ववियुले सुर्खेतमा प्रहरी प्रशासनले  आफ्ना विद्यार्थी नेता पक्राउ गरेको भन्दै रिहाइको माग गरेको छ । 

    अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले निकालेको विज्ञप्तिमा सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको नवौँ वार्षिकोत्सवमा मंगलबार प्रहरी र विद्यार्थीबीच भएको झपडमा आफ्ना ११ जना विद्यार्थी नेतालाई पक्राउ गरेको जनाइएको छ । 


हायात होटल अनिश्चितकालका लागि बन्द 
    
राजधानीको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ । मजदूर आन्दोलनका कारण विगत छ दिनदेखि होटल सेवा प्रभावित भएको थियो । व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरेको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई पठाएको छ ।
    

लोकसेवा विवादको सुनुवाई 

     सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी सबै निवेदनलाई एकै साथ राखेर हेर्न आदेश जारी गरेको छ । 

      न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार लोकसेवा आयोगको सो विज्ञापनसम्बन्धी परेका चारवटै निवेदनलाई सँगै राखेर हेर्न आदेश जारी गरेको हो । ती सबै निवेदनको सुनुवाई आज बुधबारका लागि तय गरिएको छ । 

      आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापनको विवादमा परेका चारवटै मुद्दामा सुनुवाई भइसकेको छ । ती सबैलाई एकै ठाउँमा राखेर सुनुवाई गर्ने तय भएको हो ।

आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । जुन विज्ञापन समावेशी सिद्धान्तविपरित भएको रिट निवेदनमा उल्लेख थियो ।


बाढीले अरुण तेस्रोमा क्षति

    सङ्खुवासभाको मकालु गाउँपालिकाका विभिन्न स्थानमा सोमबार साँझ आएको बाढीले अरुण तेस्रो आयोजनामा क्षति पु¥याएको छ । बाढीले मकालु–३ स्थित निर्माणाधीन अरुण तेस्रो आयोजनाको बाँधमा क्षति पु¥याउनुका साथै विभिन्न मेसिनसमेत बगाएको छ । 

    

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x