×

NMB BANK
NIC ASIA

खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका छौं - खेलकुद मन्त्री सुनार

असार ६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने खेलमा खेलाडीलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याएको बताएका छन् ।

विनियोजन विधेयक, २०७६ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विषयमा उठेका प्रश्नहरूको प्रतिनिधिसभाको आजको बैठकमा जवाफ दिँदै उनले खेलाडीलाई प्रोत्साहन गर्न स्वास्थ्य उपचार, दुर्घटना बीमाजस्ता कार्यक्रम बजेटमा रहेको बताए ।

Muktinath Bank

प्रशिक्षण र खेलाडीलाई प्रोत्साहन गर्न जरुरी छ, खेल क्षेत्रको विद्यमान लगानी हेर्दा उल्लेखनीय उपलब्धि नेपालले हासिल गरेको छ, आगामी आवमा स्वास्थ्य उपचार, आकस्मिक दुर्घटना, भत्ताजस्ता व्यवस्था गरिएको छ, खेल क्षेत्रमा नेपालको वातावरणीय हिसाबले पनि राम्रो सम्भावना रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री सुनारले नेपालमा सम्भावना रहेको अन्य खेलहरूको विकासमा समेत लगानी गर्ने जानकारी दिए । आगामी आवमा विनियोजित बजेट मितव्यती पारदर्शी ढङ्गले अगाडि बढाउने विश्वास व्यक्त गर्दै मन्त्री सुनारले खेल पर्यटन, साहसिक खेलको माध्यमबाट आर्थिक लक्ष्य हासिल गरी स्वास्थ्य र मनोरञ्जनसम्बन्धी खेललाई राज्यले संरक्षण गर्ने सरकारको नीति ल्याएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

काठमाडौं र पोखरामा अन्तर्राष्ट्रिय खेलकुद गर्न सकिने गरी पूर्वाधार तय गर्ने र दशरथ रङ्गशाला पुनः संरचना र विभिन्न स्थानमा नौवटा अन्तर्राष्ट्रिय क्रिकेट मैदानहरू निर्माणाधीन रहेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

स्थानीय तहमा एक स्थानीय तह एक खेल रङ्गशाला शुरू गर्नका लागि रु ४० करोड बजेट छुट्याएका सबै स्थानीय तहमा र सातै प्रदेशमा रङ्गशाला निर्माणका लागि पूर्वाधार तयार गरिरहेको स्पष्ट पारे ।

मन्त्री सुनारले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्नका लागि पूर्वाधारहरू निर्माण भइरहेको र सबै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणका लागि बजेट छुट्याएको छ, भने ।

खेलकुदको विकासका लागि अध्ययन/अनुसन्धान र विकासका लागि खेलकुद विश्वविद्यालयको अवधारणा तयारीमा लगिने उल्लेख गर्दै मन्त्री सुनारले भने, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा खेलाडी नीति र नियमानुसार छनोट गरिनेछ, खेलाडी छनोट गर्दा कसैको पनि नातावाद र कृपावाद काम लाग्दैनन् ।”

अन्तर्राष्ट्रिय खेल क्षेत्रको जस्तै गरी देशको सुरक्षित रङ्गशाला र कबर्ड हलहरू निर्माण सरकारले आवश्यक बजेट विनियोजन गरेको मन्त्री सुनारले सुनाए ।

सांसदहरू डिला सङ्ग्रौला, प्रेम सुवाल, सत्यनारायण शर्मा खनाललगायतले विश्वका युवाहरूको खेलकुदप्रति आकर्षण भइरहेको अवस्थामा अन्तर्राष्ट्रियस्तरको खेलाडी बनाउन युवालाई खेलप्रति प्रोत्साहन गर्न जरुरी रहेको सुझाव दिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x