×

NMB BANK
NIC ASIA

ग्यास सिलिन्डर विस्फोटपछि आगलागी : १ घण्टासम्म खरानी भएपछि बल्ल आयो दमकल

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–२ स्थित कदम चोकमा रहेको ३ वटा होटेलमा आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको छ ।

Muktinath Bank

रतन ठाकुरको ठाकुर मिष्टान्न भण्डार, सियाराम साहको जय सियाराम मिष्टान्न भण्डार र राम आशिष साहको गोविन्द मिष्टान्न भण्डारमा आगलागीका कारण सम्पूर्ण सम्पत्ति जलेर नष्ट भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार बिहान करीब २ बजे भएको आगलागीबाट ३ वटै होटेल जलेर खरानी भएका छन् । आगलागी हुँदा होटेलमा रहेका ९ वटा खाना पकाउने एलपी सिलिन्डर ग्यास पड्किँदा आगो झन्–झन् बढेको थियो । जस्ताको घर भएको होटेलमा आगलागी हुँदा लाखौंको धनमालको क्षति भएपनि मानवीय क्षति भने भएन ।


Advertisment
Nabil box
Kumari

होटेलमा आगलागी हुँदा सियाराम मिष्टान्न भण्डारका सञ्चालक सियाराम साह र उनका छोरा केशव साह होटेलमा सुतिरहेका थिए । आगो लागेको देखेपछि दुवै जना उठेर होटेलमा रहेको मोटर चलाएर तत्कालै आगो निभाउने प्रयास गरे तर आगो निभ्नुको साटो झन्–झन् बढ्दै गएपछि दुवै जना होटेलबाट बाहिर निस्किए । लगत्तै होटेलमा रहेका ग्यास सिलिन्डर पड्किन थाले । ‘करीब ३ वटा जति सिलिन्डर पड्किएको आवाज हामीले सुन्यौं,’ केशवले भने, ‘मैले आफ्नो जीवनमा यत्रो ठूलो आगलागी कहिल्यै देखेको थिइनँ ।’ पड्किएको सिलिन्डर धेरै माथिसम्म उडेको थियो ।

Vianet communication
Laxmi Bank

दमकलको लापरवाही !

आगलागी हुने बित्तिकै केशवले तत्कालै प्रहरीको १०० नम्बरमा खबर गरेका थिए । जनकपुरधाम उपमहानगरपालिका–१६ को कपिलेश्वर प्रहरी चौकीमा प्रहरीको मोटरसाइकल गस्ती पनि कदम चोकमै गस्ती गरिरहेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाको मोटरसाइकल गस्ती टोली पनि घटनास्थलमा आइपुगेको थियो तर जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा रहेको दमकलको टोली भने आएन । दमकलको ०४१–५२००११ नम्बरमा फोन गर्दा फोन उठेन । 

फोन नउठेपछि मोटरसाइकलमै रहेको प्रहरी गस्ती टोली मोटरसाइकल लिएरै जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय पुग्यो तर त्यहाँ दमकलका चालक नै थिएनन् । आधा घण्टापछि दमकलका चालक दमकल लिएर घटनास्थल पुगे तर ट्यांकरमा पानी निकै कम थियो,’ आगलागी पीडित सियाराम साहले भने, ‘त्यसपछि आधा घण्टाको अन्तरालमा जनकपुर उपमहानगरकै अर्को दमकलको गाडी पनि आयो तर त्यसले पनि धेरै काम गरिरहेको थिएन ।’ त्यसपछि धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरको दमकल घटनास्थलमा आइपुग्यो । त्यो गाडीको ट्यांकरमा पानी पर्याप्त थियो । त्यो दमकलले राम्रो तरिकाले काम गरेको साहले बताए ।

प्रहरी चौकी कपिलेश्वरका इन्चार्ज प्रहरी नायव निरीक्षक सञ्जिवकुमार यादवका अनुसार आगलागी नियन्त्रणमा लिन ३ वटै दमकललाई करीब १ घण्टा जति समय लागेको थियो । ‘१२ ट्यांकर पानीले मात्र आगो निभेको थियो,’ उनले भने ।

आगलागीका कारण ठाकुर मिष्टान्न भण्डारमा १२ लाख ७५ हजार रुपैयाँको क्षति भएको छ । १ थान फ्रिज, १ थान मोटरसाइकल, ४ बोरा चामल, १ बोरा चिउरा, भाडावर्तन, काठको टेबुल कुर्सी, नागरिकताको प्रमाणपत्र, मोटरसाइकलको कागजात, दराजमा रहेको १४ सय नगद र काउन्टरमा रहेको २५ सय रुपैयाँ नगद समेत जलेर नष्ट भएको छ । त्यसका अतिरिक्त उनले अन्य व्यक्तिलाई तमसुक बनाएर दिएको २० लाख रुपैयाँको तमसुक कागज समेत जलेर नष्ट भएको छ ।

सियाराम मिष्टान्न भण्डारमा पनि अन्दाजी करीब ९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । ३ वटा काउन्टर, ३ वटा फ्रिज, टेबुल, कुर्सी, ३ वटा दराज, १ थान टेलिभिजन, एउटा गोदाम, नगद ५० हजार रुपैयाँ क्षति भएको जनाइएको छ ।

गोविन्द मिष्टान्न भण्डारमा पनि ९ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । ६ थान फ्रिज, काठको टेबुल कुर्सी ८ थान, मोबाइल १ थान, सिलिन्डर ८ थान लगायतका विभिन्न सामानका साथै नगद ५ हजार रुपैयाँ क्षति भएको छ ।

धनुषाको तारपट्टि सिर्सियाका जुगल किशोर साहको जनकपुरधामको जग्गामा आफ्नै लगानीमा घर बनाएर वर्षौंदेखि होटेल सञ्चालन गर्दै आएका थिए । जग्गावापत जग्गाधनीलाई मासिक १० हजारदेखि १५ हजार रुपैयाँसम्म भाडा दिने गरेको सियाराम साहले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x