सुबोधको 'हाँस्ने घर'मा नेकपालाई व्यङ्ग्य (भिडियोसहित)

असार ४, २०७६

काठमाडौं- कलाकार सुबोध गौतमले आफ्नो कार्यक्रम 'हाँस्ने घर'मार्फत दर्शकहरूलाई मनोरञ्जन दिन थालेका छन् । 

'क्यारिकेचर किङ'का रूपमा चिनिएका गौतमले कार्यक्रममार्फत नेकपा एकताको विवादलाई रोचक दोहोरीमार्फत प्रस्तुत गरेका छन् । 


ADVERTISEMENT

नेकपाको एकता विवादमा जनताको चासो बढिरहेका बेला दाहाल-ओलीको चोटिलो पोटिलो दोहोरी, ऋषि धमलाको रूपमा सुमन कार्कीको रोचक र घोचक समाचारलाई दर्शकले मन पराएका छन् । 

यसअघिको 'हाँस्ने घर'बाट राजु भुजेल र सरापेसँगको इंलिस भाइरल भएको थियो । गएको वर्ष ठूलो पर्दामा काम गर्न चारवटा चलचित्रको अफर आएपनि त्यसतर्फ आफू आकर्षित नभएको उनले बताए । 

अस्ट्रेलियाबाट फर्केपछि सुबोधलाई उत्तर एसियका देशहरूमा जाने मौका मिलेको छ । उनी चाँडै नै ती देशहरूमा गएर आफ्नो प्रस्तुति दिने तयारीमा छन् । 

उनी अहिले विभिन्न हाँस्य कार्यक्रम र लोकप्रिय हाँस्य टेलिसिरियल 'भद्रगोल'मा व्यस्त छन् । 

उनी अबको हाँस्यव्यङ्ग्य अतिरन्जित नभएर न्यायसंगत हुनुपर्ने बताउँछन् । उनी भन्छन्, 'अर्काको उछित्तो काढ्नु र क्यारिकेचर गर्नुमात्र हाँस्यव्यङ्ग्य होइन ।' 

भिडियो हेर्नुहोस् : 

असार ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस