मंसिर १९, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
काठमाडौंं – एनसेल प्राईभेट लिमिटेडले ‘कल आयो पैसा पायो’ योजनाका विजेता ग्राहकहरुको घोषणा गरेको छ ।
योजना अन्तर्गत पहिलो ४ हप्ताका १० जना ग्राहकलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको छ ।
वैशाख १६ देखि सञ्चालनमा रहेको योजना १३ साउन २०७६ सम्म सञ्चालनमा रहने छ । एनसेलले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याएको योजना अन्तर्गत ग्राहकले विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा २ मिनेट वा सोभन्दा बढी कुरा गर्दा प्रत्येक मिनेट २ बोनस स्वरुप १० मिनेटसम्म पाउछन् । यसको अर्थ अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले १८ रुपैयाँसम्म बोनस प्राप्त गर्दछन् ।
बोनसका साथै अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्छन् । यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउछन् । १ हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिन्छ ।
योजना शुरू भएको ४ हप्तामा सम्ममा ४० जना ग्राहक स्मार्टफोन पाउनको लागि छनोट भइसकेका छन् । जसमा १० ग्राहकको पहिचान प्रमाणित भई उपहार प्राप्त पनि गरिसकेका छन् भने अन्य ३० ग्राहकको पहिचान प्रमाणित भइसकेको छ ।
‘मेरो श्रीमान् जेठ २० गते दुबईबाट फर्कनुभएको छ । उहाँले नै मलाई उताबाट कल गर्नुहुन्थ्यो । कल आयो पैसा पायो योजनामा स्मार्टफोन जित्न पाएकोमा मलाई धेरै–धेरै खुशी लागेको छ,’ झापा बिर्तामोडकी राधिका रम्तेलले भनिन् । हालै मात्र उनले एनसेलको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा आफूले जितेको स्मार्टफोन ग्रहण गरेकी थिइन् ।
‘मैले यो कल आयो पैसा पायो योजना सुचारु गरेको थिए । आफू एकदमै भाग्यमानी भएको अनुभव भइरहेको छ । एनसेलले ग्राहकलाई धेरै नै सेवा सुविधा दिइरहेका छन्,’ आफ्नो खुशी व्यक्त गर्दै स्मार्टफोन विजेतामध्येकी इलामकी मञ्जना देवानले भनिन् ।
१ हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार योजना अन्तर्गतको विजेताको छनोट गरिन्छ । प्रमाणीकरण भइसकेका विजयी ग्राहकलाई एनसेलको मुख्य कार्यलयबाट तथा देशभरका एनसेल सेन्टरबाट स्मार्टफोन हस्तान्तरण गरिँदै आएको छ ।
योजना अन्तर्गत प्राप्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७१२६ मा डायल गरी योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि बोनस योजनामा सामेल हुन सक्छन् ।
‘योजनाले ग्राहकलाई विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहका अन्य आफन्तजन तथा साथीभाईसँग थप सम्पर्कमा रहन मद्दत पुर्याउँदछ ,’ एनसेलद्वारा जारी विज्ञप्तिमा छ, ‘ग्राहक वर्गमाझ निकै नै लोकप्रिय रहेको तथा धेरै नै राम्रो प्रतिक्रिया पाएको यस योजनाले एनसेल ग्राहकलाइ थप मूल्य प्रदान गर्ने विश्वास एनसेलको छ ।’
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...