×

NMB BANK
NIC ASIA

जीवनसाथीलाई यी कुरा भन्न भुल्नु त भएन ?

असार ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जीवनका केही कुरा कसैलाई पनि भन्न हुन्न जसले तपाईको जीवनमा असर गर्नेछ । तर यस्ता केही कुरा छन् जसलाई तपाईले भन्नु भएन भने तपाईलाई असर पर्छ । केही यस्ता विषय छन् जसलाई तपाईंले आफ्नो पार्टनरलाई भन्ने पर्ने हुन्छ । यदी तपाईले भन्नु भएन भने तपाई समस्यामा पर्न सक्नु हुन्छ ।

Sagarmatha Cement
Muktinath Bank

यस्ता कुरा लुकाइयो भने दाम्पत्य सम्बन्धकै औचित्य हुँदैन र आपसी सम्बन्धमा रहेको विश्वास डगमगाउँछ । सुमधुर सम्बन्धका लागि जिवनसाथीलाई भन्नैपर्ने कुरा यस्ता छन् :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहवास : तपाईं तत्काल सम्भोगका लागि मूडमा हुनुहुन्न तर पार्टनरले तपाइँलाई आग्रह मात्र होइन कर नै गरेको हुनसक्छ । तर तपाइँ यो मामिलामा बोल्नैपर्ने हुन्छ, मनमा कुरा लुकाउनु हुँदैन । आफुलाई सहवासमा रुची छैन भने आफ्नो पार्टनरसँग भन्नुहोस् र कुरा बुझाउनुहोस् । दुबैजना तयार नभएसम्म गरिने सम्भोग रुचिकर हुँदैन र निरर्थक हुन्छ भन्ने कुराको बोध गराउन सक्नुपर्छ, ता की दुबैजनाको मूड खुलेको बेलासम्म पार्टनरले पर्खिन सकोस् ।


Advertisment
Nabil box
Kumari

अपेक्षा : विवाह नगर्दैको पार्टनरसँगको हकमा विचार गर्दा यो सम्बन्ध कतातर्फ जाँदैछ ? के तपाइँ केही फाइदाका लागि कसैसँग सम्बन्धमा हुनुहुन्छ ? के सोही मानिससँग जिवन बिताउने निष्कर्षमा हुनुहुन्छ ? यस्ता कुरामा तपाइँले पार्टनरलाई खुलस्त बताउनुपर्छ । तपाइँ दुइ बीचको सम्बन्धमा उसले कस्तो अपेक्षा राखिरहेको छ भन्ने कुरा पनि तपाइँले थाहा पाउनैपर्छ ।

Vianet communication
Laxmi Bank

एकान्तता : चाहे बिहे भैसकेपछि होस् वा अफेयरमा । तपाइँले केही समय एकान्तवास चाहनुभयो भने त्यस्तो मौका जुराउनुपर्छ । तपाइँलाई आफ्नो तनावको व्यवस्थापन, योजना निर्माण, अध्ययन जस्ता कुराहरुका लागि एकान्तवासको आवश्यकता पर्नसक्छ । यस्तोमा तपाइँले खुलस्त आफ्नो पार्टनरसँग भन्नुहोस् ता की एक्लै बस्ने कुराले दुइ जनामा द्वन्द सिर्जना नहोस् । तपाइँले केही नभनिकन कतै हिँड्नुभयो वा व्यवहार परिवर्तन गर्नुभयो भने जिवनसाथीमा अविश्वास सिर्जना हुनसक्छ र सम्बन्धमा खराबी आउनसक्छ ।

किनमेलः चाहे बिहे गरिसकेको पती पत्नीबीच होस् वा बिहे नगर्दैको पार्टनरबीचमा । किनमेलको कुरामा खुलस्त हुनुपर्छ । सानोतिनो कुराको किनमेलमा त सबै कुरा भनिरहनु आवश्यक छैन, तर यदि तपाइँ कुनै महंगो चिज किन्दै हुनुहुन्छ भने यसको बारेमा पार्टनरलाई जानकारी गराउनुहोस् वा स्विकृति लिनुहोस् । यसका कारण तपाइँले किनेको महंगो चिजका कारण तपाइँको पार्टनरमा आशंका पैदा नहोस्, पैसाको स्रोत वा वेवास्ताको आभाषका कारण । 

व्यवहारः  परिवारका सदस्यका नराम्रा व्यवहारबारे खुलस्त भन्नुहोस् । तपाइँले आफ्नो जिवनसाथीको घर जो तपाइँको नयाँ सम्बन्ध गाँसिएको घर हो, त्यहाँका आफन्तको व्यवहार तथा बोली चित्त बुझाउनुभएको छैन भने आफ्नो जिवनसाथीलाई खुलस्त भन्नुहोस् । 

कोही सदस्यले तपाइँको खेदो खनिरहेका छन्, चित्त दुखाएका छन् वा कुनै आरोप लगाएका छन् र सम्बन्धमा अड्चन आउने खतरा उत्पन्न भएको छ भने जिवनसाथीलाई भन्नुहोस् । आफ्नो घरका मान्छेको कुरा लगाउँदा पार्टनर रिसाउला भन्ने नसोँच्नुहोस् । खुलस्त पार्नुभयो भने यसबाट आपसी चिसोपना, खटपट तथा खराब व्यवहार सुल्झाउन सहज हुनेछ र परिवार सँगको सम्बन्ध पनि सुमधूर हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x