×

NMB BANK
NIC ASIA

जनकपुरधाम – जनकपुरको जानकी वृद्धाश्रममा विभिन्न जिल्लाका १८ जना आमा आश्रय लिएर बसिरहेका छन् । आश्रममा बसिरहेका आमामध्ये धेरैजसोका सन्तान छन् ।

Muktinath Bank

धेरैका छोराछोरी, नातिनातिनी छन् तर आफ्नै सन्तानले घरबाट अपमानित गरेर निकालेपछि धेरै आमा बाध्य भएर आश्रमको ढोकासम्म आउने र केहीले सन्तानले आफैं छाडेर जाने गरेको आश्रममा कार्यरत कर्मचारी सीता अधिकारीले बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कोही कोही आमा आफैं आश्रममा आउनुहुन्छ भने कोहीलाई प्रहरी प्रशासनले पनि बाटो, गल्लीबाट उद्धार गरेर ल्याउने गरेका छन्,’ आश्रमको स्थापनाकालदेखि नै सञ्चालिकाको रुपमा कार्यरत अधिकारीले भनिन्, ‘आश्रममा रहनुभएकी केही आमाहरूको भने सन्तान नै नभएका पनि छन् ।’


Advertisment
Nabil box
Kumari

धनुषाको तुलसीकी ६२ वर्षीया हसमाया पौडेल, रघुनाथपुरकी ८१ वर्षीया लिला ढकाल, तनहुँ देवघाटकी ८५ वर्षीया देवी घिमिरे, बारा निजगढकी ८० वर्षीया रुपा थापाले आश्रममा आश्रय लिएका छन् ।

Vianet communication
Laxmi Bank

जनकपुरधामकी सन्ध्या यादव, ८० वर्षीया कमलीदेवी यादव, महोत्तरी हाथिलेटकी ६० वर्षीया तुल्सा काफ्ले, धनुषाको वीरेन्द्रबजारकी ७६ वर्षीया कृष्ण कार्की, महोत्तरी भंगहा सीतापुरकी ८० वर्षीय गणमाया दाहालले आश्रममा जीवन बिताइरहेका छन् ।

धनुषाको सबैलाकी ७६ वर्षीया रामपरी साह, झापाको बिर्तामोडकी ७० वर्षीया लक्ष्मीदेवी पौडेल, जनकपुरधाम–८ की ५९ वर्षीया गौरीदेवी भण्डारी, भारतको बिहारस्थित खजौलीकी ९० वर्षीया देवसुन्दर देवी सिंह गरी १८ जना आमा जीवनको उत्तरार्धमा आश्रममा आएर शरण लिन बाध्य छन् । आश्रमले जीवन हुँदा पालनपोषणदेखि मृत्यु हुँदा दागबत्तिसम्म दिँदै आएको छ । स्थापनाकालदेखि हालसम्म १ जना आमालाई मात्र उनका छोराले आश्रमबाट घर फिर्ता लिएर गएका छन् । ‘धनुषाको सबैलाकी १ आमा आश्रममा करीब ४ वर्षसम्म बस्नुभयो । गत वैशाखमा उनका छोराले घर फिर्ता लगेका छन्,’ अधिकारीले भनिन् । नातिको बिहे भएकाले घरमा समाजले दबाब दिएका कारण उनलाई घर फिर्ता लैजान छोरा बाध्य भएको उनले बताइन् ।

‘उनको ठूलो व्यवसाय छ, जग्गा जमिन पनि टन्नै छ, घर पनि राम्रै छ तर पनि आमालाई वृद्धाश्रममा किन राखेको भनेर गाउँलेले दबाब दिएपछि आमालाई घर फिर्ता लगेका हुन्,’ उनले भनिन्, ‘आमा पनि छोराले घर फिर्ता लैजान आएकोमा दंग परेर गइन् ।’

आश्रममा रहेका आमाका कतिपय सन्तान लुकिछिपी भेट गर्न समेत आउने गरेका छन् । छोरीहरू खुलेआम भेट्न आउने गरेपनि छोराहरू लुकिछिपी भेट्न आउने गरेको अधिकारीले बताइन् तर आश्रममा रहेका आमाको मरणहरणसम्म सबै काम आश्रमले नै गर्दै आएको छ ।

