मोर्सीको हत्या भएको अरोप लाग्यो

असार ४, २०७६

टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको हत्या भएको आरोप लगाएका छन् । 

    “अदालतमा बयान दिँदै गर्दा बेहोस भएर उहाँको निधन भएको बताइए पनि अधिकारीहरूले उहाँलाई बचाउन सकेनन्,” इस्तानबुलमा बुधबार एक वक्तव्यमा उनले भने । 


ADVERTISEMENT

    उनले थपे, “मोर्सीको हत्या भएको हो, उहाँको प्राकृतिक निधन भएको होइन ।” उनले मोर्सीको मृत्युका बारेमा थप अनुसन्धान गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए । 

    यसअघि मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले मोर्सीको निधनबारे निष्पक्ष छानबिनको माग गरेको थियो । 

    
 

असार ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस