×

NMB BANK
NIC ASIA

पाँच लाख घुस खाने न्यायाधीशलाई क्लिन चिट दिएको हो ? मन्त्रीले दिए यस्तो जवाफ

असार ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि कानूनमन्त्री भानुभक्त ढकाललाई नेमकिपा सांसद प्रेम सुवालले प्रश्न गरे– ‘जिल्ला अदालत काठमाडौंका पाँचलाख घुस खाएका न्यायाधीशलाई न्यायपरिषद्ले सचेत मात्र गराएर क्लिन चिट दिएको कुरा सुनिन्छ के हो ?’

Muktinath Bank

जवाफमा मन्त्री ढकालले भने– ‘काठमाडौंका न्यायाधीशले पाँच लाख घुस खाएको बारे छानबिन प्रक्रिया प्रष्टिकरणको चरण छ । अरूले उनको संलग्नता छ भन्ने कुरा गरेपनि, उनले त्यो कुरा स्वीकार नगर्नुभएको अवस्था छ,’ मन्त्री ढकालले भने, ‘आयोगको प्रतिवेदनले पूर्णता दिन नसकेको र प्रष्टीकरणको माध्यमबाट त्यो प्रक्रियामा गएको साँचो हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुद्दा मिलाउने भन्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँले ५ लाख घुस लिएको आरोपमा न्यायपरिषद्ले छानबिन गरिरहेको छ । पक्राउ परेका अदालतका नासु भोलानाथ चालिसेले न्यायाधीशको निर्देशनमा आफूले घुस बुझेको अख्तियारलाई बयान दिएका थिए । 


Advertisment
Nabil box
Kumari

सांसद सुवालले मन्त्रीसँग अर्को पनि प्रश्न गरेका थिए– ‘न्यायालय माफियाको घेरामा रहेको जनगुनासो छ, तपाईंको आँखामा न्यायाधीश माफियामुक्त छन् ?’ 

Vianet communication
Laxmi Bank

मन्त्री ढकालले जवाफ दिए– ‘बाहिरबाट हेरेजस्तो मात्र पनि छैन, न्यायालय छैन, अपवादमा कोही मान्छे गलत छैन भन्ने पनि छैन । तर अपवादलाई बनाएर सिंगो न्यायपालिका त्यही हो भन्ने दृष्टिकोण न्यायपूर्ण हुँदैन कि ?’
सांसद सुवालको तेस्रो प्रश्न थियो– ‘सत्य निरूपण र मेलमिलापको नाममा गम्भीर मानवअधिकार उल्लंघनका घटनामा माफी दिन मिल्छ ?’  

मन्त्री ढकालले जवाफ दिए– ‘सत्य निरूपण र मेलमिलापको पूर्णताको नजिक छ, यसलाई पूर्णतामा पुर्‍याउन मन्त्रालय क्रियाशील छ । १२/ १३ वर्षसम्म समस्या नभएकोले विश्वास नलागेको हुन्छ । परिणामले पुष्टि गर्नका लागि सरकार क्रियाशील छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x