स्थापनाकालदेखि हालसम्म आश्रममा ३२ जना आमाको निधन भइसकेको छ । ‘शुरूमा आश्रमबाट स्वर्गद्वारीसम्म लैजान गाह्रो हुन्थ्यो । एम्बुलेन्समा नै लैजानुपर्थ्यो । मसानघाटमा दाउरादेखि सबै कुरा किन्नुपर्थ्यो तर स्वर्गद्वारीमा पवन सिंघानियाले आश्रममा रहेकी आमाको अन्तिम संस्कार गर्न दाउरादेखि सबै कुरा निःशुल्क गरिदिएपछि समस्या हुँदैन,’ उनले भनिन्, ‘आमाहरू बित्न लाग्दा अन्तिम समय आएपछि सन्तानको स्मरण गर्नुहुन्छ, सन्तानको नम्बर दिएर फोन गर्न भन्नुहुन्छ । आश्रमबाट हामी फोन पनि गर्छौं तर तिनका सन्तान वा आफन्त कोही आउँदैनन् ।’ त्यसपछि आश्रमबाट आफैं शवबाहन मगाएर स्वर्गद्वारीमा दाहसंस्कार गर्ने गरिएको उनी बताउँछिन् । मलामी जाने मान्छे नहुँदा आश्रम कमिटीका मान्छे वा पदाधिकारी सहभागी भइदिने गरेका छन् ।

आश्रममा आमाको दिनचर्या

आश्रममा आउँदा आमाहरूको अवस्था एकदमै नाजुक हुने गर्छ । कतिपयलाई त आश्रममा प्रवेश गर्नुभन्दा पहिले २–२ पटक नुहाउँदा पनि भित्र लैजान नसक्ने अवस्थामा कपडा नभएको, घाउखटिरा भएको अवस्थामा हुन्छन् । जनकपुर अञ्चल अस्पतालमा लगेर उपचार गराएर पनि आश्रममा ल्याउनुपर्ने अवस्था समेत हुन्छ । आश्रममा आइसकेपछि बिस्तारै आमाहरू तंग्रिने गरेका हुन्छन् ।

आमाहरूलाई आश्रममा बस्नका लागि छुट्टाछुट्टै बेड प्रदान गरिएको छ । बिहान ५ देखि ६ बजेसम्म सबै आमाहरू उठ्ने गर्छन् । नित्यकर्म गरेर बिहानै नुहाइधुवाई गरेर पूजापाठ समेत गर्छन् । बिहान ७ बजे चिया दिने गरिन्छ । त्यसपछि सबै आमाहरू भजनकीर्तन गर्छन् । बिहान १० बजे दाल, भात र तरकारी सहितको खाना दिने गरिन्छ । ‘खाना खाएर केही समय आराम गर्नुहुन्छ अनि २ बजे हामी फेरि सबै आमाहरूलाई चिया दिन्छौं,’ अधिकारीले भनिन्, ‘दिउँसो नास्ता भने हामीले पकाउँदैनौं, दाताहरूले आमाहरूको हातमा नै दिने गरेको बिस्कुट, फलफूल, च्यूरा, दालमोट आदि खानुहुन्छ ।’

‘साँझ खानामा रोटी तरकारी दिने गरिन्छ । भात दियो भने आमाहरूले टाउको दुख्यो भन्दै रोटी नै खानुहुन्छ,’ उनले भनिन्, ‘पहिले–पहिले १ गिलास राति खानामा दूध पनि दिन्थ्यौं तर बजेट अभावका कारण हाल दूध दिने गरिएको छैन ।’

केही आमाहरूले सामाजिक सुरक्षा भत्ता अन्तर्गत वृद्धभत्ता पनि लिने गरेका छन् भने धेरैजसो आमाको नागरिकता नै नभएका कारण पाउँदैनन् । वृद्धाश्रमको लेटर प्याडको आधारमा नागरिकता बनाइदिएर सामाजिक सुरक्षा भत्ता दिलाउन स्थानीय सरकारदेखि प्रदेश सरकारले पहल गरे आमाहरूको गोजी खर्च आउन सक्ने अधिकारीले बताइन् ।

२०५३ मंसिर २० गते नेपाली कांग्रेसकी नेतृ लिला कोइरालाले असहाय वृद्ध महिलाको सुरक्षाका लागि जानकी वृद्धाश्रम स्थापना गरेकी थिइन् । उनी महिला, बालबालिका तथा सामाजिक कल्याण विकास मन्त्री भएका बेला आश्रमको स्थापना गरिएको थियो । स्थापनाकालमा ५ जना आमालाई राखेर आश्रम सञ्चालन गरिएको थियो । त्यसको ६ महिनापछि आश्रममा १६ जना आमा बस्न थाले । भाडाकै घरमा आश्रम सञ्चालन गरिएको थियो । शुरूमा २ वटा कोठा भाडामा लिइएको थियो भने पछि जनकपुरको भानुचोकमा २ तल्ले घरमा १६ वटा कोठा सहितको फ्ल्याट भाडामा लिएर ९ वर्षसम्म आश्रम सञ्चालन भएको थियो ।

त्यसपछि गुठी संस्थान मातहत रहेको राजगुठी रत्नसागर मठका महन्थ रामप्रकाश दास वैष्णवले आश्रमका लागि साढे २ कठ्ठा जमिन प्रदान गरे । ‘जनकपुर अञ्चल प्रहरी कार्यालयका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक डा. चुडाबहादुर श्रेष्ठले विभिन्न ठाउँबाट आर्थिक सहयोग चन्दामा जुटाएर आश्रमका लागि नयाँ भवन बनाउनुभयो,’ अधिकारीले भनिन् । भवन निर्माणका लागि समाज कल्याण मन्त्रालयले पनि ११ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो । २०६२ सालमा आश्रमको नयाँ भवनको उद्घाटन गरिएको थियो । हाल आश्रममा भान्साबाहेक बस्ने १६ वटा कोठा छन् ।

आश्रममा जम्मा ५० जना आमालाई राख्न सक्ने क्षमता छ तर बजेट अभावका कारण राख्न नसकिएको उनले बताइन् । आश्रम सरकारी आश्रम पनि होइन तर नेपाल सरकारले प्रत्येक वर्ष ४ देखि ६ लाख रुपैयाँसम्म दिने गरेको छ । गत वर्ष नै प्रदेश सरकारले पनि ४ लाख रुपैयाँ प्रदान गरेको छ तर त्यसरी दिनुभन्दा पनि सरकारले नै काठमाडौंको पशुपतिनाथमा रहेको वृद्धाश्रमजस्तै स्वामित्व ग्रहण गर्नुपर्ने अधिकारीले बताइन् ।

आश्रममा मासिक ७५ हजार रुपैयाँसम्म खर्च हुने गरेको उनले बताइन् । आश्रममा ६ जना कर्मचारी कार्यरत छन् । आश्रम सञ्चालिका सीता अधिकारीलाई मासिक ४ हजार रुपैयाँ, लेखापाल मिश्री महतोलाई मासिक ४ हजार रुपैयाँ आश्रमले पारिश्रमिक दिने गरेको छ । खाना पकाउने भान्से संगीता ठाकुरलाई ३ हजार ५ सय रुपैयाँ र उत्तम पोखरेललाई ४ हजार रुपैयाँ मासिक पारिश्रमिक दिने गरिएको छ ।

सफाइकर्मी जगदम्बा मेस्तरनिलाई १ हजार रुपैयाँ र भाडा सफा गर्ने तुलसा काफ्लेलाई ५ सय रुपैयाँ मासिक दिने गरिएको छ । लिला कोइराला आश्रमका अध्यक्ष हुन् भने पवन ठाकुर उपाध्यक्ष, रामनित्य शर्मा सचिव र ललित बजाज कोषाध्यक्ष छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x